शिक्षा विभागका मन्त्री डा. पार्थ च्याटर्जीलाई बीपी बजगाईँको पत्र

उपकुलपतिको पद यथावत राखिनुपर्ने सम्बन्धमा अपील पत्र

 

माननीय डा० पार्थ च्याटर्जी

मन्त्री, शिक्षा विभाग, पश्चिम बङ्गाल सरकार

महोदय,

स्थानीय बङ्गला दैनिक अनुसार डा० शान्ति छेत्रीको बदलीमा अलीपुरद्वार विश्वविद्यालयको उपकुलपति उत्तर बङ्गाल विश्वविद्यालय रसायन विभागको अध्यापक महेन्द्रनाथ रायको नाम राज्य सरकारले घोषणा गरेको थाहा लागेको छ। समाचार अनुसार, डा० ढकाललाई पनि अहिले नै नियुक्ति पत्र पठाइने छैन। त्यसको साटो दार्जीलिङ हिल विश्वविद्यालयको उपकुलपति उत्तरबङ्गाल विश्वविद्यालयको रेजिस्टार दिलिप कुमार सरकारलाई बनाउन सकिने सम्भावना छ समाचारमा लेखिएको छ।

यस विषयमा २१दिसम्बर २०२० मा जारी गरिएको राज्यको उच्च शिक्षा विभाग (विश्वविद्यालय शाखा) –को आदेश पत्र संख्या 1237-Edn(U)/APDU-01/2018 मा राज्य्पालद्वारा गरिएको नियुक्तिले West Bengal State Universities (Terms and Conditions of Service of the Vice Chancellor & the Manner and Procedure of Official Communication) Rules,2019 -को  रूल 9(d) –को उल्लङ्घन भएको भनिएको रहेछ। 

सरकार आफ्नो स्थानमा सहि भए तापनि मैले West Bengal State Universities (Terms and Conditions of Service of the Vice Chancellor & the Manner and Procedure of Official Communication) Rules,2019 लाई अध्ययन गर्दा यसको प्रावधान 9 को (a) र (d) आफैमा अन्तर्विरोधी रहेको पाएँ। यदि सर्च कमिटीले पठाएको नामको सूचीमा order of preference of names लाई मानिलिनु हो भने केवल एकजनाको नाम मात्र पठाउँदा भइहाल्छ, तीनजनाको नाम पठाउने कुनै औचित्य हुँदैन। अर्को कुरा रूल 9(d) अनुसार order of preference of names लाई मान्नुपर्ने हो भने रूल 9(a) जसमा राज्यपाललाई क्षमता दिँदै “The Minister shall suggest at least three names for each nomination amongst which the Chancellor shall select one as his nominee in any Body or Authority or Committee of the University and shall communicate the same to the Minister in return” लेखिएको कुराको कुनै औचित्य रहँदैन।

माननीय मन्त्री ज्यु, यी त भए प्रावधानका कुराहरू, यस अतिरिक्त उत्तर बङ्गालमा गोर्खा जातिले आफुलाई हेपिएको महसुस गरिरहेको समयमा अनि एउटा राजनैतिक शुन्यताले गोर्खा राजनीतिमा जन्म लिईरहेको समयमा यस निर्णयले गोर्खा समाजलाई विचलित बनाएको पनि छ।

यसर्थ, उपरोक्त सबै कुराहरूलाई मध्य नजर राखेर हजुरले दुवै उपकुलपतिको नियुक्तिलाई पहिले बमोजिम राखिदिनुहोस् भनि अपील गर्दछु। यसको साथै आफैमा परस्पर विरोधी रहेको Rule 9 (d) लाई संसोधन गरिनुपर्ने विचार व्यक्त गर्दछु।  हजुरको कार्यालयबाट सकारात्मक पहल हुने आशा राख्दछु। धन्यवाद।

भवदीय,

बी० पी० बजगाईं

सिलगढी।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन