जनवरीमा क्षेत्रीय दलहरूको बैठक गर्ने : विमल-विनय दुवैलाई बोलाइने : समिकरण मिलाउन पिके र अभिषेक सिलगढी आउने

 

खबरम्यागजिन डेस्क


विधानसभा चुनाउमा भाजपा विरुद्ध लड्न ममता व्यानर्जीले भाजपा विरोधी दलका नेताहरूलाई बङ्गाल झिकाउने भएकी छन्। उनीहरूसित एउटा ऱ्यालीसमेत गर्नेछिन्। जनवरीमा व्यानर्जीले आफूसित रहेका सबै क्षेत्रीय दलका नेतृत्वसित पनि बैठक गर्ने भएकी छन्। उनीहरूसित भजपा हराउने रणनीति साझा गर्ने जनाइएको छ।

दार्जिलिङबाट गोर्खा जनमुक्ति मोर्चा 1 र 2 ममता व्यानर्जीको पार्टी तृणमूल काङ्ग्रेससित गठबन्धनमा छ। दुवै दलका प्रमुखहरूलाई चुनाउ रणनीतिको लागि जनवरीमा कोलकाता बोलाउने सम्भावना छ। पहाडमा भने 1 र 2 अकार्काको दुश्मन बनेको छ। एकले अर्कोको व्यापक खोइरो खनिरहेको छ।

विमल गुरुङका सम्बोधनहरूले उनी विनय-अनितलाई जिटिएबाट च्युत गरेर आफू जिटिएमा बस्न आग्रही रहेको सङ्केत गरेको छ। ममता व्यानर्जीले समाधान गर्छु भनेको बङ्गाल अधिनस्त पिपिएसमा आफ्नो वर्चस्व बनाउन विमलले दिलोज्यानले विनय-अनितहरूमाथि गाली शुरु गरिरहेका छन्। विनय-अनितलाई कमजोर बनाएर पिपिएसको बागडोर हातमा लिने विमलको रणनीति स्पष्ट बनिसकेको छ।

यसैले हरेक जनसभामा विमलको एजेण्डा भनेकै विनय-अनितहरुले 17 सय करोडमा 70 प्रतिशत घोटाला गरेर 30 प्रतिशत मात्र काममा प्रयोग गरेको, जिटिएमा भ्रष्टाचार, धाँधली भइरहेको र विनय-अनित जिटिए चलाउन योग्य नरहेको भन्ने छ।

यता अनित थापाले आफूहरूले गरेको काम सबै अनलाइन हुने र सबैको अडिट भइरहेको जनाएका छन्। उनीअनुसार आफूहरूले गरेको कामको हरहिसाब अनलाइनमार्फत सरकारलाई थाहा छ। कसैले पनि त्यसबारे सरकारसित सोध्न सक्ने पनि उनले जनाएका छन्।

‘हाम्रो काम पारदर्शी छ,’ थापाले भनेका छन्, ‘विमल गुरुङलाई जमाना कहाँ पुगिसक्यो भन्ने थाहा छैन। उनी आफ्नो कार्यकालमा हुने कार्यशैलीकै ह्याङओभरमा छन्।’

यता सोसल मिडियामा विमल गुरुङ कालमासरकारले दिएको  ४ हजार १०० करोड रुपियाँबारे सरकारले अडिट गर्नुपर्ने र विमल गुरुङले यसको हिसाबकिताब जनतामा राख्नुपर्ने भन्दै आरटीआईको जवाब भाइरल भइरहेको छ।

विमल-विनयको कट्टर दुश्मनीले उनीहरूको समर्थकहरूमा ममता व्यानर्जीप्रति नकरात्मक भावना विस्तार गरिरहेको छ। विमलका समर्थकहरू भन्छन्, ‘विमल गुरुङ ममता व्यानर्जीसित झुक्नुको कारण विनय-अनित नै हुन्। उनीहरूले सम्झौता नगरिदिएको भए आज विमललाई झुक्न पर्ने थिएन। जसले धोका दियो उसित मिल्ने सम्भावना नै छैन। मात्थिलो तह मिले पनि तल्लो तह मिल्नेछैनौं। हामी विमल गुरुङलाई माया गर्छौं तर  ममता व्यानर्जीको पार्टीलाई भोट हाल्न लगाए हाल्नेछैनौं।’

विनयका समर्थकहरू भन्छन्, ‘जनतालाई सडकमा अलपत्र पारेर विमलहरू भागेपछि मुश्किलले हामीले पहाड शान्ति गरेका हौं। त्यतिबेला हामीलाई विमलले गद्दार र दलालजस्तो लाञ्छना लगाए। हामीले समय पर्खियौं। हामीले तीनवर्षअघि बुझेको कुरा अहिले विमलले बुझ्दैछ। विमलको एकलकाँटे नीति, हिंसानीति, गलत रणनीतिहरूको विरुद्ध उठेर हामीले हाम्रो बाटो तय गरिसकेका छौं। मात्थिलो तह मिल्ला, तल्लो तह मिल्नेछैनौं।’

जनवरीमा ममताले क्षेत्रीय दलहरूलाई कोलकाता बोलाउँदैछिन्। सूत्रहरूअनुसार यसदिन विमल-विनयलाई तराई डुवर्स र पहाडको रणनीति प्रदान गर्ने र एकार्काको सुझबुझमा चुनाउ लड्ने निर्देश दिइनेछ। यही समिकरण मिलाउन प्रशान्त किशोर र अभिषेक व्यानर्जी कोलकातामा हुने क्षेत्रीय दलको बैठक अघि नै सिलगढी आउने भएका छन्।

पिके र व्यानर्जी उत्तरकन्यामा बस्नेछन् र त्यही तृणमूल नेतृत्व, विमल, विनयहरूसित बैठक गर्नेछन्। तृणमूल काङ्ग्रेसका दार्जिलिङ जिल्ला कमिटीका अध्यक्ष रञ्जन सरकारलाई सबै समिकरण मिलाउन निर्देश दिइएको पनि सूत्रहरूले जनाएको छ।

उता भाजपाले बङ्गाल रणनीति चुडान्त गरेको छ।  केन्द्रिय पर्यटन राज्य मन्त्री प्रह्लाद पटेललाई 6 वटा लोकसभा क्षेत्रको चुनावी समिकरण मिलाउने जिम्मेवारी दिइएको छ। पटेलले नै दार्जिलिङ लोकसभा क्षेत्रको देखरेख पनि गर्नेछन्।

यता दार्जिलिङका सांसद राजु विष्टले दार्जिलिङका भाजपासित गठबन्धनमा रहेका दल नेतृत्वलाई केन्द्रिय गृहमन्त्री अमित शाहलाई नर्थब्लकमा भेटाएका छन्।

‘विधानसभा चुनाउ अघि नै गोर्खाका 11 जातलाई जनजातिको मर्यादा दिलाउने मुद्दा छिनाफाना गर्ने बएको छ,’ विष्टले भनेका छन्, ‘चुनाउपछि पिपिएसको गठन प्रक्रिया शुरु गरिनेछ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन