126 मध्ये 60 मुद्दा फिर्ता गरिने, त्यो पनि केवल विमल गुरुङको : हत्या र युएपिएको मुद्दा विमलको टाउको मै : विमल बाहेक अरुको मुद्दा ज्युको त्युँ

बताइएअनुसार विमल गुरुङलाई लागेको मुद्दाहरूमध्ये 60 वटा मुद्दा बङ्गाल सरकारले फिर्ता लिएको छ। दार्जीलिङ पहाड़मा सन्‌ 2017 को जूनमा शुरू भएको गोर्खाल्याण्ड आन्दोलनकालमा राज्यको तृणमूल कङ्ग्रेस सरकारले विमल गुरुङ अनि रोशन गिरीमाथि आईपीसीका विभिन्न धाराअन्तर्गत 126 वटा मुद्दा लगाएको थियो। त्यसमा युएपिएको मुद्दा अलग छ। यसमध्ये केवल 60 वटा मुद्दा मात्र सरकारले फिर्ता लिने बताइएको छ। विमल गुरुङको टाउकोमा अझ पनि 56 वटा मुद्दा झुण्डिएको छ। यो त भयो केवल विमल गुरुङलाई लागेको मुद्दा। रोशन गिरी, आशा गुरुङलगायतका शीर्ष नेतृत्वलाई लागेको मुद्दा त ज्युँको त्युँ छ। कार्यकर्ता, समर्थक र तल्लो तहका नेताहरूलाई लागेको मुद्दा जैसेथे रहनेछ।


खबरम्यागजिन डेस्क


कोलकोतामा ममता व्यानर्जीका राजनैतिक रणनीतिकार प्रशान्त किशोरसित हात मिलाएर ममता व्यानर्जीको मन जित्न तराई डुवर्सको 16 वटा आसनमा तृणमूललाई जिताउन पहाड फर्किएका विमल गुरुङको टाउकोबाट केही मुद्दा फिर्ता लिने प्रक्रिया शुरु हुने भएको छ।

बताइएअनुसार विमल गुरुङलाई लागेको मुद्दाहरूमध्ये 70 वटा मुद्दा बङ्गाल सरकारले फिर्ता लिएको छ। दार्जीलिङ पहाड़मा सन्‌ 2017 को जूनमा शुरू भएको गोर्खाल्याण्ड आन्दोलनकालमा राज्यको तृणमूल कङ्ग्रेस सरकारले विमल गुरुङ अनि रोशन गिरीमाथि आईपीसीका विभिन्न धाराअन्तर्गत 126 वटा मुद्दा लगाएको थियो। त्यसमा युएपिएको मुद्दा अलग छ। यसमध्ये केवल 60 वटा मुद्दा मात्र सरकारले फिर्ता लिने बताइएको छ।

विमल गुरुङको टाउकोमा अझ पनि 56 वटा मुद्दा झुण्डिएको छ।

यो त भयो केवल विमल गुरुङलाई लागेको मुद्दा। रोशन गिरी, आशा गुरुङलगायतका शीर्ष नेतृत्वलाई लागेको मुद्दा त ज्युँको त्युँ छ। कार्यकर्ता, समर्थक र तल्लो तहका नेताहरूलाई लागेको मुद्दा जैसेथे रहनेछ।

आनन्दबजजार पत्रिकाले मुद्दा फिर्ताबारे लेखेको छ, ममता व्यानर्जीको सरकारले भोटको चक्करमा विमलमाथि लागेको मुद्दाहरूमध्ये 60 वटा मुद्दा फिर्ता लिने भएको हो। राज्यको कानून विभागले दार्जिलिङ जिल्ला पुलिसलाई यसप्रकारको निर्देश दिइसकेको छ।

युएपीए र धारा 302 अन्तर्गत हत्या मामिलालाई छोडेर 60 मामिलाका मुद्दालाई फिर्ता लिने प्रक्रिया शुरु हुने भएको छ। विभिन्न न्यायालयमा विमल गुरुङको मुद्दा चलिरहेको छ।  अब न्यायालयबाट तोकिएका मुद्दा फिर्ता लिने प्रक्रिया शुरु हुनेछ। दार्जिलिङ जिल्ला पुलिस विभाग यसको तयारीमा लागिसकेको छ।तीनवर्षदेखि राज्य सरकारको ‘मस्ट वान्टेड’ बनेका विमल गुरुङ  प्रशान्त किशोरको हात समातेर 21 अक्टोबर 2020-को दिन कोलकातामा उभिएका हुन्।

जहाँबाट विमलले ममता व्यानर्जीलाई मुख्यमन्त्री बनेको हेर्ने र तराई डुवर्सको 16 वटा सिटमा तृणमूललाई जिताउने प्रतिबद्धता प्रकट गरेका हुन्। विमलले आफ्नो गठबन्धन तृणमूलसित भएको दाबी गरे पनि तृणमूलले पुष्टि गरेको छैन।विभिन्न बङ्गला दैनिकअनुसार यसो हुनुको कारण विमलको सम्बन्ध आइप्याकसित मात्र रहेकोले हो। किन भने विमल तृणमूलको गठबन्धनबाट होइन प्रशान्त किशोरको चुनावी व्यापारको कारण पहाड छिरेका हुन्। विमलले यस्तो प्रतिबद्धता जनाएको पाँच महिनापछि उनको टाउकोबाट छानीछानी 60 वटा मुद्दा फिर्ता गर्ने आज हल्ला फैलिएको छ।

यद्य़पि नवन्नाले भने यसबारे आधिकारिकरुपमा कुनै घोषणा गरेको छैन। मुद्दा लाग्ने हजार छन् तर फिर्ता केवल विमलको मुद्दा गरिँदैछ। त्यो पनि कमसल मुद्दाहरू मात्र। विमल गुरुङ विरुद्ध लागेका संवेदनशील मुद्दाहरू त्यतिकै छन्। हत्या र युएपिएबाहेक पनि संवेदनशील 56 वटा मुद्दा विमल गुरुङको टाउकोमा नै रहनेछ। केही मुद्दा फिर्ता गरेजस्तो गरेर सरकारले विमललाई चुनाउको निम्ति प्रयोग गर्ने छाँट स्पष्ट देखापरेको छ। यदि साँच्चै सरकार विमल गुरुङप्रति इमान्दार हुनु हो भने विमल मात्र होइन 2017 मा मुद्दा लाग्ने सबैको टाउकोबाट मुद्दा हटाउनुपर्ने हो, तर सरकारले त्यसो गरेको छैन।

वास्तवमा विमल पहाड छिर्दा नै मुद्दा लाग्ने सबैको मुद्दा फिर्ता गराउनुपर्ने हो तर विमलले आफूबाहेक कसैको मुद्दा फिर्ता गराउने सम्झौता गरेनन्।यसै पनि विमल गुरुङको गठबन्धन तृणमूल सरकारसित होइन चुनाउको रणनीति बनाउने कम्पनी आइप्याकसित हो।आइप्याक प्रशान्त किशोरको कम्पनी हो। जुन कम्पनीले 2019 मा पहाड, तराई र डुवर्समा गरेको सर्वेको आधारमा 2021 को चुनाउमा विमलले कुनै फ्याक्टर गर्ने हो कि भनेर प्रयोग गरिरहेको छ।

आइप्याक र प्रशान्त किशोरलाई मुद्दा बेच्नेहरूलाई पहाड, तराई र डुवर्सका जनताले रुचाउँदैन भन्ने हेक्का नरहेकोले नै विमल गुरुङ पिकेको प्राथमिकतामा परेका छन्। 126 वटा मुद्दामा 60 वटा मात्र फिर्ता गर्नुको अर्थ अरु जेसुकै लागुन् तर केवल विमलमाथि लागेको मुद्दा मात्र फिर्ता गर्ने घटनाले मुद्दा लागेका ती तमाम् कार्यकर्ताहरूले चुनाउमा कस्तो प्रतिक्रिया देलान्, त्यो नितान्तै पेचिलो प्रश्न बनेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन