अब पहाड, तराई डुवर्सको अलग मुद्दा : सर्वभारतीय गोर्खाको अलग मुद्दा

विचार

अबको राजनीतिले यी दुइ मुद्दालाई अलगअलगरुपले सम्बोधन गर्नुपर्छ। पहाड, तराई र डुवर्सको  विकासको मुद्दाबारे अलग राजनीति, कुटनीति र रणनीति हुनुपर्छ। यसरी नै सर्वभारतीय गोर्खाहरूको चिह्नारीको मुद्दाबारे अलग राजनीति, कुटनीति र रणनीति हुनुपर्छ। यसको निम्ति अलगअलग मानव संसाधन प्रयोग गरिनुपर्छ। यसको निम्ति अलगअलग चरित्रका योजनाहरू तय गरिनुपर्छ। यसको निम्ति फरकफरक दृष्टिकोण र विचारधारा बनाइनुपर्छ। यसो हुन सक्यो भने न त दार्जिलिङ, तराई र डुवर्सका गोर्खाहरूले दुःख पाउनेछन् न त बङ्गालबाहिरका गोर्खाहरूले धोका नै पाउनेछन्। दार्जिलिङ, तराई र डुवर्सका गोर्खाहरूले आफ्नै मुद्दालाई ध्यान दिनुपर्छ। सर्वभारतीय गोर्खाहरूको चिह्नारीको मुद्दाबारे देशभरिका गोर्खाहरू एकभएर लड्नुपर्छ।


सपना छेत्री


सबै भन्छन्, सरकारले हाम्रो समस्या निर्मुल गर्न अझै अधिक प्रयास गर्नुपर्छ। तर पनि जब हामीले सरकारमाथि अपेक्षा राखेका हुन्छौं, हाम्रो बुनियादी समस्या र चिन्हारीको समस्याको समाधानको निम्ति हामी यस्तो बाटो हिँडिरहेका हुन्छौं जसले हामीलाई आत्मनिर्भर र स्वतन्त्र हुनदेखि टाढा लगेको हुन्छ।

हामीलाई आफ्नो क्षमता थाहा छ।  हामीले हाम्रो समुदायलाई फरक सोच लिएर कसरी बदलाउने? जो सम्पूर्ण जातीय लाभको निम्ति होस्। के यसबारे हामी सबैलाई प्रभावित गर्न सक्दैनौं?

जब गम्भीर राष्ट्रिय समस्याहरूलाई हल गराउनु पर्ने हुन्छ तब किन हामी जहिले कसैलाई गुहार माग्न चाहँदैनौं? अहिलेसम्म सर्व भारतिय गोर्खाको मुद्दा र पहाड, तराई अनि डुवर्सको मुद्दालाई एकै दृष्टिकोण हेर्ने हुँदा र फरक रणनीति नहुँदा सरकारसमेत बिचलित बनेको हो। यसैले अब हामी स्वयं नै आफ्नो समस्या लिएर अधिक जिम्मेवार हुनपर्छ।

भारतमा राजनीतिकवर्गले सदैव एकअर्का माझ झगडा लगाउ अनि राज गर भन्ने नीति पालन गरेको छ। यो नीति अङ्ग्रेजहरूबाट विरासतमा पाएको हो। अहिले पनि शासकवर्गले यही सिद्धान्त प्रयोग गरेका छन्। अझ दुर्भाग्यको कुरा के छ भने चुनावको समय प्रत्येक पाँच वर्ष यसैको प्रवर्द्धनमा नेतृत्वहरू आउने गर्छन्। जाति अनि सम्प्रदायको आधारमा हामी विभाजित भइसकेका छौं।  उनीहरूलाई लिएर नै घृणा फैलाउने काम गरिन्छ। भडकाउ भाषणहरूले जनतामा घृणा र कट्टरता बढाइएको छ। त्यहीँबाट नै हिंसा अनि अशान्तिको जन्म भइरहेको छ।

दार्जीलिङले विगतको दिनहरूमा धेरै हिंसा देखेको छ। १९८४ को आन्दोलन, २००७, २०१३ अनि  २०१७ को गोर्खाल्यान्ड भन्दै हिंसा फैलाइयो, त्यो पनि सरकारद्वारा रचित आन्दोलनको भरमा।

पाहड, तराई  र डुवर्समा लाखौं गोर्खाहरू बिपीएल कार्ड घारक छन्। धेरै परिवारमा मजदुर छन्। जसले एक दिन मात्र पनि काम गरेन भने पनि गाह्रो हुन्छ। हामीलाई थाह छ कोविड -१९ महामारीको समय तालाबन्दी हुँदा कत्रो समस्या भयो। भारतभरि यो महामारीको समय आजीविका अनि खानाको कमीले लाखौं जनता भुखमरिको सम्मुखिन बने। तर पहाड, तराई, डुवर्सका गोर्खा भने आन्दोलनरूपी महामारीदेखि जुझिबसे।  हाम्रो अर्थव्यवस्था, सामाजिक , राजनैतिक र हाम्रो मौलिक मूल्य नै शिथिल भइसक्यो।

समाजमा धेरै जसो सामाजिक समस्याहरू सूक्ष्म प्रकारको हुन्छन् तर सम्पूर्ण सामाजिक समस्याहरू देश, निगम अनि अन्य समूहको नेतृत्वसित जडित हुन्छन्। त्यहीँमाथि खराब नेतृत्वले हाम्रा समस्याहरूमाथि राजनीति गर्छन्। आफ्नो स्वार्थको राजनीतिले सबै समस्या छायामा पार्छ।

यसैले अबको भारतीय गोर्खाहरूले आफ्नो बाटो कोरेर लक्ष्यसम्म पुग्ने हो भने नेतृत्व माथि ध्यानाकर्षण गर्न पर्छ। अहिलेसम्म मुद्दा गाँजेमाजे हुँदा नै दुख पाएका छौं। क्षेत्रीय मुद्दालाई राष्ट्रीय मुद्दाले छोपेको छ।

दलहरूले यी मुद्दाहरूलाई अलगअलग छुट्याएर राजनीति गरिदिएन्। नेतृत्वहरू आफै मुद्दाहरूबारे स्पष्ट बनेनन्। तर अबको नेतृत्वले मुद्दाहरूलाई केलाएर छुट्याउने राजनीतिक परम्परा शुरु गरेको छ।

अब पहाड  तराई र डुवर्सको बिकासको मुद्दा र सर्वभारतीय गोर्खाको मुद्दालाई अलग र फराकिलो नजरले हेर्न पर्ने समय आएको छ।

भर्खरै युवा नेता केशवराज पोखरेलले भने, ‘गोजमुमोले क्षेत्रीय र राष्ट्रीय मुद्दा छुट्याएको छ। अब पहाड, तराई र डुवर्सको मुद्दा अलग र सर्वभारतीय गोर्खाहरूको अलग मुद्दा हुनुपर्छ।’

ठिकै हो, पहाड, तराई र डुवर्सको मुद्दा विकासको मुद्दा हो अनि सर्वभारतीय गोर्खाहरूको मुद्दा चिह्नारीको मुद्दा हो। यसलाई अब गाँजेमाजे गर्नु हुँदैन।

अबको राजनीतिले यी दुइ मुद्दालाई अलगअलगरुपले सम्बोधन गर्नुपर्छ। पहाड, तराई र डुवर्सको  विकासको मुद्दाबारे अलग राजनीति, कुटनीति र रणनीति हुनुपर्छ। यसरी नै सर्वभारतीय गोर्खाहरूको चिह्नारीको मुद्दाबारे अलग राजनीति, कुटनीति र रणनीति हुनुपर्छ।

यसको निम्ति अलगअलग मानव संसाधन प्रयोग गरिनुपर्छ। यसको निम्ति अलगअलग चरित्रका योजनाहरू तय गरिनुपर्छ। यसको निम्ति फरकफरक दृष्टिकोण र विचारधारा बनाइनुपर्छ।

यसो हुन सक्यो भने न त दार्जिलिङ, तराई र डुवर्सका गोर्खाहरूले दुःख पाउनेछन् न त बङ्गालबाहिरका गोर्खाहरूले धोका नै पाउनेछन्। दार्जिलिङ, तराई र डुवर्सका गोर्खाहरूले आफ्नै मुद्दालाई ध्यान दिनुपर्छ। सर्वभारतीय गोर्खाहरूको चिह्नारीको मुद्दाबारे देशभरिका गोर्खाहरू एकभएर लड्नुपर्छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन