
खबरम्यागजिन डेस्क
विमल गुरुङले ममता व्यानर्जीसित आग्रह गर्दै भनेका छन्, ‘ममता व्यानर्जीले कि त मलाई चुन्नुपर्छ कि त अनित थापालाई चुन्नुपर्छ। चुन्दा उत्तरबङ्गालको 16 वटा सिट कसले जिताउँछ, त्यसैको आधारमा चुन्नुपर्छ।’
विमलले गोर्खाल्याण्डको आन्दोलन गरेर जिटिए थापेका थिए। त्यही गोर्खाल्याण्डको आन्दोलनको लागि ज्यान दिएकी सहिद निता खवासको गाउँ पुगेर विमलले फेरि जिटिएमा राख्न ममता व्यानर्जीले आफू कि त अनित थापालाई चुन्नुपर्ने आग्रह गरेका हुन्।
सिटोङ-शेल्प पुगेका विमल गुरूङले ममता व्यानर्जीलाई जिताएर राजनीति गर्ने जनाए।
‘म विनय-अनितलाई हेरेर राजनीति गर्न आएको होइन। पहिले ममता व्यानर्जीलाई जिताउँछु र त्यसको फाइदाकोरुपमा स्थायी राजनैतिक समाधान गर्न लगाउनेछु,’ उले भने, ‘अब पहाडको राजनीतिक सिनारियो चेञ्ज गर्छु।’
लगभग 50 मिनटको उनको सम्भाषणमा लगभग 40 मिनट त गुरुङले विनय-अनितलाई जमेर गाली गर्नमा नै खर्चिए। उनका हरेक गालीमा अनित थापालाई जिटिएबाट निकाल्नुपर्ने आशय नै झल्किएको थियो। ‘अनित थापाहरूले आफूलाई जिटिएबाट निकाल्यो भने बिजेपीमा जान्छु भन्ने धम्की दिँदैछन्,’ गुरुङले भने, ‘जान्छौ भने जाउ। पुलिसले उनीहरूको धम्कीलाई याद राख्नुपर्छ।’
अनित थापाहरूले जति नै चिच्याए पनि आफ्नै खुट्टामा आउनुपर्ने चेतावनी पनि उनले दिए। ‘तिमेरलाई उमार्ने मै हुँ,’ उनले भने, ‘अब तिमेरको जराबाट कुहुने मल हाल्छु। म त्यसको लागि नै पहाड आएको हुँ।’
उनले भाजपाले आफूहरूको 12 वर्ष खाइदिएको भन्दै अब भाजपालाई हराएर देखाउने जनाए। ‘एक-एक भोट खेरो नजाओस्, पहाड़को तीनवटा सीट लगायत उत्तर बङ्गालमा भाजपालाई हराएर ममता व्यानर्जीलाई दु:खको समयमा साथ दिएर जिताउनुपर्छ,’ उनले भने, ‘आज मैले बनाएको मान्छेले नै मलाई धोका दिँदैछ। 17 सय करोड़ पाउनेलाई दिल्लीमा बसेर नै लाखौं भोटमा हराएँ। मलाई पहाड़ पस्नु हरियो झण्डा देखाएर मात्र हुन्छ भन्नेलाई भन्छु म आएँ त पहाड़, अब म पो तिमेरलाई देखाउँछु रेड झण्डा।’