क्षेत्रीय पार्टीको उम्मेद्वारलाई भोट दिनु आफ्नै खुट्टामा बञ्चरो हान्नु हो- शारदा राई सुब्बा

‘गोर्खा जातिको दुइवटा मुद्दा भाजपा पार्टीको सङ्कल्प पत्रमा छ। त्यो मुद्दा बाहेक अरु कुनै कुराले पनि अब गोर्खा जातिलाई पार लगाउन सक्दैन,’ शारदा राई सुब्बा भनेकी छन्, ‘यो मुद्दाको छिनाफाना कलकत्ताको पार्टीले गर्न सक्दैन। यसैले कलकत्ताको पार्टीलाई जिताउन क्षेत्रीय पार्टीको उम्मेद्वारलाई भोट दिनु आफ्नै खुट्टामा वञ्चरो हान्नु जस्तो मुर्खता हुनेछ।’

खबरम्यागजिन डेस्क

उनको धारणा छ, जिटिएको चौकीसम्मकोलागि मात्र सोच्ने राजनीतिले २०१७ को आन्दोलन विफल भएको हो।  ‘शीर झुकाएर सबैले कलकत्तामा आत्मसमर्पण गरे। अब फेरि जिटिए ताकेरै भोट दिएमा स्थायी राजनैतिक समाधान जस्तो मुद्दा सधैँकोलागि हराउनेछ,’ उनले थपिन्।

२३ दार्जीलिङ विधानसभा क्षेत्र चुनाव सञ्चालन कमिटिको आज दुइवटा धारावाहिक बैठक भएको थियो। सचिव सुजेन्द्र राई, भाजपा जिल्ला युवा मोर्चा सभापति अभिषेक छेत्री अनि शारदा राई सुब्बा पनि बैठकमा थिए। यसै अवसरमा सुब्बाले उक्त कुरा राखेकी हुन्।

पहिले चरणको बैठकमा दार्जीलिङ विधानसभा क्षेत्रका ग्रामिण क्षेत्रका 6 वटा मण्डल कमिटीका प्रतिनीधिहरूलाई जिम्मेवारी बाँडफाँड भयो।  उनीहरूलाई पोलिङ बुथहरुमा पार्टी कार्यकर्ताहरुले गर्नुपर्ने प्रचार प्रसार र जनसम्पर्क अभियानका जिम्मेवारी बताइएको छ।

दोस्रो चरणमा दार्जीलिङ टाउन मण्डल कमिटीको बैठक भयो। वार्ड प्रतिनिधिहरुले बैठकलाई दार्जीलिङ शहरको ३२ वटा वार्डहरुवासीको भारतीय जनता पार्टीप्रति विश्वास बढ्दै गइरहेको, प्रत्येक बुथ ईलाकाबाट पार्टीमा समर्थन जनाइरहेको र धेरै जनता पार्टीसित जोडिन उत्सुक रहेको कुरा सभालाई अवगत गराए।

दार्जीलिङ टाउन मण्डल सुमन प्रधानले टाउन इलाकामा पार्टीको विस्तारको रिपोर्ट पनि पेश गरे। सर्वसम्मतिले विक्रम मुखियालाई दार्जीलिङ टाउन भाजपा युवा मोर्चाको सभापति, निलिमा थापालाई महिला मोर्चाको सभानेत्री अनि अजय शर्मालाई बनाएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन