भाजपालाई प्रतिशोध लिन ममता व्यानर्जीसित मिलेका हुन् विमल गुरुङ

नेताको वयान

अन्तमा बिमल गुरुङले भाजपालाई चाप सृष्टि गर्दै भने, कमसेकम मेरो गोर्खा कम्युनिटीको लागि ११ जातगोष्ठिहरुलाई जनजातिको मान्यता चाँही देऊ। बरु हामी अझै भूमिगत नै भएर पर्खिन्छौं र तपाईंको पार्टीलाई जिताउने काम गरिबस्छु। तर झुठो आश्वासन बाहेक केही दिने इच्छा नै थिएन भाजपाको। बरु उल्टो बेइजती गर्दै भने, केको गोर्खाल्याण्ड?  के को पिपिएसकेको जनजातितिमीलाई सुरक्षा दिइरहेका छौं त, हामीले सुरक्षा नदिएको भए ममता ब्यानर्जीले गोली ठोकिसक्थ्यो त! यस्तो रुखो शब्द प्रहार गरेर एउटा गोर्खा नेताको अपमान गरेको हुँदा  भाजपाले केही दिनु नसक्दा बिमल गुरुङले त्यही आगोसँग २०२१ को चुनावी  सम्झौता गरे अनि भाजपाको विश्वासघातलाई प्रतिशोध लिने निर्णय गरे।


 पूर्णसिंह राई


२०१७ मा भाषिक अतिक्रमणको आन्दोलनबाट शुरु भएको छुट्टै राज्य गोर्खाल्याण्ड निर्माणको आन्दोलनमा ५  जून २०१७ सोमबारको  दिनमा सरकारी कार्यक्रम लिएर मिरिक आएकी मुख्यमन्त्री सुश्री ममता ब्यानर्जीलाई सौरेनीमा हामीले उनको शासनकालमा सायदै पहिलो कालो झण्डा देखाएर प्रतिवाद जनाएको थियौं ।

कालो झण्डा देखाएको केही घण्टामै मलाई पक्राउ गरेपछि आन्दोलन अझ उग्र बनेको थियो ।

१७ जुन २०१७ शनिबारको दिन वर्तमान गोजमुमो -२ को अध्यक्ष विनय तामाङले दार्जीलिङको चोकबजारमा जिटिएको खेस्रा जलाएर झन् आन्दोलनलाई आगो लगाए।

जसरी १९८६  मा स्व. घिसिङको नेतृत्वमा भारत नेपाल मैत्री सन्धि धारा ७ को खेस्रा जलाउँदा कालेबुङमा गोलीकाण्ड भयो। उस्तै १७ जुन २०१७ शनिबारको दिन पनि सिंहमारी गोलीकाण्डमा ३ जना शहीद बनेका हुन् ।

विनय तामाङले आफ्नो अध्यक्ष बिमल गुरुङलाई देखा नपर्ने सल्लाह दिएर आफुले कमाण्ड सम्हालेका सर्वविदितै छ।

पछि उनले जिएमसीसीमा पनि हस्तक्षेप गरे अनि गोरामुमोले विष पिएर मुख्यमन्त्रीलाई चिट्ठी लेखेको लगतै भोलिपल्ट अनित थापाको परामर्शमा उनीहरुले पनि चिट्ठी लेखे र २९ अगस्त २०१७ मङ्गलबारको दिन पूर्णतया २०१७ को जनआन्दोलनलाई बङ्गाल सरकार अघि आत्मसमर्पण गरेर फर्किए।

१७ जुन २०१७ जिटिएको खेस्रा जलाएको लगभग ७३ दिन पुग्दानपुग्दै २०१७ को विश्वव्यापी बनेको आन्दोलनलाई अनित थापा र विनय तामाङले बङ्गोपसागरमा लगिकन डुबाए।

त्यसपछि आँटी खाँटी र इमान्दार गोर्खे योद्धाहरुका नेता बिमल गुरुङलाई इन्काउण्टर गर्ने षड्यन्त्रमा बङ्गाल सरकार लागिपरे किनकि आफ्नो साथमा त्यही  एउटा गोर्खा शक्ति खडा थिदै थिए भन्ने बङ्गाल सरकारलाई प्रमाण थियो।

आन्दोलनकारीको घरहरु तोडफोड,  घर सिल गरे, घर कुर्की गरे। यसमा जीटिए-२ का नेताहरूको ठूलो हात थियो। ममता सरकारसँग मिलेर आफ्नै दाजुभाई लुकेका ठाउँहरु बताए र पुलिस पठाई समाते।

सिक्किमको नाम्ची मै बिमल गुरुङ ठानेर गोली ठोक्दा दावा भुटिया शहीद बन्न पुगे। बिमल गुरुङ साँच्चै मारिएकै हुन् तर जनताको माया र आशिर्वादले बाँचे अनि युद्ध जिताउनुलाई आफु बाँच्नुपर्छ भनी सबैलाई सतर्क गराउँदै भूमिगत बने। भाजपाको शरणमा पुगे। किनकि बङ्गालमा कमल फुलाउने नै बिमल थिए अनि बिमललाई शरण दिनु भाजपाको प्रथम कर्तव्य पनि थियो ।

उनी वर्षदिन जङ्गलमा बसेपछि उनी दिल्ली लागे र भाजपाको वरिष्ठ नेताहरुसँग भेटवार्ता गरे। भाजपाले २०१९ को लोकसभा चुनावमा स्थायी राजनीतिक समाधान र ११ जातगोष्ठीहरुलाई जनजातिको मान्यता दिलाउने  सङ्कल्प गरे जसको विश्वासमा बिमल गुरुङले दिल्लीमै बसेर लोकसभा चुनाव जिताएर देखाइदिए साथै उपचुनाव पनि जिताइदिए।

उनलाई विश्वास थियो २०२१ को बङ्गाल विधानसभा चुनाव अघि गोर्खा जातिको निम्ति भाजपाले केही दिन्छै दिन्छ भन्ने ।

तर जतिजति चुनाव नजिक आउँदै गयो भाजपा उतिउति तर्किन्दै गयो।

अन्तमा बिमल गुरुङले भाजपालाई चाप सृष्टि गर्दै भने, कमसेकम मेरो गोर्खा कम्युनिटीको लागि ११ जातगोष्ठिहरुलाई जनजातिको मान्यता चाँही देऊ। बरु हामी अझै भूमिगत नै भएर पर्खिन्छौं र तपाईंको पार्टीलाई जिताउने काम गरिबस्छु।

तर झुठो आश्वासन बाहेक केही दिने इच्छा नै थिएन भाजपाको। बरु उल्टो बेइजती गर्दै भने, केको गोर्खाल्याण्ड?  के को पिपिएसकेको जनजातितिमीलाई सुरक्षा दिइरहेका छौं त, हामीले सुरक्षा नदिएको भए ममता ब्यानर्जीले गोली ठोकिसक्थ्यो त!

यस्तो रुखो शब्द प्रहार गरेर एउटा गोर्खा नेताको अपमान गरेको हुँदा  भाजपाले केही दिनु नसक्दा बिमल गुरुङले त्यही आगोसँग २०२१ को चुनावी  सम्झौता गरे अनि भाजपाको विश्वासघातलाई प्रतिशोध लिने निर्णय गरे।

मलाई लाग्छ, बिमल गुरुङको सही समयमा सही निर्णय लिएको हो। एउटा शक्तिशाली राजनीतिक पार्टीको नेतालाई नमान्ने भाजपाले हामी जस्तो साधारण जनताको के सुन्छ। यो सोच्नुपर्छ हामीले।

भाजपाले बिमल गुरुङलाई गोर्खा जातिको ईमान्दार नेता ठानेको कारण नै भाजपाको निम्ति बिमल गुरुङ ठूलो समस्या थियो र छ। किनकी भोलि भाजपा बङ्गाल सत्तामा आउन साथ फेरि बिमल गुरुङले गोर्खाल्याण्ड खोज्नु थाल्छन् भन्ने डर छ र नै बिमल गुरुङलाई तहसनहस गर्न वर्तमान भाजपा लागिपरेको छ।

गोर्खा जातिले यो कुरो बुझ्न अति जरुरी छ।

उनले जानी नजानी भएपनि जातिको लागि राजनीति गर्दैछन्। उनले छुट्टै राज्य गोर्खाल्याण्ड निर्माणको इच्छा मर्न दिएको छैन। उनले जातिलाई कदापि गद्दार गर्न सक्दैनन्। गोर्खाल्याण्ड नभइकन चुपचाप बस्न पनि सक्दैनन् उनी।

बिमल गुरुङले यो पालिको निर्णय सबै क्षेत्रबाट विचार गर्दा आगोमै पसेर सम्झौता गरेर पाँच हजार भूमिगत अथवा विस्थापित परिवारलाई बँचाएका छन् । नभए घर फर्किने विकल्प थिएनन। उनले यो निर्णय लिएर बङ्गालको निम्ति भाजपालाई नै सङ्कटमा पारेका छन् जसको कारण नर्थ बङ्गालमा भाजपा हार्नेछ र हराउनुपर्छ।

यो निर्णयले २०१७ को आन्दोलनलाई व्यापार गर्दै जातिलाई गद्दार गर्ने जीटिए-२लाई पनि सबक सिकाउनेछ किनकि जातिलाई गद्दार गर्नेहरुको अवस्था यस्तो हुँदोरहेछ भन्ने सन्देश आउँने जेनेरेशनलाई दिनुछ भन्ने। भाजपाले धोका दिएकै कारण बिमल गुरुङलाई ममतासँग चुनावी गठबन्धन गर्न बाध्य थियो।

नभए बिमल गुरुङसँग अर्को विकल्प थिँदै थिएन। यो चुनावी गठबन्धन नगरेको भए चुनाव पछि ममता आए झन् खतरा बिमललाई थियो भने बङ्गालमा भाजपा सत्तामा आएको भए त्यो भन्दा ठूलो खतरा बिमल गुरुङ र पाँच हजार भूमिगत अथवा विस्थापित परिवारलाई हुनेथियो। वर्तमान बिमल गुरुङले लिएको निर्णय सही समयमा सही निर्णय र घोषणा भन्न सकिन्छ ।

वर्तमान  भूमिगत अथवा विस्थापित परिवारहरुका केही साथीहरुले  विभिन्न प्रतिक्रिया दिँदैछन्,  त्यो मलाई जहाँसम्म लाग्छ सबै अहिले कुरो बनाएका मात्रै हुन्।

जङ्गलबाट दिल्ली, दिल्लीबाट कोलकोता अनि कोलकोताबाट सिलगढी आउँदा समेत सबै ठिकै देखिरहेका र बुझिरहेका  थियौं । सबैको सहमति भइकन नै सँगै आएका हौं। नभए २१ अक्टोबर २०२० कोलकोतामा अध्यक्षको बयान पछि लगतै प्रतिक्रिया आउँनु पर्ने हो अथवा सिलगुढीसँगै नआउनु पर्ने हो! 

तर सिलगढी सम्म सँगै थियौं, त्यसपछि मन बद्लाएका हुनसक्छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन