वाहन दुर्घटना हुँदा 3 घाइते, चालक लापत्ता

उमेश परियार

काली झोडा, 27 मई 2017


हाइवे 10 अन्तर्गत गेल खोला अनि 29 माइलको माझमा आज दिउँसो 12 बजे एउटा मारुती भ्यान अनि वेगनर कार आपसमा ठोक्किँदा दुर्घटना भयो। घटनाबारे रम्बी पुलिसले बताएअनुसार घटना ओभरटेक गर्ने हुँदा भएको हो। सिक्किमदेखि सिलगढी गइरहेको वेगनर कार एस. के. 01 टी 0656 अनि 29 माइलदेखि कालेबुङ आइरहेको मारुती भ्यान डब्ल्यू. बी. 74 एसी 5849 ठोक्किँदा मारुतीमा सवार सबै यात्री घाइते भएक छन्‌। घटना सिक्किमदेखि आइरहेको वेगनरले ओभरटेक गर्ने हुँदा भएको बताइएको छ। दुर्घटनाग्रस्त मारुती भ्यान 29 माइल निवासी गङ्‌गा राईको रहेको बताइएको छ। जसमा चालक सावन डुक्पा (20) सितै वाहनमा सवार उनको परिवारका 3 जना सदस्य घाइते बनेको राईले बताएका छन्‌। घाइतेहरूलाई रम्बी चिकित्सालयमा उपचारका निम्ति लगिएको छ। यता वेगनरको चालक दुर्घटनापछि वाहन छाडेर चम्पट कसेका छन्‌। भाग्ने क्रममा बाटोदेखि सोझै टिस्टा नदीमा हाम फालेको प्रत्यक्षदर्शीले बताएका छन्‌। हालै उक्त चालकको केही पत्तो नलागेपछि प्रशासनको पक्षबाट खोजी भइरहेको पुलिस मार्फत थाहा लागेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन