म चुनावी राजनीति त्याग्ने विचारमा छु-अमरसिंह राई

खबरम्यागजिन डेस्क


मोर्चा नेता अमरसिंह राईले चुनावी राजनीति नै त्याग्ने विचार बनाएको जनाएका छन्। विज्ञप्ति जारी गर्दै उनले सोसल मिडियामा दार्जिलिङ सिटबाट उनको नाम भाइरल भइरहेको सन्दर्भ झिकेर भनेका छन्, ‘2021 को गोर्खा जनमुक्ति मोर्चा (विनय)को विधायकको उम्मेदवारको नामको सूचीमा मेरो नाम पनि सोसियल मिडिया साथै वाट्सएप मेसेजमा देखा परेको पाएँ। मैले विगत दिनमा दार्जीलिङ नगरपालिकाको अध्यक्ष भएर 2016 मा दार्जीलिङ क्षेत्रको विधायक भएर काम गरी सकेको छु। 2019 मा मैले संसदको उम्मेदवार भएर चुनाव लडिसकेको छु। संसद चुनावमा म पराजित भएँ। जनताको म्यान्डेटलाई मैले स्वीकार गरेको छु।’

उनले भनेका छन्, ‘अब मैले चुनावी राजनीति नै त्याग्ने विचार बनाएको छु। मैले पार्टीको साधारण कार्यकर्ता भएर काम गर्ने निर्णय लिएको छु। साधारण कार्यकर्ताको रूपमा मेरो क्षेत्रको विकास साथै अहिलेसम्म फत्ते नभएको भारतीय गोर्खाको मुद्दा माथि आगामी दिनमा काम गर्नु नै मेरो मूल उद्देश्य रहनेछ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन