नयाँ संस्कार बोक्ने राजनीति

नेताको वयान

बिमल गुरुङलाई हेर्नुस्, जसले घिसिङ खेदाए। आफ्नो राजनीति गुरु घिसिङको स्वास्नीलाई पहाडमा ल्याएर अन्तिम संस्कार गर्नसमेत दिइएन। त्यति निर्दय गोर्खा हृदय भएको बिमल गुरुङलाई अनित-बिनयको शासनकालमा  पहाडमा आरामसँगले आउन दिइयो। धेरैले बिमल गुरुङलाई यहाँ आउन दिनु हुँदैन भन्थे। हामीले भन्यौँ, ‘हामी किन उनी जस्तै हुनु? आउन दिउँ।’ आए पनि अनि बसे पनि। कसैले नराम्रो भनेनन्। यो नै हो नयाँ सोच र नयाँ विचारले प्रदान गरेको विचार। यो चाहीँ सबैभन्दा ठूलो कुरा हो।


रुदेन लेप्चा


किन हामीले अनित-विनयलाई समर्थन गर्ने, यसबारे विशेष कुरा राख्छु। ८६ उताको राजनैतिक अवस्थाहरू के-कस्ता थिए त्यसबारे भन्दिन, तर ८६ यताको राजनीति बुझेको मान्छे हुँ म।

मैले राजनीति जानेको केटौले हुँदैदेखिको हो। त्यतिबेलाको राजनीतिमा विपक्षलाई खेदो गर्नु, अरूको घर जलाउनु, मार्नु भन्ने ‘कल्चर’ थियो। छ इञ्ची घटाउनुपर्छ भन्ने किसिमको घिसिङले जन्माइराखेको राजनैतिक कल्चर। त्यतिबेला लगभग चार हजार कम्युनिस्टहरूलाई घिसिङ र जीएनएलएफले माऱ्यो। बाह्रसय त आफ्नैहरू आन्दोलनमा माऱ्यो। जसलाई हामी सहिद भन्छौं।

आफू शक्तिमा हुँदा यति धेरै मान्छे मारिपठाउनेले शक्तिमातमा कति कमजोरहरूलाई माऱ्यो भन्ने हिसाब नै छैन। हाम्रो कफेरतिर मारेर फ्याक्ने एउटा गड्डा बनाइएको थियो। गड्डा खनेर विरोध गर्नेहरूलाई ल्याएर मारिन्थ्यो, पुरिन्थ्यो।

घिसिङ शासनकाल हामीले त्यसरी पायौँ। कालेबुङ मेनरोड उपासकको अगाडि घिसिङको विरोधमा निस्केकै निहुँमा निर्मल राईको टाउको काटेको मैले क्लास टेन पढ्दा देखेको हुँ।

जुबिली स्कुलको हेडमास्टरको पनि त्यस्तै हत्या गरियो।  घिसिङले यस्तो संस्कार जन्माएर पहाडलाई त्यसरी राजनीति चिनाएको थियो। सत्तामा हुँदा विरोध गर्नेहरूलाई मास्नु नै त्यो समयको राजनैतिक संस्कार थियो। त्यसरी सिक्यौँ हामीले राजनीति।

पछि जब २००७ मा बिमल गुरुङको उदय भयो,  हामीले राजनीतिमा फेरि परिवर्तनको आशा गऱ्यौं। सायद अब बिमल गुरुङले पहिलेको जस्तो गर्दैन भन्ने सोच्यौं। सायद बिमल गुरुङले गोर्खाले गोर्खालाई खेदाउने काम गर्दैनन् भेर सोच्यौं।

तर तपाईंहरूलाई याद नै छ, मौरिस कालिकोटे कति समयपछि घर फर्किए। दावा पाख्रिन कति समयसम्म बाहिर बसे। रोशन राई कति वर्ष तराई बसे। दावा शेर्पा कतिवर्ष सिलगडी बसे। छिरिङ शेर्पा, प्रकाश दाहाल सबै बाहिर बस्न बाध्य बने। यस्तो स्थिति कसले जन्माए?  यो कस्तो संस्कार थियो?

बिमल गुरुङ गोर्खाल्यान्डको नाममा आफ्नै जाति, बङ्गालीलाई गाली गर्थे। ‘तपाई र मलाई बङ्गालीले लुट्दैछ है’, भन्थे। तर खेद्दा कसलाई खेद्थे? आफ्नै जातिलाई।

धेरै घरहरू जलाइए। यस्तो कुरीति-कुसंस्कार पहाडको राजनीतिमा ल्याइदिएको कारण राजनीतिलाई हामीले घृणा गऱ्यौं।

राजनीतिमा राम्रा मानिसहरू, पढेलेखेका नानीहरू, राजनीतिमा लागेर समाजको निम्ति केही गर्छु भन्नेहरू सचेतहरू, बुद्धिजीवीहरू, बौद्धिकहरू राजनीतिमा अग्रसर भएनन्।

त्यसैकारण बिमल गुरुङजस्तो अशिक्षितहरूले पहाड चलाउने प्रयास गरे। चलाए पनि। त्यसरी अभागिएको जातिहरूभित्र हामी पहाडवासी छौँ।

अनित- विनय आइसकेपछि एउटा नयाँ परिवर्तन भयो। नयाँ सोच नयाँ विचारको विचाधारा आयो। अनित-विनयलाई दोषारोपन गरियो, कि उनीहरूले घर कुड्की गरे। तर हेर्नुस्,  कुड्की गर्नुचाहिँ पुलिसले पनि सक्दैन। पुलिस पनि कोर्टले अह्राउँदा मात्रै कुड्की गर्न जाने हो।

मानौं,  कुनै कुरामा दोष लागेर कसै विरुद्ध एफआइआर भयो। पुलिसले दोषीलाई रेडमा नभेटेपछि उसलाई भगौडे घोषित गर्छ। पुलिसले कोर्टलाई भगौडा भनेर जनाउँछ। फेरि पक्रेर ल्याउने आदेश हुन्छ।

दुईतीन पटक नोटिस पठाएर दोषीको घरको दैलोमा टाँस्दापनि दोषीले कोर्टमा सरेन्डर गरेन भनेचाँहि कुड्की गर्ने कानून छ। कोर्टले यसैलाई पालन गर्छ र फैसला दिन्छ। यो पुरापुरी जुडिसियल म्याटर हो।

अनित-विनयले कहिलेपनि अर्काको घर कुड्की गर्न सक्दैनन्। पोलिटिकल्ली दोषारोपण लगाइयो तरपनि त्यो कानुनी रूपमा कहिले पनि सही थिएन। अनित-विनयले कहिलेपनि कसैको घर कुड्की गर्ने अनुमति दिनै सक्दैनन्। पुलिसले पनि सक्दैन।

पुलिस त कोर्टको आदेशमा गएर काम गर्ने न हो। जसरी निमा तामाङको घर कुड्की भयो। वास्तवमा अनित-विनय आएपछि मात्रै राजनैतिक मतभेद हुँदा, मतभिन्नता हुँदासमेत यहाँ पहाडबाट पहाडेहरूले पहाडेलाई खेदाएनन्।

बिमल गुरुङलाई हेर्नुस्, जसले घिसिङ खेदाए। आफ्नो राजनीति गुरु घिसिङको स्वास्नीलाई पहाडमा ल्याएर अन्तिम संस्कार गर्नसमेत दिइएन। त्यति निर्दय गोर्खा हृदय भएको बिमल गुरुङलाई अनित-बिनयको शासनकालमा  पहाडमा आरामसँगले आउन दिइयो।

धेरैले बिमल गुरुङलाई यहाँ आउन दिनु हुँदैन भन्थे। हामीले भन्यौँ, ‘हामी किन उनी जस्तै हुनु? आउन दिउँ।’

आए पनि अनि बसे पनि। कसैले नराम्रो भनेनन्।

यो नै हो नयाँ सोच र नयाँ विचारले प्रदान गरेको विचार। यो चाहीँ सबैभन्दा ठूलो कुरा हो।

अब अनित-विनयको नयाँ सोच, नयाँ विचारमा कसैलाई खेद्ने-खेदाउने काम हुँदैन। हरेकलाई राजनैतिक सुरक्षा प्रदान गरेको छ। यसर्थ हामी भन्छौँ, ‘अनित विनयलाई सपोर्ट गर्नुपर्छ भने पहिले सिद्धान्त बाँच्नुपर्छ। असल काम बाँचेको हुनुपर्छ। डेभलपमेन्टमात्रै ठूलो कुरा होइन। डेभलपमेन्ट मात्रै भयो तर डरसरीको राजनैतिक-सामाजिक परिवेश छ भने त्यो राम्रो होइन।

डरमुक्त समाज सृजना गरिदिनु पार्टीहरूको जिम्मेवारी हो अनि विनय र अनितले त्यो शान्ति, एकता,भाइचारा प्रदान गर्न सकेका छन्। बिनय तामाङ अनि अनित थापालाई सबैभन्दा ठूलो दिनुपर्ने साथ र समर्थन यसै कुरामा हो। किन भने उहरूले राम्रो पोलिटिकल संस्कार दिन सकेका छन्।

गाली गर्नेहरूको घिच्रो रेटिने प्रथाबाट अलग्गिएर जोएनएलएलको खेद्ने राजनैतिक संस्कारबाट माथि उठेर सबैलाई एकमुष्टमा राखेर कसैलाई नखेदि एकता, शान्ति र भाइचाराको साथमा रहने परिवेश निर्माण गरेर अनित-विनयले साँच्चै राम्रो काम गरेका छन्। त्यसोस्ले हामी भन्छौँ, ‘जबसम्म पहाडमा यो समर्थन रहन्छ तबसम्म शान्ति रहन्छ। त्यसैकारण तपाई – हाम्रो समर्थन त्यहाँ हुनुपर्छ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन