ममता व्यानर्जीले विमल गुरुङलाई जिटिएको कुर्सीमा बस्न आग्रह गरेकी छन्- विशाल छेत्री

खबरम्यागजिनडेस्क


विमल खेमा मोर्चाका उपाध्यक्ष विशाल छेत्रीले ममता व्यानर्जीले विमल गुरुङलाई जिटिएको कुर्सीमा बस्न आग्रह गरेको जनाएका छन्। ‘तर हाम्रा अध्यक्षले ‘म नोमिनेट भएर बस्दिन, चुनाउ हुन्छ। म चुनाउ जितेर नै जिटिएमा बस्छु। जनताले नै मलाई जिटिएमा राख्छ’ भनिदिएका छन्,’ विशाल छेत्रीले भनेका छन्।

विमल गुरुङले 2017 मा जनताको दवाबमा छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलन गरेका थिए। उनले 2007 मा पनि यस्तै आन्दोलन गरेका थिए। फरक यति हो कि 2007 मा उनले सरकारी संरक्षणमा नै आन्दोलन गरेका थिए भने 2017 मा जनताको दवाबमा।

सरकारकै संरक्षणमा 2007 मा गरेको आन्दोलनमा  उनलाई न त पक्राउ गरियो न त पुलिसले नै खेदाए तर 2017 मा जनताको दवाबमा आन्दोलन गर्ने वित्तिकै उनलाई ममता व्यानर्जीले युएपिएजस्ता राष्ट्रद्रोहको मुद्दा लगाएकी छन्। त्यही आन्दोलनमा 13 जना आन्दोलनकारीलाई बङ्गाल पुलिसले गोली ठोकेको थियो भने धेरैजना मुद्दाको डरले पहाड छोडेर भाग्न परेको थियो। जिटिएको कार्यकाल पुरा हुनै लाग्दा उनले जिटिएका सबै पदबाट राजीनामा दिएका थिए।

तर विमल गुरुङ पहाड छोडेर भाग्ने वित्तिकै ममता व्यानर्जीले विनय तामाङ र अनित थापामामाथि दवाब बनाइन्। पहाड शान्ति गर्ने र विकास गर्ने शर्तमा ममता व्यानर्जीले उनीहरूलाई जिटिएको जिम्मा दिएकी थिइन्। केही समय विनय तामाङले चलाएको जिटिए अहिले अनित थापाले चलाइरहेका छन्।

उता केन्द्रले दुइपल्ट जिटिएको लागि त्रिपक्षीय बैठक बोलायो तर पहिलो बैठकमा पत्र विनय तामाङकोमा पुगेकोले विमल गुरुङले बैठक बहिष्कार गरे। दोस्रोपल्ट पत्र उनीहरूकोमा पुग्ने वित्तिकै बैठकमा बसे। तर राज्य सरकारका प्रतिनिधिहरू अनुपस्थित रहेकोले वार्ता फलप्रद बनेन।

विमल गुरुङ प्रशान्त किशोरको निगरानीमा तराई डुवर्सका 16 वटासिटमा ममता व्यानर्जीलाई जिताउने शर्तमा पहाड छिरिसकेका छन्। पहाड छिर्ने वित्तिकै उनले ‘रातो झण्डा लगाएर विनय-अनितलाई पहाडबाट खेदाउनु नपरोस्’ भन्दै ‘15 दिनभित्रमा अनित थापाहरूलाई जिटिएबाट निकाल्नुपर्छ’ भन्दै ममता व्यानर्जीसित माग गरिसकेका छन्।

विमल गुरुङले जनसभाहरूमा विनय-अनितलाई नै तारो बनाइरहेका छन्। ‘उनीहरूले जिटिए चलाउन सक्दैन म मात्र सक्छु’ भन्ने आशयका वयानबाजी गरिरहेका छन्। यसैबीच उनकै पार्टीको उपाध्यक्ष विशाल छेत्रीले विमल जिटिएमा बस्न आग्रही रहेको कुरामा मोहर लगाइदिएका छन्।

‘विनय र अनित बिजेपीका एजेन्ट हुन्। रिसिका क्षेत्रीले कैलास विजयवर्गीयसित फोटो खिचेको हामीले देख्यौं। उनीहरू अहिले नै बिजेपीमा पस्यौं भने ममताले केही गर्ला भनेर डराइरहेका छन्,’ विशाल छेत्रीले भनेका छन्, ‘जस्तो कोडअफ कन्डक्ट लाग्छ, त्यस्तै उनीहरू बिजेपीमा लाग्नेछन्। उनीहरूको साँडगाँठ भइसकेको छ।’

जनाधार विमल गुरुङसित नै रहेको किटान पनि उनले गरे। ‘विनय तामाङहरूलाई नवान्नमा विमल गुरुङले कुरा बुझ्न पठाएका थिए,’ छेत्रीले भनेका छन्, ‘तर उनीहरू त जिटिएमा टाँसिएर पो आए।’ विनय-अनितले नै सहिद बनाएको, कुड्की गरेको, भूमिगत बनाएको र सबै ठेकेदारीको काममा साझेदारी रहेकोसम्म आरोप लगाए।

‘यहाँसम्म कि उनीहरूले वर्कडाउनमा काम गरिरहेका छन्। सबै काम बाँडिरहेका छन्। म ठेकेदारहरूलाई पनि खबरदारी गर्छु, पछुताउनुपर्ला,’ उले भनेका छन्, ‘अब सबै कुरा पल्टिँदैछ। विनय-अनित दुइचारदिनका पहुना मात्र हुन् किन भने विमल गुरुङ केही दिनमा कोलकाता जाँदैछन्। धेरै कुरा भइरहेको छ।’

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन