चुनाउ हार्ने डर राजु विष्टले पोखाए जिटिए अध्यक्षको नियुक्तिमा

केशवराज पोखरेल, प्रवक्ता, गोजमुमो

‘तपाईं दार्जीलिङलाई सपार्न सांसद हुनुभएको कि दार्जीलिङलाई बिगार्न?,’पोखरेलले विष्टलाई सोधेका छन्, ‘तपाईंको नजर जीटीए व्यवस्थामाथि होइन आफ्नो काम माथि हुनु पऱ्यो। जनतालाई जवाब दिनुस्, खै जनजाति? खै पिपिएस?’ पिपिएसले गोर्खाको चिन्हारीको समस्या हल नगर्ने भाजपाले नै अहिले भन्न थालेको भन्दै पोखरेलले विष्टलाई गम्भीर सवाल गरेका छन्, ‘कतै तपाईंको आँखा पनि जीटीएको कुर्सीतिरै त होइन?’


खबरम्यागजिन डेस्क


हिजो सांसद राजु वष्टले राज्यपाल जगदीप धनखड़ र मुख्य चुनाउ आयुक्त सुनिल अरोड़ालाई अनित थापाको राजनैतिक नियुक्ति तुरुन्तै रद्द गर्ने माग गर्दै पत्र लेखेका थिए। उनले पत्रमा भनेका थिए, ‘जिटिएलाई सोझै राज्यपालको सुपरिवेक्षणमा सञ्चालित गराइयोस्।’

गोर्खा जनमुक्ति मोर्चाका प्रवक्ता केशवराज पोखरेलले त्यसलाई पहाडमा ‘चुनाउ हार्ने विष्टको डरको उपज’ बताएका छन्। पोखरेलले भनेका छन्, ‘बिजेपी अनि गठबन्धनको ‘चुनाव हार्छ भन्ने डर’-को सीमा नाघेको उदाहरण सांसद राजु विष्टको जीटीए अध्यक्षको कार्यकाल बढेको माथि उनको बिरोधी बयानले स्पष्ट देखाउँछ।’

पोखरेलको उल्टै आरोप छ, सांसद राजु विष्टले लोकल व्यवस्थातिर ध्यान दिइबस्ने आवश्यकता छैन। उनले  महाकाल बाबाको कसम खाँदै गरेको पिपिएस र गोर्खालाई जनजातिको दर्जा दिलाउने वाचा पूरा गरुन्।

‘२०१९ मा पिपिएसको नाममा लोकसभाको सिट जिते पछि दार्जिलिङलाई दिएको पहिलो उपहार हो- दार्जीलिङ नगरपालिका- माथि आक्रमण। बीजेपीको षड्यन्त्रको कारण आज दार्जीलिङ नगरपालिका बाबुहरूको देखरेखमा चल्दैछ,’पोखरेलले भनेका छन्, ‘दार्जिलिङवासीले कतिको दुःख पाइरहेका छन्, त्यो दुःख भोग्ने दार्जीलिङका निवासी, व्यापारी, होटल व्यवसायी आदिलाई मात्र थाहा छ।’

दार्जिलिङ नगरपालिका लथालिङ्ग पार्ने सांसद विष्ट, भाजपा र गठबन्धन नै रहेको पोखरेलको आरोप छ। पहाडको प्रतिनिधि भएर पहाडलाई नै राजु विष्टले किन ध्वस्त पार्नु खोजिरहेका हुन् भन्ने प्रश्नसमेत पोखरेलले उठाएका छन्।

‘तपाईं दार्जीलिङलाई सपार्न सांसद हुनुभएको कि दार्जीलिङलाई बिगार्न?,’पोखरेलले विष्टलाई सोधेका छन्, ‘तपाईंको नजर जीटीए व्यवस्थामाथि होइन आफ्नो काम माथि हुनु पऱ्यो। जनतालाई जवाब दिनुस्, खै जनजाति? खै पीपी एस?’

पिपिएसले गोर्खाको चिन्हारीको समस्या हल नगर्ने भाजपाले नै अहिले भन्न थालेको भन्दै पोखरेलले विष्टलाई गम्भीर सवाल गरेका छन्, ‘कतै तपाईंको आँखा पनि जीटीएको कुर्सीतिरै त होइन?’

उले सांसदलाई आफ्नो गमिमामा बस्ने आग्रह गरेका छन्। भनेका छन्, ‘दार्जीलिङ नगरपालिका लथालिङ्ग पारेपछि अब जीटीए पनि लथालिङ पार्ने राजु विष्ट, बिजेपी अनि गठबन्धनको षड्यन्त्र गरिरहेको छ, त्यो मोर्चाले सफल हुन दिने छैन।’

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन