पहाड़, तराई अनि डुवर्सको अलग व्यवस्थाको लागि भोट माग्दै विमल खेमा

विमल गुरुङले आफैले ममता व्यानर्जीको रणनीतिकार प्रशान्त किशोरसित जातिको लागि व्यक्तिगत चुनावी व्यापार गरेको खुलेआम बताइसकेका छन्। प्रशान्त किशोरसित जातिको लागि व्यक्तिगत चुनावी व्यापार गर्ने विमल खेमाको दाबी सत्य रहेको तृणमूल काङ्ग्रेसले विमल खेमासित गठबन्धन रहेको कुरा नबताउनुले स्पष्ट पारेको छ। प्रशान्त किशोर चुनावी व्यापारी हुन्। उनी कुनै पनि दललाई जिताउन आफूमा भएको रणनीति करोडौं रुपियाँमा बेच्छन्। चुनावी व्यापारीसित ‘जातिको लागि व्यक्तिगत चुनावी व्यापार’-मा डिल गरेर आएको विमल गुरुङले दार्जीलिङ पहाड़, तराई अनि डुवर्सको स्थायी राजनैतिक समाधान प्रशान्त किशोरसित मागेका हुन् कि तृणमूल काङ्ग्रेससित?


खबरम्यागजिन डेस्क


ममता व्यानर्जीलाई मुख्यमन्त्री बनाउन पहाड, तराई र डुवर्सको भोट तृणमूलको पक्षमा तान्न आएका विमल गुरुङले पहाडको तीनवटै सिटमा आफ्नो उम्मेदवार दिने भएका छन्।

‘पार्टीले तराई अनि डुवर्सका १४ सिटमा एक चुनावी सम्झौता अनुसार तृणमूल काङ्ग्रेस पार्टीको उम्मेद्वारहरुलाई सघाउने निर्णय लिएको छ,’ मोर्चा महासचिव रोशन गिरीले विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘त्यो सम्झौता हो – दार्जीलिङ पहाड़, तराई अनि डुवर्सको स्थायी राजनैतिक समाधान।’

रोशन गिरीको विज्ञप्तीअनुसार विमल गुरुङले तृणमूल काङ्ग्रेससित सम्झौता गरेका छन्, ‘हामी तराई डुवर्सको १४ सिटमा तृणमूल उम्मेदवारलाई सघाउँछौं, बद्लामा मोर्चालाई पहाड, तराई र डुवर्सको लागि एउटा अलग्गै स्थायी व्यवस्था दिनुपर्छ।’

रोशन गिरीले यस्तो व्यवस्थाको लागि सम्झौता भएको जनाए पनि तृणमूल काङ्ग्रेस, ममता व्यानर्जी वा राज्य सरकार वा तृणमूल काङ्ग्रेसले यसबारे न त कतै केही उल्लेख गरेको छ, न त विमल खेमासित चुनावी गठबन्धन रहेको नै आधिकारिकरुपमा बताएको छ।

विमल गुरुङले आफैले ममता व्यानर्जीको रणनीतिकार प्रशान्त किशोरसित जातिको लागि व्यक्तिगत चुनावी व्यापार गरेको खुलेआम बताइसकेका छन्।

प्रशान्त किशोरसित जातिको लागि व्यक्तिगत चुनावी व्यापार गर्ने विमल खेमाको दाबी सत्य रहेको तृणमूल काङ्ग्रेसले विमल खेमासित गठबन्धन रहेको कुरा नबताउनुले स्पष्ट पारेको छ।

प्रशान्त किशोर चुनावी व्यापारी हुन्। उनी कुनै पनि दललाई जिताउन आफूमा भएको रणनीति करोडौं रुपियाँमा बेच्छन्। चुनावी व्यापारीसित ‘जातिको लागि व्यक्तिगत चुनावी व्यापार’-मा डिल गरेर आएको विमल गुरुङले दार्जीलिङ पहाड़, तराई अनि डुवर्सको स्थायी राजनैतिक समाधान प्रशान्त किशोरसित मागेका हुन् कि तृणमूल काङ्ग्रेससित? प्रश्न उठेको छ।

प्रशान्त किशोरसित भएको डिलअनुसार विमल खेमाले 14 वटा सिटमा तृणमूल काङ्ग्रेसलाई सहयोग गर्नेछ तर पहाडमा भने आफ्नै उम्मेदवार दिनेछ।

‘जातिय हितको निम्ति पश्चिम बङ्गाल विधानसभा चुनावलाई अन्य चुनावहरू भन्दा अलग दृष्टिकोणले हेरिनु आवश्यक छ,’ गिरीले भनेका छन्, ‘पहाडको जन आकांक्षालाई कदर गर्दै आउँदो २०२१ को विधानसभा चुनावमा दार्जीलिङ पहाड़को यी तीनवटा विधानसभा सिटमा गोर्खा जनमुक्ति मोर्चा पार्टीले आफ्नो उम्मेद्वार दिएर आफ्नै बल बुतामा चुनाव लड्ने छ।’

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन