हाम्रा नानीहरू कहाँ खेल्छन् ?

सामयिकी

कसैले सम्झिन्छन् पनि कि मिन्टोकगेङ्ग मुन्तिर भएको त्यो जापानिज पार्क जहाँ एउटा सानो पोखरी हुनेगर्थ्यो, जसलाई हामी पानीबीचमा राखिएका ढुङ्गाहरू टेक्दै-उफ्रिँदै पार गर्नेगर्थ्यौं ? ती हरेक स्थान, जहाँ बाल-बालिकाहरूका लागि एउटा पार्क बनाउन सम्भव  थियो,  त्यो किसान बजार, अभिलेखालय / म्युजियम, ज्ञान मन्दिर, एक्स्पो तथा भवनहरूको नाममा हड़पिए – ती मध्ये अधिकांश भने अझ पनि काममा लगाइएका छैनन् ।  ठुल्ठूला निर्माणहरूको तुलनामा एउटा बाल-उद्यान बनाउनु सस्तो थियो ।  अवहेलित हुनुको के यही सही कारण हो? किनकि त्यहाँ कङ्क्रिट प्रयोग गरिँदैन,  खर्च अनुमान गर्न पर्दैन, निर्माण खर्च आकासिँदैन, टेण्डर हुँदैन, वार्षिक राजस्व हुँदैन । यस्ता बाल-बालिकाहरूको खेल्ने ठाउँलाई कुनै भ्रमणमा आएका उच्च-पदस्थले उद्घाटन गर्नलाई स्वीकृति पनि देलान कि ?!


रमण श्रेष्ठ, गान्तोक, सिक्किम।


मैले यो फोटो सन् २००८ सालमा डेभेलोपमेण्ट एरिया वरपरबाट दुई बालकहरू खेल्दैगरेको खिचेको थिएँ । यो कम्युनिटी हलको आँगनमा लिइएको हो। जब यस भवनलाई मनन भवन निर्माण गर्न तोड़िँदै थियो । मलाई थाहा छैन यस तस्वीरमा भएका यी बालक को हुन् वा ती अब १०-१२  वर्षको अन्तरालमा के गर्दैछन् ।   सामान्य हिसाबले हेरौं भने तिनीहरूले आफ्ना आवश्यक पढ़ाई सिद्ध्याएर कुनै काम-धन्दा / व्यवसायमा लागे पनि होलान् ।

यस अवधिमा म स्वयम् पनि एक पिता भएको छु । मेरी छोरी अहिले साढ़े तीन वर्षकी भएकी छे । म उसको उत्सुकतापूर्ण नजरबाट संसार नियाल्ने कोशिस गर्दैछु । दुवै मिली हाम्रो वरपर खोजपता गर्ने गरेका छौं । हामी उफ्रिनयोग्य पानी भरिएका खाल्डा, रूखमा तल-माथि गर्दै गरेका कीराहरू अनि बिजुलीका खाँबाहरू अनि रहेका / रहल रूखतिर लुकामारी गर्दैगरेका लोथर्केहरू हेरी रमाउँछौं । 

बाटोमा भेटिएका फाल्टो कुकुर वा बिरालोसित साथी हुने कोशिस गर्दछौं । छेउको अफिस परिसरको पार्किंङ स्थलमा भएका इँटाका टुक्रा-टाक्रीबाट थाक पारेर स्तम्भ बनाउँछौं ।

 डेभेलप्मेन्ट एरिया जाने बाटोतिरको देवलमा जङ्गली डेजी फुलेको देखेर प्रफुल्लित हुन्छौं । केही साहसी बनेको दिन हामी डेभेलप्मेण्ट एरिया छुट्टिने राजमार्ग मास्तिरको सानो ‘जङ्गल’मा पसेर खोज-तलाश गर्दछौं । त्यहाँ कमिलाको गुँड़ देख्छौं, जसको ज्ञान हाम्रोलागि सानो रहस्य नै हो । 

 नजिकै एक पुस्तकालय भएकोले उ भाग्यशाली छे। अनि दुइ वर्ष पुग्न अघि यसको सदस्य भएकी छे । घरैमा पुस्तक पसल भएकोमा उ भाग्यशाली छे । पाल्जर स्टेडियम नजिकै गान्तोकको एक मात्र सक्रिय बाल-उद्यान, जहाँ उ बेलाबेला आफ्नी आमासित जान्छे। कारण, घरबाटै काम गर्ने आमा-बाबु भएकाले हामी नानीको देखभाल स्वयम् गर्नसक्छौं ।   

यो उद्यान नानीहरूका लागि एक स्वर्गै हो किनकि सहज अनुमान गर्दा अन्दाजी ४० हजार जति बाल-बालिका भएको नगरमा यो एक मात्र यस्तो स्थल हो । त्यहाँ पुग्दा केटा-केटीहरूका लागि एक खुबै असल स्थान भएको पाउँछौँ । तर पानी परेको छैन भने।  किनभने त्यहाँ ओतलाग्ने ठाउँ छँदैछैन । त्यस्तो सम्पति पाएर हामी किन पो गनगन गर्ने ? 

किनकि हाम्रो देखरेख हुँदाहुँदै पनि  हामी अझ पनि देख्छौं, उसले फोन वा टिभीमा कति धेर समय बिताउँदै छे । हामी जब पनि यस चम्किलो, साँगुरिएको अत्याधिक निर्माण भएको हाम्रो शहरका गोरेटो, गल्ली, झोड़ा, सिढ़ी, इत्यादि हुँदै सार्वजनिक स्थल खोज्दै हिँड़्छौं, हामी पाउनेछौं कि हाम्रा नानीहरू कति नराम्रो प्रकारको व्यवहार झेल्दैछन् ।   

स्टेडियम नजिकको यो बाल-उद्यान पनि खुबै खतरनाक ठाउँमा यथासम्भव अवस्थित भएको पाउँछौं । हामीले गान्तोकको सबैभन्दा ओह्राला सड़कहरू मध्ये एक, पाल्जर स्टेडियम र सिच्चे दोबाटो पार गर्नुपर्दछ । जुनै दिशाबाट पनि यसको प्रवेश खतरनाक पाउँछौं – विशेषत: जब साथमा एक अति उत्साहित शिशु हुँदछ । यो ठाउँ खुबै सानो, साँगुरो र भिरालो भएकोले अरू कुनै उपयोगमा आउन नसकेकोले नै बाल-उद्यानको लागि उपयुक्त ठहरिएको हो कि कसो ?

 बाल-उद्यान / चिल्ड्रेन पार्क हुनेगर्थ्यो  अनि जब यसलाई ट्याक्सी स्टेण्ड र शपिङ्ग सेन्टर निर्माण गर्न बुल्डोजर चलाइएको थियो । अब यसको नाम मात्र रहेको छ – एक खिज्याउने सम्झनास्वरूप ! पुरानो सेक्रेटरिएट पछिल्तिरको डियर पार्क / मृग उद्यान एउटा अर्को स्थान हो जुन चाहिँ मेरो बाल्यकालदेखि साँचेर राखेका रमाइला सम्झना छन् । 

अनि कसैले सम्झिन्छन् पनि कि मिन्टोकगेङ्ग मुन्तिर भएको त्यो जापानिज पार्क जहाँ एउटा सानो पोखरी हुनेगर्थ्यो, जसलाई हामी पानीबीचमा राखिएका ढुङ्गाहरू टेक्दै-उफ्रिँदै पार गर्नेगर्थ्यौं ? ती हरेक स्थान, जहाँ बाल-बालिकाहरूका लागि एउटा पार्क बनाउन सम्भव  थियो,  त्यो किसान बजार, अभिलेखालय / म्युजियम, ज्ञान मन्दिर, एक्स्पो तथा भवनहरूको नाममा हड़पिए – ती मध्ये अधिकांश भने अझ पनि काममा लगाइएका छैनन् ।

यी ठुल्ठूला निर्माणहरूको तुलनामा एउटा बाल-उद्यान बनाउनु सस्तो थियो ।  अवहेलित हुनुको के यही सही कारण हो? किनकि त्यहाँ कङ्क्रिट प्रयोग गरिँदैन,  खर्च अनुमान गर्न पर्दैन, निर्माण खर्च आकासिँदैन, टेण्डर हुँदैन, वार्षिक राजस्व हुँदैन । यस्ता बाल-बालिकाहरूको खेल्ने ठाउँलाई कुनै भ्रमणमा आएका उच्च-पदस्थले उद्घाटन गर्नलाई स्वीकृति पनि देलान कि ?! 

के त्यो हाम्रो बचाउ-पक्ष हो त – कि ढुङ्गा-हिलो अनि कागज र सिरानीले नै खेल्नमा सन्तुष्ट छन् भने त्यस्ता स्थलहरू उनीहरूको लागि समर्पित गर्ने कुनै औचित्य नै छैन ? 

गान्तोकको  क्षितिज तीव्र गति अनि केही अनुसार लोभलाग्दो तरिकाले परिवर्तित हुँदै छ । छिमेक वरपर घुम्दावर्दा मेरी छोरीले यी सब परिवर्तन अनुभव गर्दैगरेकी नै हुन्छे ।  सदर थाना अघिल्तिरको मिलेनियम पार्क परिसरबाट कतिपय रूखहरू  एकै झोंकमा  हराउन / विलुप्त हुनु गएको छ । 

उसको अनुसार त्यहाँ भएको सुन्तले रङ्गको सोडियम प्रकाश-पुञ्ज नयाँ ‘जून’ हो । हाम्रो वरपरका बाल-बालिकाहरू अनि उनीहरूका घरपाला जनावरहरू रात्रि-भोजनपछि मात्र मनन भवनको पार्किङ्ग स्थलमा खेल्न निस्कन्छन्, जब त्यहाँबाट वाहनहरू निस्किसकेका हुन्छन् ।

 हामी आफ्नो घर भन्ने नगरलाई यसो नियालेर हेर्दा, कति धेर शहरको नक्सामा परिवर्तन आइसकेको छ । अझपनि, बाल्यकालदेखिको गान्तोकमा भने केही पनि प्रगति देखिँदैन । छिमेक वरपर घुम्दा यी विषयमाथि आफ्नो गुनासो पोख्दैगर्दा, मेरी छोरी मेरो हातबाट फुत्त उम्की कुद्दै उत्साहित हुँदै चिच्याउँदै भन्छे, “हेर्नोस् बुवा, सिमेन्ट-मिक्सर !”  अनि म फेरि एक शिशु सिमेन्ट-मिक्सरसित खेल्दै गरेको एउटा अर्को फोटो खिच्द्छु, यस पटक सो मेरो आफ्नै हुन्छ ।


दृष्ट्व्य: स्थानीय अङ्ग्रेजी दैनिक ‘सिक्किम एक्सप्रेस’-मा पनि हालै प्रकाशित तथा फेसबुक / ‘रचना बुक्स’मा अनेकौंले रूचाएका, प्रशंसित अनि शेयर गरेको लेखको अनुवाद ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन