आसमका अञ्चन बाँसकोटालाई युवा, धजेका ध्रुब चौहानलाई बाल पुरस्कार

खबरम्यागजिन डेस्क


आज अकादमीले प्रदान गर्ने तीनवटै पुरस्कार घोषणा गरियो। तर नेपाली भाषाका लागि दिइने पुरस्कार पछि घोषणा गरिने भएको छ।

यसपल्ट साहित्य अकादमी युवा पुरस्कार असमका अञ्जन बाँसकोटालाई दिइएको छ भने बाल साहित्य  पुरस्कार ध्रुब चौहानलाई दिइएको छ।

बाँसकोटाको निबन्धकृति दृष्टिलाई युवा पुरस्कार दिइएको हो भने चौहानको अक्षर उज्यालो नामक नाटक सङ्ग्रहलाई दिइएको हो। युवा पुरस्कारको निम्ति जुरीमा सूर्यप्रसाद धिकारी, नन्द हाइखिम् र विजय वान्तवा रहेका छन् भने बाल साहित्यका जुरीमा ज्ञानबहादुर छेत्री, लोकनाथ उपाध्याय र डा, कविता लामा रहेका छन्।

बाँसकोटा असमको विश्वनाथ जिल्ला अन्तर्गत समारदलनी निवासी हुन्।  उनको दृष्टि निबन्ध कृति २०१६ मा प्रकाशित भएको हो। उनी असमीया, नेपाली, अङ्ग्रेजी, हिन्दी भाषामा लेख्छन्।  २०२० मा कवि भक्त राई स्मृति साहित्य पुरस्कारसमेत प्राप्त गरिसकेका छन्। दृष्टि निबन्ध सङ्ग्रहबाहेक असमियामा ‘निबारित मानवता आरु निबन्ध बिचित्रा’ २०१४, पतिंगरको इतिहास (अनुवाद काव्यकृति २०१७), आत्मानुसन्धान (नेपाली कविता सङ्ग्रह,२०२०) प्रकाशित छन्। उनी पेसाले शिक्षक अनि पत्रकार पनि हुन्।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन