‘गोर्खालाई चौकीदार भन्ने हार्नुपर्छ, गोर्खा स्वाभिमानले जित्नुपर्छ’

‘विष्टले यसो भन्दा पनि मानिसहरुले बिजेपीलाई अझ पनि विश्वास गर्छन्। बीजेपीले भाषणमा गोर्खालाई चौकीदार भनेर इङ्गित गर्दा ताली बजाउने हाम्रै गोर्खा छन्। खोई गोर्खे स्वाभिमान? त्यसैले यो चुनाव प्रत्येक गोर्खाको स्वाभिमानको चुनाव हो। हामीले हाम्रो स्वाभिमानलाई जीत दिलाउनु पर्छ। अब गोर्खालाई चौकीदार भन्ने हार्नुपर्छ, गोर्खा स्वाभिमानले जित्नुपर्छ।’


खबरम्यागजिन डेस्क


जिटिएका मनोनित अध्यक्ष अनित थापा अहिले 2021 मा हुने विधानसबा चुनाउको निम्ति निक्कै दौडधुप गरिरहेका छन्। यसै सिलसिलामा खरसाङमा उनले चुनावी कर्मी सभा गरे। आफ्नो उम्मेदवारलाई जिताउन सङ्कल्प गर्न नेतृत्वलगायत कार्यकर्ताहरू झिकाइएको थिए।

यसै कर्मीसभामा थापाले नेतृत्व र कार्यकर्तालाई एउटा नारा दिए, त्यो थियो ‘बुथ जितौं चुनाव जितौं।’

कार्यकर्ताहरूले सभामा ‘म जिम्मावरी निभाउनेछु, म आफ्नो बुथ जिताउने छु’ भन्दै सङ्कल्प पनि गरे। थापाले आफ्नो सम्बोधनमा अबोप्रान्त परिवारको जिम्मेवार बढेको जनाए। थापाले भने, ‘दार्जिलिङ पहाडको तीनवटा विधानसभा सिटमा हाम्रो उम्मेदवार हुनेछ।’

जसलाई जिताउनकै लागि मोर्चा कार्यकर्ताहरूले सङ्कल्प गरेका हुन्।

‘विनय तामाङ र अनित थापाले गोर्खाल्याण्ड बेच्यो भन्ने विचार मानिसको मनमा हालिदिएको थियो,’ थापाले भने, ‘अहिले जनताले बुझेको छ कि गोर्खाल्याण्ड बेच्ने पनि होइन किन्ने पनि होइन रहेछ। यो त केवल कुर्सीको मुद्दा मात्र रहेछ। जनताले वास्तविकता थाहा पाइसकेका छन्।’

भर्खरै सांसद राजु विष्टले भनेका थिए, ‘पहाडको गोर्खा खसीको मासुमा बिक्री हुन्छ।’ थापाले यसैलाई सन्दर्भ बनाउँदै भने, ‘विष्टले यसो भन्दा पनि मानिसहरुले बिजेपीलाई अझ पनि विश्वास गर्छन्। बीजेपीले भाषणमा गोर्खालाई चौकीदार भनेर इङ्गित गर्दा ताली बजाउने हाम्रै गोर्खा छन्। खोई गोर्खे स्वाभिमान? त्यसैले यो चुनाव प्रत्येक गोर्खाको स्वाभिमानको चुनाव हो। हामीले हाम्रो स्वाभिमानलाई जीत दिलाउनु पर्छ। अब गोर्खालाई चौकीदार भन्ने हार्नुपर्छ, गोर्खा स्वाभिमानले जित्नुपर्छ।’

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन