रिसाहा भुइँ सार्वजनिक

मिरिक, 27 मई 2017


मिरिकका सशक्त कवि बिजय वान्तवाको कविता संग्रह ‘ रिसाहा भुइँ ‘ को आज मिरिकको एउटा होटलको प्रेक्षागृहमा विधिवत लोकार्पण गरियो। कार्यक्रमको अध्यक्षता साहित्य सुनौ मिरिकका अध्यक्ष कमला राईले गरेकी थिइन् भने प्रमुख अतिथि सिक्किम मल्लीका साहित्यकार हरिश मोक्तान ‘अल्लरे’  थिए। अन्य अतिथिहरुमा भवजीत तामाङ कवीर बस्नेत, पवित्र लामा, वाई एन ढकाल आदिको  थिए। अतिथिहरूको बहुलीबाट कृतिको लोकार्पण गरियो भने सबीर दिलपालीले उनको परिचय प्रस्तुत गरे। राजा पुनियानी, सुरज रोसरी, उषाकिरण सत्यदर्शी, कुशल तामाङ, चेतना तामाङ, अजित विश्व आदिले कविता वाचन गरे। मुख्य अतिथि हरिश मोक्तान ‘अल्लरे ले आफ्नो बिचार राखे।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन