आफ्नै छात्रामाथि यौन शोषण गरेको आरोपमा विमल खेमा नेता लोप्साङ लामा पक्राउ

खबरम्यागजिन डेस्क


गोर्खा जनमुक्ति मोर्चा (बिमल खेमा)-का कार्यकारी अध्यक्ष डा. लोप्साङ लामा आज 2 बजी सिक्किममा पक्राउ परेका छन्। दक्षिण सिक्किमको नाम्चीमा उनलाई पक्राउ गरिएको बताइएको छ। लामाले नाम्चीमा न्यु लाइट एकाडेमी नामक स्कूल सञ्चालन गर्छन्। सोही स्कूलका एक छात्राले लामाले आफूमाथि यौन शोषण गरेको आरोप लगाएकी हुन्। लामा विरुद्ध पीडित छात्राको अभिभावकले नाम्ची थानामा प्राथमिकी दर्ता गरेका थिए।  सोही प्राथमिकीको आधारमा पुलिसले उनलाई पोक्सो (POCSO) ऐन अन्तर्गत पक्राउ गरेको हो।

लामा केही वर्षदेखि दार्जिलिङको राजनीतिमा सक्रिय छन्। विमल गुरुङ भूमिगत बनेलगत्तै उनलाई गोर्खा जनमुक्ति मोर्चाको कार्यकारी अध्यक्ष बनाइएको थियो। केही समय अघि उनी पार्टीले व्यक्तिको लागि होइन मुद्दाको लागि काम गर्ने बताएर विवादमा तानिएका थिए। ममता व्यानर्जीको हात पक्रेर विमल गुरुङ दार्जिलिङ फर्किएलगत्तै विधानसभा चुनाउको निम्ति सङ्घर्ष गरिरहेका छन्। विमल गुरुङ फर्किएलगत्तै लोपसाङ लामालाई कमैमात्रमा मञ्चहरूमा देखिएको थियो। हल्लाअनुसार  लामा कालेबुङ क्षेत्रबाट विधानसभा चुनाउको लागि दावेदार उम्मेदवार थिए। उनको नाम कालेबुङको उम्मेदवारकोरुपमा आइरहेको बेला लामा यौन शोषणको आरोपमा पक्राउ परेका छन्।

उनको पक्राउलगत्तै  बिमल खेमालाई ठूलो झट्का लागेको छ। सिक्किम पुलिसका डिआईजी रेञ्ज प्रवीण गुरुङले लामालाई पक्राउ गरिएको पुष्टि गरेका छन्। पुलिससुत्रले बताएअनुसार लामासित सोधपुछ चलिरहेको छ। पुलिसअनुसार स्वास्थ्यसमस्याको कारण लामालाई अहिले नाम्ची अस्पतालमा भर्ना गरिएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन