चुनाउअघि प्राथमिक स्कूलका मोठ 16,500 रिक्त पदमा शिक्षक नियुक्ति गरिने

खबरम्यागजिन डेस्क


मुख्यमन्त्री ममता व्यानर्जीले विधानसभा चुनाउअघि नै राज्यभरिका प्राथमिक स्कूलका मोठ 16,500 रिक्त पदमा शिक्षक नियुक्ति गर्ने भएकी छन्।  नियुक्तिको निम्ति 10 देखि 17 जनवरीबीच इन्टरभ्यु प्रक्रिया शुरु गरिनेछ। आज नियुक्तिबारे प्राथमिक शिक्षा बोर्डले अधिसूचना जारी गर्नेछ।

यसको निम्ति शीघ्र नै नियुक्ति पैनल गठन गरिनेछ। उनले तेस्रो  टीईटी परीक्षा 31 जनवरीको दिन अफलाइन आयोजित गरिने पनि बताएकी छन्।

व्यानर्जीले ‘शिक्षक आफ्नै जिल्लामा’-योजना पनि शुरु गरेकी छन्। जुन जुन जिल्लाका शिक्षकहरू अर्को जिल्लामा छन्, उनीहरूलाई आफ्नै जिल्लामा ल्याइने छ। अहिलेसम्म 10,183 प्राथमिक शिक्षकहरूले आफ्नो जिल्लामा स्थानान्तरणको लागि आवेदन गरेका छन्। त्यसमा  648 शिक्षकलाई उनीहरूको गृह जिल्लामा स्थानान्तरित गरिएको छ।

माध्यमिक स्तरमा  5,502 शिक्षकोले आवेदन गरेका छन्। जसमा 3,652 शिक्षकलाई स्थानान्तरण आदेश दिइएको छ। 

माध्यमिक स्तरमा पारस्परिक स्थानान्तरणको लागि 4,594 आवेदनमा  4,490 आवेदन स्वीकार  गरिएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन