विमल गुरुङ : गोर्खाको भोलिको सम्भावना रोक्ने ममताको गोटी

साँच्चीकै आन्दोलन भयो भने त सरकार डराउँदोरहेछ। सरकार भनेको केवल पश्चिम बङ्गाल सरकार मात्र होइन, केन्द्र सरकार पनि हो। मुटुबाटै निस्किएको आन्दोलनसित त  दुवै सरकार डराउँदोरहेछ। र त एउटाले पुलिस लगाउँदोरहेछ, अर्कोले सेना पठाउँदोरहेछ।

ओरिजिनल आन्दोलन हुँदा, सरकार हतप्रभ बन्दोरहेछ। आन्दोलन दबाउन अनेकौं कोसिस गर्दोरहेछ। फर्जी बम पड्किँदोरहेछ, गोलीबारी हुँदोरहेछ। आन्दोलनकारीलाई गोली लाग्दोरहेछ। नेतालाई त्यसैको आरोप लाग्दोरहेछ। जङ्गल खेदाउँदोरहेछ।

तर नक्कली आन्दोलन हुँदा नेतालाई सरकारले नै सुरक्षा प्रदान गर्दोरहेछ।

सच्चा आन्दोलनकारीको बली चढाइँदोरहेछ। र नेतालाई यी सब गरेवापत सरकारले उपहार दिँदोरहेछ, तपाईँलाई थाह छ, त्यो उपहार के हो। त्यो हो-जिटिए।

आन्दोलन भयो तर नेता जङ्गल पसेन, बरु सत्ता र पैसा दुबै पायो भने बुझ्नुपर्ने रहेछ, त्यो डुप्लिकेट आन्दोलन हो। डुप्लिकेट नेताको।

2007 र 2017 को आन्दोलनलाई तुलना गरेर हेर्नुहोस्।

कुन डुप्लिकेट, कुन अरिजिनल आन्दोलन हो। छर्लङ्ग हुन्छ।

000

2007 को कुरा गरौं-

2007 –को आन्दोलन नेताहरूले गरेका थिए। नेताहरूले गरेको आन्दोलनलाई जनताले साथ दिए।

त्यसबेला नेताहरूलाई जङ्गल भाग्न परेन। किन भने उनीहरूलाई सरकारले नै सुरक्षा प्रदान गरेको थियो। सरकारको देखरेखमा गरिएको आन्दोलन थियो।

अचम्म होइन? सरकारी गार्ड वरिपरि राखेर कसरी आन्दोलन हुन्छ त?

तर भयो। सरकारी ब्लेसिङमा। डुप्लिकेट आन्दोलन गरेवापत नेताहरूलाई सरकारले थमायो-जिटिए।

यो जिटिए, जसको लागि अहिले विमल गुरुङ गुरुङ फेरि पहाड फर्किँदैछन्।

यो जिटिए, जसको लागि विनय तामाङ तामाङहरू विमल गुरुङ गुरुङहरूको कट्टर दुश्मन बनेका छन्।

र यो वर्चस्वको लडाईँमा तपाईँहरूलाई अल्मलाइरहेका छन्।

बुझ्नुहोस्, विमल गुरुङ र विनय तामाङलाई ममता व्यानर्जीले व्यानर्जीले नै छुट्याइन्, मिलाउँदैछिन ममता व्यानर्जीले व्यानर्जीले नै।

000

यतिबेला त भाजपालाई दवाब बनाउन सर्वभारतीयस्तरमा गोर्खाहरूको गतिविधि पो हुनुपर्ने हो, तर के भइरहेछ पहाडमा?

पहाडमा त  विमल गुरुङ-विनय तामाङको द्वन्द्व पो भइरहेको छ।

यतिबेला त आरबी राई, मन घिसिङहरूले राजु विष्टलाई साथमा लगेर केन्द्रिय मन्त्रीहरूसित बैठक पो गर्नुपर्ने हो, तर के भइरहेछ पहाडमा?

पहाडमा त उनीहरू  विमल गुरुङ-विनय तामाङ दव्नद्वकै रमिता पो हेरिरहेका छन्।

कति हेर्ने रमिता ए इमान्दार भनेर प्रचार गरिएका जनताको लागि कहिल्यै कामै नलाग्ने नेताहरू हो।

कति हेर्ने रमिता, ए मुद्दाको लागि एको भन्ने र मुद्दाको लागि कामै नगर्ने ए लुइतामे नेताहरू हो।

ठिक छ, विमल गुरुङ काम लागेन रे। विनय तामाङ काम लागेन रे। अनित थापा काम लागेन रे। खै त आरबी राई काम लागेको? खै त मन घिसिङ काम लागेको? खै त हर्कबहादुर काम लागेको? खै त राजु विष्ट काम लागेको? खै त मेन्द्र पी लामाहरू काम लागेको?

जनताले दुख पाएको यी नेताहरूको मौनता र खेताला राजनीतिले हो। दुःख पाउने जनता हो, राजनीति बुझ्नुस्, आफ्नो रोटी सेक्ने नेतालाई 2021 को चुनाउमा लात हान्नुस्। आफ्नो, मुदद्दा र जातिको लागि सोचेर चुनाउमा बागिदारी बन्नुस्।

000

म 2007 को कुरा गर्दै थिएँ,

2007 मा डुप्लिकेट आन्दोलन गरेर जिटिएसित गोर्खाल्याण्ड साट्ने विमल गुरुङहरू 2017 मा जनताले गरेको आन्दोलनको कारण दिल्लीमा सरकारी संरक्षणमा तीनवर्ष बसेर खाली हात पहाड आउँदैछन्।

ममता व्यानर्जीलेले लेखेको स्क्रिप्टमा विमल गुरुङ पनि बोल्दैछन्, विनय तामाङ पनि बोल्दैछन्। त्यही स्क्रिप्ट अनुसार विनय तामाङलाई पहाडमा र विमल गुरुङलाई तराईमा नाटक खेलाइँदैछ।

विमल गुरुङ पहाड चढ्नु नचढ्नु त्यही स्क्रिप्टमा लेखेको छ।

विमल गुरुङ त ममता व्यानर्जीलेको कठपुतली हुन्, ममता व्यानर्जीलेले पहाड चढायो भने चढ्छ, चढाएन भने चढ्दैन।

विनय तामाङ त ममता व्यानर्जीलेका कठपुतली हुन्, पहाडमा राख्यो भने बस्छ, राखेन भने बस्दैन।

यो त सरकारले जे चाहन्छ, त्यही हुन्छ।

विमल गुरुङले चाहेर, विनय तामाङले चाहेर केही हुँदैन।

कठपुतलीहरूले आफ्नो लागि कुनै निर्णय गर्दैन, निर्णय त कठपुतली नचाउनेहरूले नै गर्छ।

सोच्नुहोस्, विमल गुरुङ पहाड चढ्यो रे, के हुन्छ त?

जुन विमल गुरुङको मुखमा ममता व्यानर्जीलेले काँटी ठोकिदिएकी छन्, जुन विमल गुरुङको हातखुट्टा ममता व्यानर्जीलेले साङ्गलीले बाँधिदिएकी छन्, जुन विमल गुरुङको टाउकोबाट गिदी निकालेर ममता व्यानर्जीलेले गोबर हालिदिएकी छन्।

त्यस्तो विमल गुरुङ पहाड फर्क्यो भने पनि के हुन्छ र?

पहाडै फर्केर पनि उसले गर्ने त ममता व्यानर्जीले कै चाकरी हो।

विमल गुरुङ-विनय तामाङको वर्चस्वको लडाईँ त ममता व्यानर्जीको डिजाइन हो। लडाईँ पार्नु कि नपार्नु, पहाडमा अशान्ति फैलाउनु कि नफैलाउनु, त्यो न त विनय तामाङ-अनित थापा थापाले सोचेर हुन्छ न त विमल गुरुङले।

ममता व्यानर्जीलेले जसरी नचाउँछ, उनीहरू त्यसरी नै नाच्ने हुन्।

कस्सै गरेर पनि ममता व्यानर्जीलेले उनीहरूलाई लडाईँ पार्दैनन्। लडाईँ त विमल गुरुङ-विनय तामाङका समर्थकहरूबीच आफै हुने हो। त्यो लडाईँ इगोको लडाईँ हो, सत्ताले दिने पैसाको लडाईँ हो, ठेकेदारी, गाडी, झोडा, बिल्डिङको लडाईँ हो।

अनित थापाहरुसित सत्ता छ, त्यो विमल गुरुङको हातमा पारेर सत्ताभोग गर्ने लालसाको लडाईँ हो।

यो लडाईँ, जनताको लागि होइन, मुद्दाको लागि होइन, जातिको लागि होइन, पहाडको लागि होइन, भूमिको लागि होइन। यो लडाईँ उनीहरूको रोजिरोटीको लडाईँ हो।

यो लडाईँसित ममता व्यानर्जीलाई कुनै सरोकार छैन। लड्छ, मर्छ। ममता व्यानर्जीको के जान्छ?

ममता व्यानर्जीको त केही जाँदैन, तर समर्थकहरूको त जान्छ। सत्ताको लागि लड्नेहरूले जनतालाई विजोक पारिरहेको छ, यसको जवाब त 2021 को चुनाउमा जनताले दिएन भने फेरि जनताले पछुताउनु पर्दैन भन्न सकिन्न।

जो पहाडमा बस्छ, जिटिए सत्ता उसैको हो।

त्यसैले पहाडमा कसको पकड छ, ममता व्यानर्जीलाई त्यो देखाउने होडबाजी छ। लौ हेर्नुस्, जातिजाति भन्ने, माटोमाटो भन्ने, मुद्दा मुद्दा भन्ने, इमान्दार इमान्दार भन्नेहरू जिटिएको वर्चस्वको लडाईँमा छ। यी महागद्दार, महादलालहरूको लडाईँले मुद्दालाई चोट पार्दैछ, जनतालाई चोट पार्दैछ, जातिलाई चोट पार्दैछ। युवाहरूको भविष्यलाई चोट पार्दैन। सहिदको सपनालाई चोट पार्दैछ।

पैसाको लागि मरिमेट्ने महादलाल नेताहरूको यस्तै गद्दारीको नसानसा छामिसकेको छ केन्द्र र राज्यले। जहिल्यै पैसाको पछि कुदेर जनताको सपना बेच्ने यी नै महा गद्दारहरूले अहिले जिटिएको सत्तामा पुग्न गरिरहेको होडबाजीले के सन्देश दिइरहेको छ त?

स्पष्ट छ, उनीहरू डुप्लिकेट दल र नेताहरू हुन्, उनीहरूलाई चोकी, पैसा र वर्चस्वको सुर्ता छ, जनताको होइन।

000

2017 को पनि केही कुरा गरौं-

 

2017 को आन्दोलन कुनै नेताले होइन जनताले गरेका थिए। नेताहरूलाई त आन्दोलनलाई नेतृत्व गर्न कर लागेको थियो।

जनताले गरेको आन्दोलनलाई नेतृत्व गर्ने वित्तिकै नेताहरू जङ्गल पस्न परेन त? यस्तो हुन्छ, असली आन्दोलन। यस्तो हुन्छ असली आन्दोलनको शक्ति। सरकार थुरथुर बन्छ। राज्यले पुलिस लगाउँछ, केन्द्रले सेना लगाउँछ।

त्यतिबेला जनता बहुलिएर सडक उत्रिएका थिए। नेताहरूलाई नेतृत्व नगरी घरै थिएन। जनताले जबरजस्ती आन्दोलन काँधमा हालिदिएपछि  ती नेताहरूको राज्य सरकार र केन्द्र सरकारसितको सुझबुझ बिग्रियो। तर आन्दोलन त दबाउनै थियो। सजिलो उपाय थियो- जङ्गल पस्नु। पस्यो। सजिलो उपाय थियो-सम्झौता गर्नु। गऱ्यो।

कुल मिलाएर आन्दोलन त बलियो ।

नाटक कस्तो भयो भने राज्यले खेदाकोजस्तो गऱ्यो, नेताहरूले जङ्गल पसेकोजस्तो गरे। केन्द्रले उनीहरूलाई दिल्लीमा संरक्षण दियो। नेताले गरेको आन्दोलनमा नेता जङ्गल पस्नुपरेको कसैले देख्नु भएको छ? जनताले गरेको आन्दोलनमा नेतालाई जङ्गल पस्नु बाध्य पारेको इतिहास-2017ले लेखेको छ।

2017 मा जनताले गरेको आन्दोलन नै ओरिजिनल आन्दोलन थियो।  र त यसलाई दबाउन राज्य र केन्द्र दुवैको पुलिस र सेना लगायो। नेता पहाडमै बस्यो भने आन्दोलनले अर्कोरुप लिने डर, त्यसैले खेदाएको नाटक भयो। त्यो नाटक थियो भन्ने कुरा त ममतासित हात मिलाइरहेको विमल गुरुङले अहिले प्रमाणित गरेनन् त?

विमलहरूलाई खेदायो के भन्नु, सरकारले नै संरक्षण दिएर दिल्ली नामको जङ्गलमा राख्यो। यी नेताहरू साँच्चीकै जङ्गल त पसेन रहेछन् त। जङ्गल पस्नु हो भने अहिले निस्किँदा जङ्गलबाट पो निस्किनुपर्ने, दिल्लीबाट पो निस्किँदैछन्।

उनीहरू त दिल्लीको आलिसान महलमा बसेछन्। तर जनतालाई पो जङ्गलमा छौं भनेर झुक्याएका रहेछन्।

एउटा सरकारले नेतालाई संरक्षण दिएर तीनवर्ष राखेपछि अथवा भनौं मुद्दा पूर्णरूपले तहसनहस बनेपछि फेरि अर्को सरकारले बँचेखुचेको मुद्दाप्रतिको भावना नष्ट गर्न वर्चस्वको लडाईँ खेलाइरहेको छ।

यो वर्चस्वको लडाईँबीच न त गोर्खाल्याण्ड भन्ने कोही निस्किने भयो, न त भाजपासित गठबन्धनमा रहेका बाँकी दलहरूले भाजपालाई घेरो हाल्न नै सक्ने भयो।

आरबी राई, मन घिसिङहरूलाई हेर्नुस् त, उनीहरूलाई अहिले आराम छ त।

मुद्दा उठाउने कोही छैनन्, त्यसैले खेताला जानै परेन। उनीहरू 2021 मा कसको खेताला जानुपर्ने हो-हिसाब लगाइरहेका होलान्। विमल गुरुङले गठबन्धन तोडेपछि एउटा असली दलको काम, असली नेताको काम यतिखेर भाजपासित तुरुन्तै बैठक गरेर, स्थायी राजनैतिक समाधान र 11 जातलाई नजातिको निम्ति लड्ने सर्वभारतीय शक्ति निर्माण गर्नु हुन्छ, होइन र?

तर खै, आजको मितिसम्म उनीहरू कुनै रणनीतिक नेतृत्वमा उत्रिएनन् त। यसको मतलब हो, उनीहरू भाजपाको मेनिफेस्टोमा पसेको मुद्दालाई नेतृत्व गर्ने लायककै छैनन्। हेर्दै जानुस् न, उनीहरू 2021 मा उम्मेद्वार दिने होडबाजीमा निस्किनेछन्।

गोर्खाल्याण्ड नै नदिने तृणमूललाई जिताउने कि 15 वर्षसम्म गोर्खालाई भोट व्याङ्क बनाएर रोटी सेक्ने भाजपालाई जिताउने, यी दुइगुटको राजनीतिमा उनीहरू मस्त बन्नेछन्। तर आफै चाँही केही केही गर्नेछैनन्।

2021 मा पनि विमल गुरुङ, विनय तामाङ, आरबी राई, मन घिसिङहरू दुइमा एकको खेताला नै जानेछन्।

के पहाडको राजनीतिक दल खेताला जानकै लागि गठन गरिएका हुन् त?

अहिलेसम्म यी लुइतामे दलहरूको खेताला कर्मले नै मुद्दा, जाति र जनतालाई बोरामा हालेको छ।

खैर, यता धेर नजाऔं, विमल गुरुङ-विनय तामाङको वर्चस्वको लडाईँबीच अब पहाडले कस्तो रणनीति बनाउनुपर्ने हो, त्यतापट्टि जाऔं, त्यता जान अघि किन त्यो रणनीतिपट्टि जानुपर्ने त्यसको कारणबारे कुराकानी गरौं।

000

2007 मा छैटौं अनुसूची दबाउन काउन्टर इश्यु थियो-गोर्खाल्याण्ड। छैटौं  अनुसूचीभन्दा त गोर्खाल्याण्ड नै ठूलो भनेर जनता ह्वारह्वार्ती आयो। त्यहीँमाथि सुबास घिसिङका काउन्सिलरहरूको अत्याचार। गोजमुमोलेले त्यसैबाट मुक्त बन्ने स्पेस जनतालाई दियो। मदन तामाङ भन्थे, विमल गुरुङ गुरुङ सरकारले जन्माएको काउन्टर नेता हुन्। उनी त्यही साबित गर्न लागिपरेका थिए। उनको हत्या भयो।

तपाईँहरू नै अनुमान गर्नुहोस्, उनको हत्या किन भयो।

स्पष्ट छ, विमल गुरुङ गुरुङ छैटौं अनुसूचीको विरुद्ध उठाइएका काउन्टर नेता थिए। विमल गुरुङलाई जसले बनाए उसैले खेदाए, उसैले पहाड ल्याइरहेको छ। कठपुतलीलाई जसरी नचाउँदा पनि हुन्छ, नचाइरहेको छ।

एउटा कुरा त स्पष्ट भयो, विमल गुरुङ अर्थात छैटौं अनुसूचीको विरुद्ध जन्माइएका नेता।

तपाईँहरू भाजपाको मेनिफेस्टोमा परेको दुइवटा मुद्दा हेर्नुहोस्, 11 जातलाई जनजाति र स्थायी राजनैतिक समाधान अर्थात पिपिएस्। यो पिपिएस जे होस् तर जनताको आँखा छल्न नेताहरूले छुट्टै राज्य गोर्खाल्याण्ड नै हो भनेर प्रचार गरेका हुन् नि होइन?

अब सोच्नुस्, पिपिएस भनेको छुट्टै राज्य गोर्खाल्याण्ड हो भने 11 जातलाई जनजाति किन बनाइबस्नु। छुटै राज्य नै काप्फी होइन? राजनीतिमा हुन्छ अर्कै, देखाइन्छ अर्कै।

खासमा पिपिएस भनेको छुट्टै राज्य गोर्खाल्याण्ड हुँदै होइन। र नै त व्याकप एजेण्डा 11 जातलाई जनजाति बनाउने मेनिफेस्टोमा हालियो। हाम्रो पहिलो प्राथमिकता त छुट्टै राज्य हो। यो पाइसकेपछि गोर्खाल्याण्ड राज्यले नै 11 जातलाई जनजाति बनाउनु कि 22 जातलाई बनाउनु सोच्ला नि।

एकछिन सोच्नुहोस्, घिसिङको पालामा छैटौं अनुसूचीको किन विरोध भयो?

एक त छैटौं अनुसूचीले यो भूमि सरकारीरुपमा गोर्खाको हुने भयो। जो माकपा सरकार चहाँदैनथ्यो। अर्को 30 प्रतिशत ट्राइबलले 70 प्रतिशत ननट्राबललाई रुल गर्ने भयो। जो 70 प्रतिशत ननट्राबल चहाँदैनन् थिए। सरकार पनि नचाहने, ननट्राइबल पनि अल्पसंख्यकबाट आफूमाथि रुल गर्छ भनेर छैटौं अनुसूची नचाहने।

कुरा सिधासिधी आयो, माकपा सरकार र ननट्राइबल दुवैको कोसिसले छैटौं अनुसूची सुषमा स्वाराजको स्ट्याण्डिङ कमिटीको रिपोर्टमा चेप्टिएर बस्यो।

अब सोच्नुहोस्, सांसद राजु विष्टले स्टेरिङ कमिटी बनाउने भयो। तर विमल गुरुङ गुरुङले प्रतिनिधिको नाम दिएनन्। विमल गुरुङका प्रतिनिधिको नाम नआएपछि मन घिसिङले पनि नाम दिएनन्। स्टेरिङ कमिटी भाजपामाथि वा केन्द्रमाथि दवाब बनाउने रणनीतिक कमिटी थियो। बनिएन। नबनिनुको कारण, यो रणनीतिक कमिटीले केन्द्रलाई दवाब दिँदा केन्द्रले 11 जातलाई जनजाति दिएर स्थायी राजनैतिक समाधान गर्नुपर्ने स्थिति बन्छ।

स्टेयरिङ कमिटीको दवाबमा 11 जातलाई जनजाति बनाएर 70 प्रतिशत ट्राइबलले 30 प्रतिशत ननट्राइभललाई रुल गर्ने स्थायी राजनैतिक समाधान उर्फ छैटौं अनुसूची दियो भने विमल गुरुङको हालत के होला त? हिजो 70 प्रतिशत ननट्राइबललाई 30 प्रतिशत ट्राइबलले रुल गर्ने छैटौं अनुसूचीको विरोध भयो। 70 प्रतिशत ट्राइबलले 30 प्रतिशत ननट्राइभललाई रुल गर्ने स्थायी राजनैतिक समाधान उर्फ छैटौं अनुसूची दियो भने विरोध हुन्छ त?

अब सोच्नुहोस्, किन विमल गुरुङ गुरुङ भाजपाले केही गरेन भन्दै छुट्टै राज्य गोर्खाल्याण्डको विरोधी, आन्दोलन दबाउने, 13 जना आन्दोलनकारीलाई मार्ने, सैयौंलाई अपाङ्ग बनाउने, लाखौंको भविष्य उजाड पार्ने, क्रान्तिकारीहरूलाई भूमिगत बनाउने, घर कुड्की गर्ने ममता व्यानर्जीलेको हात समातेर पहाड आउँदैछ?

विमल गुरुङलाई थाहा छ, भाजपाको मेनिफेस्टोमा रहेको दुइवटा एजेण्डा, छैटौं अनुसूचीतिर पुग्ने बाटो हो। त्यसैले 11 जातलाई जनजाति बनाउने र स्थायी राजनैतिक समाधान गर्ने बुँदा भाजपाले हालेको हो। पिपिएस भनेको छुट्टै राज्य हुनु हो भने 11 जातलाई जनजाति बनाउने बुँदा नै हाल्थेन।

भाजपाको सरासरी छैटौं अनुसूचीतिर पुग्ने रणनीतिले त विमल गुरुङको राजनैतिक करियर समाप्त गर्ने भयो। त्यसै पनि विमल गुरुङलाई छैटौं अनुसूची दबाउनैको लागि माकपाले प्रयोग गरेको काउन्टर नेता हुन्। 2021 को चुनाउको मौका पारेर भाजपाको छैटौं अनुसूचीको रणनीतिविरुद्ध खडा गर्न फेरि ममता व्यानर्जीलेले विमल गुरुङलाई नै काउन्टर नेता बनाएर फर्काउँदैछ।

नत्र अचम्मको कुरा हो, विमल गुरुङ काउन्टर नेता नहुनु हो भने छुट्टै राज्य गोर्खाल्याण्डको विरोधी, आन्दोलन दबाउने, 13 जना आन्दोलनकारीलाई मार्ने, सैयौंलाई अपाङ्ग बनाउने, लाखौंको भविष्य उजाड पार्ने, क्रान्तिकारीहरूलाई भूमिगत बनाउने, घर कुड्की गर्ने ममता व्यानर्जीलेको हात समातेर कसरी पहाड आउन सक्छ?

पहाडलाई लिएर भाजपाले बनाएको दुरगामी रणनीति दबाउन फेरि विमल गुरुङ गुरुङ राज्य सत्ताको गोटीकोरुपमा पहाड फर्किनेछन्। पहाडमा अहिले देखापरिरहेको विमल गुरुङ-विनय तामाङबीचको द्वन्द्व त जनताको आँखामा धुलो हाल्ने खेला मात्र हो। ममता व्यानर्जीलेले सिर्कुना लगाएर मिल् भनेको खण्डमा उनीहरूले एकार्कालाई अङ्गालो मार्नैपर्छ।

खासमा विमल गुरुङको भाजपालाई हराउँछु र ममता व्यानर्जीलेलाई जिताउँछु भन्नु भोलि हुनसक्ने छैटौं अनुसूचीको विरुद्धमा पहाडमा म हिंसामय वातावरण बनाउँछु भन्नु हो। त्यसैले त युएपिए मुद्दा लागेको विमल गुरुङ-रोशन सहजै पहाड चढिरहेका छन्। ममता व्यानर्जीलेलाई जिटिएको द्वन्द्व ठूलो कुरा होइन, विमल गुरुङलाई लागेको मुद्दा ठूलो कुरा होइन, ममता व्यानर्जीलेलाई केन्द्रले पहाडको जनताको लागि दिनसक्ने कुनै पनि व्यवस्था ठूलो कुरा हो। केन्द्रले जिटिएभन्दा माथिको कुनै व्यवस्था दियो भने पहाडमा ममता व्यानर्जीलेको साख हराउँछ।  विस्तारै पहाडी भूभाग गोर्खाको अधिनमा हुन्छ, बङ्गाल टुक्रिन्छ।

यसैलाई रोक्न विमल गुरुङ गुरुङलाई प्रयोग भइरहेको छ।

अब सोच्नुहोस्, ममता व्यानर्जीलेले विमल गुरुङलाई पहाड पठाउँदा मुद्दा, जाति र जनतालाई फाइदा हुन्छ कि नोक्सान?

यसै पनि विनय तामाङ-अनित थापालाई मिचेर विमल गुरुङलाई ममता व्यानर्जीलेले पहाडमा स्थापित गराउने होइन। विमल गुरुङ-रोशन पहाड आउन सक्छन्, जनसभा गर्न सक्छन्, पार्टी विस्तार गर्न सक्छन्, तर त्यसले विनय तामाङ-अनित थापालाई नोक्सानी पनि गराउने छैन। ममता व्यानर्जीलेले अङ्गालो मार् भनेको दिन उनीहरूले ङ्गालो मार्नैपर्छ। चुनाउ बढो हरामी कुरा हो। सुबास घिसिङलाई खेदाउने, उनको श्रीमतिको लाश पहाड ल्याउनै नदिने विमल गुरुङसित सुबास घिसिङकै छोरा मन घिसिङले अङ्गालो मारेको चुनाउकै लागि हो।

विनय तामाङ अनित थापालाई गद्दार देखाएर भाजपालाई जनमत बेच्ने विमल गुरुङ गुरुङ, आफै महागद्दार बनेर तृणमूललाई जिताउन विनय तामाङ-अनित थापासितै सहकार्य गर्न आएको पनि चुनाउकै लागि हो। के भरोसा, यही चुनाउमा 1 र 2 मिलेर फेरि पुरानै गोजमुमो बन्नै सक्छ। जनतालाई लोपप्पा खुवाउने ठाउँ चुनाउ नै त हो।

देखाइएको कुरा राजनीति हुँदैन, राजनीतिमा राज हुन्छ। राज भनेको लुकाइएको। विमल गुरुङको आगमन ठूलो कुरा होइन, तर यो आगमनको पार्श्वमा लुकेको राजनीति ठूलो कुरा हो।

यस हिसाबले विमल गुरुङ गुरुङलाई फेरि पनि पहाडमा हुनसक्ने छैटौं अनुसूचीको वाधककोरुपमा स्थापित गरिँदैछ। जब पनि केही हुने वातावरण हुन्छ, विमल गुरुङ नै ठूलो फ्याक्टर बन्छ। 2007 मा जिटिए बनिनु पनि विमल गुरुङ नै फ्याक्टर, 2017 मा जनताको आन्दोलन बदाउनुमा पनि विमल गुरुङ नै फ्याक्टर।

गोजमुमो, 1 होस् कि 2, त्यो गोजमुमो नै हो। त्यो गोजमुमो घरि केन्द्रको गोटी, घरि राज्यको गोटी बनिरहेको छ। दल र नेता गोटी बन्दा मुद्दा नै गोटी बन्छ। मुद्दाप्रति इमान्दार रहेका जनता पनि गोटी बन्छन्। 2021 मा पनि फेरि त्यही गोटी बनाउने काम हुँदैछ।

जसको नाम धने हो उ नै गरिब भनेजस्तो, जो लुते छ, उसैको नाम शक्ति बनेजस्तो, जुन गोरुको सिङ छैन उसैको नाम तिखे भनेजस्तो, अहिले पहाडमा विभिन्न नारा बनाइएको छ।

एउटा नारा छ- नयाँ सोच नयाँ विचार

अर्को नारा छ, फराकिलो विचार, फराकिलो सोच।

अब जनतालाई नाराले लट्याउन सकिन्न। 2019 को साइलेन्ट भोटर्स विनय तामाङ-विमल गुरुङबीचको जनता, मुद्दा र जातिलाई कुनै फाइदै नहुने द्वन्द्वले निरास पारेको छ। तृणमूल र भाजपाको गोटीहरूसित जनता निराश छन्। यसपालिको चुनाउ यस्तो चुनाउ हो, जुन चुनाउबाट पहाडलाई गोटी परम्पराबाट मुक्त गरेर आफ्नै रणनीतिमा पहाडै राजनीतिलाई खडा गर्नैपर्छ।

न तृणमूल हाम्रो भयो, न भाजपा हाम्रो भयो, उनीहरू हाम्रा हुन सक्दैनन् भने हामी किन उनीहरूको भइबस्ने? यसपालिको चुनाउ यही निर्णय गर्ने चुनाउ हो।

विमल गुरुङले ममता व्यानर्जीलेलाई जिताए के हुन्छ? केही हुन्न। विमल गुरुङले जिटिए पाउँला, जनताले के पाउँछ? जनताले फेरि सास्ती पाउँछ। गोर्खाल्याण्ड विरोधी ममता व्यानर्जीलेलाई जिताएर सरकारमा राख्छु भनेको के हो? बङ्गभङ्ग होबेना भन्नेको सरकार बनाउँछु भनेको के हो? यति नाथे कुरा त बच्चाबच्चाले जान्दछ। जसले गोर्खाल्याण्ड हुँदैन भन्ने सरकार बनाउँछ, उ नै छुट्टै राज्य गोर्खाल्याण्डको कट्टर दुश्मन हुन्।

पहाडका दलहरूले भाजपालाई जिताए के हुन्छ? केही हुन्न। किन भने राज्यमा भाजपाको सरकार बने पनि उ बङ्गाल विभाजन चहाँदैन, तृणमूलको सरकार बने पनि विभाजन चांदैन। तृणमूल र भाजपा आफ्नै रणनीतिमा छन्, उनीहरूले पहाडका नेता र जनतालाई गोटी बनाएका छन्।

2021 को चुनाउमा फेरि पनि तृणमूल र भाजपाको गोटी नै बन्ने हो त नेताहरू? आफू त कटपुतली बन्यौ बन्यो जनतालाई पनि कठपुतली नै बनाउने हो?

अब जो जो तृणमूलको गोटी बन्छ, सोच्नुपर्छ, उ मममता व्यानर्जीलेप्रेमी हो, जनता प्रेमी होइन

अब जोजो भाजपाको गोटी बन्छ, सोच्नुपर्छ, उ भाजपाप्रेमी हो, जनता प्रेमी होइन।

सबै दलले याद राखोस्, भोज जनताले हाल्ने हो। यसपालि जनताको भोटको व्यापार गर्नु हुँदैन।

जनताको भोटलाई व्यापार बन्न नदिने अनेकौं विकल्प छन्। तीमध्ये सबैभन्दा उपयुक्त विकल्प हो, तराई डुवर्सको 8-9 सिट र पहाडको 3 सिटमा पहाडका दलहरूले पुरापुरी समझदारीमा आआफ्नो दलका उम्मेदवारलाई जिताउनु। मानौं, तराईको 8 र पहाडको 3 पहाडकै दलका उम्मेदवारले आआफ्नो सुझबुझमा जित्यौं रे, हामीसित 11 जना विधायक बन्छन्। 11 विधायक हाम्रा मुद्दा, जाति र जनताका सपना पूरा गर्ने शक्ति हुन्।

राज्यमा भाजपा आयो भने पनि तृणमूल आयो भने पनि हाम्रो लागि एकै हो। उनीहरूले विधानपालिकामा हाम्रो मुद्दाबारे बोल्ने होइनन्। यसकारण पहाडकै दलका उम्मेदवारहरूले यसपालि चुनाउ जित्नुपर्छ। तृणमूल र भाजपा दुवैको उम्मेदवारलाई यसपल्ट हराउनु अनिवार्य छ।

तृणमूल र भाजपा दुवैलाई हराउनु भनेको पहाडले आफ्नो शक्ति देखाउनु हो। तृणमूलको काखमा बसेर वा भाजपाको काखमा बसेर शक्ति देखाउनेहरू त बोकेका कुकुरजस्ता हुन्। ममता व्यानर्जीले र भाजपाको काखमा बस्ने यी कुकुरहरूले अहिलेसम्म हामीलाई नै भुकेर, टोकेर हैरान पारिसकेका छन्।

अब तृणमूलको रणनीतिमा होइन, भाजपाको रणनीतिमा होइन, आफ्नै रणनीतिमा 2021 को चुनावी राजनीति गरौं। राज्य सरकारसित दुश्मनी अनिवार्य छैन, केन्द्र सरकारसित पनि दुश्मनी अनिवार्य छैन। उनीहरूसित बढो कुटनैतिक र व्यवहारिक सम्बन्ध राख्नैपर्छ। न राज्य हाम्रा दुश्मन हुन् न केन्द्र। दुवै मित्र हुन्छ।

यसपालिको चुनाउमा जसले सरकार बनाउँछ, उसलाई विशेष सम्झौता अनुसार समर्थन गरौं। कमसेकम मुद्दा, जाति र जनताको सपना जोगाउने स्पेसकोरुपमा 2021 को चुनाउलाई पहाडका दलहरूले प्रयोग गरुन्। पहाडमा तेरो दल मेरो दल भनेर बाझिबस्नुको कुनै तुक छैन। सबै मिलेर एउटा मञ्चमा आयौं र रणनीतिपूर्ण चुनाउ लडौं।

हिजो पहाडको दल तृणमूलको गोटी बन्यो, भाजपाको गोटी बन्यो, यही चुनाउदेखि तृणमूल र भाजपा दुवैलाई पहाडको गोटी बनाऔं।

पक्का हो, भाजपा र ममता व्यानर्जीलेका एजेन्टहरूले यस्तो हुन नदिन अनेकौं चलखेल गर्ला, उनीहरूलाई साइलेन्ट बसेर जनताले नै जवाब दिनेछन्। अब ममता व्यानर्जीलेको नेता नबनौं, जनताको नेता बनौं, अब भाजपाको नेता नबनौं, जनताको नेता बनौं।

जो जो ममता व्यानर्जीलेको गोटी बन्छन्, उनीहरू भोलि हुनसक्ने व्यवस्थाको विरोधमा स्थापित गरिएका कठपुतलीहरू हुन्।

जो जो भाजपाका गोटी बन्छन्, उनीहरू ममता व्यानर्जीले विरुद्ध लड्ने भाडाका सेनाहरू मात्र हुन्।

अब उनेरको होइन, जनताको बनौं।

यो विकल्प तपाईँलाई मन पऱ्यो भने जनताजनतासम्म पुऱ्याउनु होला। नेतानेतासम्म पुऱ्याउनु होला। हिजो मुद्दा र पहाडलाई जनताले नै बँचाएका थियौं, अब यसपालि पनि बँचाऔं। पहाड, तराई र डुवर्सका गोर्खाहरूले फ्नै शक्ति निर्माणको निम्ति यसपालिको चुनाउमा भागिदारी बनौं, यसै चुनाउदेखि कठपुतली बन्न छोडौं।

 

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन