कथायाम चर्चामा

सिलगढ़ी, 28 मई 2017


उपमा पब्लिकेसनको तत्त्वावधानमा निरज थापाकृत लघु कथासङ्ग्रह ‘कथायाम’-माथि चर्चा कार्यक्रम सम्पन्न गरिने मुकेश थापाले जानकारी गराएका छन्। साहित्यिक कार्यक्रम सम्पन्न गरेर आख्यानका कृतिहरूबारे चर्चा गरिए तापनि लघु कथामाथि त्यति चर्चा हुन सकेको छैन। लघु कथा लेखनलाई चर्चामा ल्याउन नै कार्यक्रम सम्पन्न गरिएको तिनले थप जनाएका छन्।

चर्चाको दृष्टिकोणले शैक्षिक केन्द्रहरूमा मात्र सीमित बन्न पुगेको लघु कथा लेखन अरू विधाहरू झैँ लोकप्रिय बन्न सकेको देखिन्न। लघु कथाका कृतिहरू पनि विरलै भेटिन्छन्। लघु कथा लेखनको परम्परा त्यति नफस्टाएको भए तापनि निरज थापाले दुईवटा लघु कथासङ्ग्रह नेपाली साहित्यलाई दिइसकेका छन्। उनका दुई कृतिहरूमध्ये पछिल्लो कथासङ्ग्रहमाथि चर्चा कार्यक्रम राखिएको मुकेश थापाले बताए।

कृतिगत हिसाबले कथायाम निरज थापाको तेस्रो कृति भए तापनि यो तिनको दोस्रो लघु कथासङ्ग्रह हो। विम्बानुभूति-को प्रकाशनसितै साहित्यमा देखा परेका निरज थापाले धरातलको आयु कविता सङ्ग्रहपछि पाठकहरूलाई दोस्रो लघु कथासङ्ग्रह कथायाम पस्केका हुन्। कार्यक्रम सिलगढ़ीको शिवनगरस्थित कल्याण विद्यालयमा आइतबार  सम्पन्न हुनेछ। कथाकार उदय थुलुङ, प्रकाश हाङखिमले कृतिमाथि चर्चा राख्ने जानकारी गराउँदै साहित्य अनुरागीहरूलाई कार्यक्रममा उपस्थित भइदिने मुकेशले अनुरोध पनि गरेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन