विनय-अनितलाई पिके टिमको फोन बारम्बार : विनयले टिमले गऱ्यो सोझै खारेज : विमल मिल्न आग्रही

खबरम्यागजिन डेस्क


उत्तरबङ्ग संवादले प्रशान्त किशोर टिमले विनय-अनित टिमलाई बारम्बार फोन गरेर विमल गुरुङसित मिलेर बस्ने आग्रह गरेको समाचार प्रकाशित गरेको छ।

अघिल्लो हप्ता विनय-तामाङ अनि अनित थापा कोलकाता पुगेका थिए। उत्तरबङ्गअनुसार सोही बेला प्रशान्त किशोरले विनय तामाङलाई पहाडमा विमल गुरुङसित मिलेर राजनैतिक समिकरण बनाउन आग्रह गरेका थिए। तर विनय तामाङले त्यसलाई सोझै खारेज गरिदिए।

विनय-अनित फर्केर पहाड आएपछि अहिले पिके टिमले लगातार फोन गरेर विमलसित मिल्ने आग्रह गरिरहेको पनि उत्तरबङ्गले लेखेको छ। ‘तर विनय तामाङ र अनित थापाले लगातार नै आग्रहलाई खारेज गरेको छ,’ उक्त पत्रिकाले लेखेको छ।

जनवरीमा ममताले क्षेत्रीय दलहरूलाई कोलकाता बोलाउँदैछिन्। सूत्रहरूअनुसार यसदिन विमल-विनयलाई तराई डुवर्स र पहाडको रणनीति प्रदान गर्ने र एकार्काको सुझबुझमा चुनाउ लड्ने निर्देश दिइनेछ। यही समिकरण मिलाउन प्रशान्त किशोर र अभिषेक व्यानर्जी कोलकातामा हुने क्षेत्रीय दलको बैठक अघि नै सिलगढी आउने भएका छन्।

पिके र व्यानर्जी उत्तरकन्यामा बस्नेछन् र त्यही तृणमूल नेतृत्व, विमल, विनयहरूसित बैठक गर्नेछन्। तृणमूल काङ्ग्रेसका दार्जिलिङ जिल्ला कमिटीका अध्यक्ष रञ्जन सरकारलाई सबै समिकरण मिलाउन निर्देश दिइएको पनि सूत्रहरूले जनाएको छ।

यता बारम्बार विनय-अनित थापाले विमल गुरुङसित राजनैतिक चरित्र नमिलेरै छुट्टिएकोले फेरि विमलसित मिल्ने सवालै नउठ्ने बताइसकेका छन्। यही कुराले पीके टिमको टाउको दुखाई भइरहेको र निरन्तर फोन गरिरहेको बताइएको छ। उता विमल गुरुङ भने विनय-अनितसित मिल्न आग्रही रहेको बताइएको छ।

पिके टिमलाई विमल गुरुङसित कुनै समस्या छैन तर विनय-अनितले विमलसित पटक्कै नमिल्ने स्पष्ट पारिदिएपछि पिके र अभिषेक व्यानर्जी आफै सिलगढी आएर दुवैलाई मिलाउने प्रयास गर्ने भएको पनि सूत्रले जनाएको छ।

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन