दार्जीलिङलाई MDONER मा अन्तर्भुक्त गराउनु पार्टीय होइन जातीय मुद्दा हो

सपना छेत्री


 उत्तर पूर्व क्षेत्रको विकास मन्त्रालयले उत्तर पूर्व क्षेत्रको विकास योजना, परियोजनाहरू क्रियान्वयन र देखरेख गर्छ। मन्त्रालयले सामाजिक-आर्थिक विकासलाई गति प्रदान गर्दै देशको अन्य क्षेत्रको तुलनात्मक विकाश समताको आनन्द उपभोग गर्न सकोस् भन्ने ध्येय राख्छ।

उत्तर पूर्व क्षेत्र (एनईआर) मा आठ राज्य सामेल छन्। अरुणाचल प्रदेश, असम, मणिपुर, मेघालय, मिजोरम, नागाल्याण्ड, सिक्किम अनि त्रिपुरा। एनई क्षेत्रमाको विकास योजना, परियोजना क्रियान्वयन अनि देखरेखसित सम्बन्धित निकायहरू लिएर MDONER जिम्मेदार छन्।

प्रोजेक्ट मनिटरिङ सिस्टम एनएलसीपीआर योजनाको उद्देश्य राज्य सरकारहरूले प्राथमिकता दिने परियोजनाहरूमा सहमति दिने माध्यमसित पूर्वोत्तर क्षेत्रको बुनियादी ढाँचाको  क्षेत्रमा स्पेसलाई भर्नु हो।

उत्तर पूर्व भारतका सेभेन सिस्टर्स  राज्यहरू असम, अरुणाचल प्रदेश, मणिपुर, मेघालय, मिजोरम, नागालाण्ड अनि त्रिपुरा सम्मेलित छन्। जो पूर्व हिमालय क्षेत्रीय भागले बनिन्छ। जो सिक्किमदेखि  पूर्वतिर निस्कन्छ र पश्चिम बङ्गालको दार्जिलिङ हिल्सलाई अङ्गालो हाल्छ।

क्षेत्रको संवेदनशीलताले रणनीतिक रूपसित महत्व राख्छ। किन भने यसमा बाङ्ग्लादेश, भूटान, चीन, म्यान्मार अनि तिब्बतलगायतको अन्तर्राष्ट्रीय सीमा छ। यस क्षेत्रमा समृद्ध जैव-विविधता, भारी वर्षा अनि उच्च भूकम्पीयता देखिन्छ। यो भूभाग वन सम्पत्तिद्वारा सम्पन्न छ। यी क्षेत्र रुखपात, फसल, मसाला, फल-फूल सब्जी, जडी बुटीहरू उत्पादन गर्नलाई नितान्तै अनुकूल छ। 

प्राकृतिक सुन्दरता, शान्ति अनि विदेशी वनस्पति र जीव-जन्तु पर्यावरणीय पर्यटनको अमूल्य संसाधन हो। क्षेत्रको कुल क्षेत्रफल लगभग 2,55 हो, 168 वर्ग किमी।

सबै सात राज्य 1 अगस्त 1972 देखि पूर्वोत्तर गुवाहाटी उच्च न्यायालयको क्षेत्राधिकारमा छ। यी राज्यहरू उत्तर पूर्व परिषदको सदस्य पनि हुन्।

भारतको उत्तर पूर्वमा सबैभन्दा अधिक जातीय अनि भाषिक विविधता पाइन्छ। यी हिस्साहरूलाई बनाउने सात राज्यहरूमा प्रत्येकको आफ्नो संस्कृति अनि परम्परा छ। असम ब्रह्मपुत्र घाटीदेखि हरियाली क्षेत्रमा छ।  सबभन्दा घना जनसंख्या पनि यहीँ छ। अरुणाचल प्रदेश हिमालयको बाक्लो जङ्गलहरूले बनिएको छ। बौद्ध प्रभावको कारण प्रमुख पर्यटक आकर्षणहरूमा एक पनि हो। मेघालय, आफ्नो देवदारको पहाडीय अनि झीलहरूको साथमा संसारको सबैभन्दा धनी क्षेत्रको रूपमा प्रसिद्ध छ। नागाल्याण्डले एक समृद्ध युद्ध इतिहास बोकेको कारणले  पर्यटकहरूलाई आकर्षित गराउँछ। अन्य तीन राज्य-मणिपुर, जसलाई गहनाहरूको भूमिको रूपमा जानिन्छ, मिजोरम अनि त्रिपुरा हरियाली घाटीले युक्त एक आकर्षक क्षेत्र हुन्। जहाँ विभिन्न प्रकारको वनस्पतिहरू अनि प्राणीहरू पाइन्छन्।

भूटान, नेपाल अनि पश्चिम बङ्गालको बोर्डरमा रहेक सिक्किम, गोवा छोडेर भारतको दोस्रो सबैभन्दा सानो राज्य हो। सिक्किम कञ्चनजङ्घाको कारण पनि प्रसिद्ध छ। सिक्किम नामग्याल राजवंशद्वारा स्थापित गरिएको थियो अनि एक बौद्ध पुजारीद्वारा शासित थियो। जसलाई ब्रिटिश शासनको समय एक रियासतको रूपमा सामेल गराएको थियो।

वर्ष 1975 मा, सरकारले राजशाही रूपलाई समाप्त गराएको हो। सिक्किम राज्यलाई भारतको 22 औं राज्य बनाएको हो। सिक्किम भारतको तीव्र गतिमा विकसित भएको राज्यहरू मध्ये एक हो। सिक्किमको अर्थव्यवस्थाको स्रोत कृषि हो। 2016 मा  सिक्किमलाई जैविक राज्यको मान्यता दिइयो।  यो उपलब्धि हासिल गर्ने एकमात्र भारतीय राज्य हो-सिक्किम। सिक्किम एक बहुभाषी राज्य हो। राज्यको आधिकारिक भाषाहरूमा  अङ्ग्रेजी, नेपाली, सिक्किम अनि लेप्चा अन्तर्भुक्त छ। सिक्किमको राजधानी यसको सबै भन्दा ठूलो शहर गान्तोक हो।

यसरी नै दार्जीलिङ जो पश्चिम बङ्गालको एक जिल्ला हो, जो भुटान, बङ्गलादेश, नेपालको बोर्डररमा स्थित छ। जसलाई queen’s of the hills भनिन्छ। जसको भाषा, रहन सहन र प्रकृति सबै नै उत्तरपूर्वी राज्यसित नै मेल खान्छ। दार्जीलिङको चिया र सौर्न्दर्य भारतमा मात्र होइन तर विश्व प्रसिद्ध भएको हुँदा पनि यो ठाउँमा विकाश भन्ने चाहिँ त्यत्ति तीव्रताको साथमा भएको छैन।

यसैले दार्जीलिङलाई पनि MDONER मा अन्तर्भुक्त गराउने चाहना खाली कुनै पार्टीको मात्र हुन सक्दैन तर सम्पूर्ण जातिको चाहना हो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन