उत्तरायणमा मन घिसिङ र अजय एडवर्डको बैठक :  एडवर्डका समर्थकहरू भएनन् खुशी : एडवर्डले गोरामुमोबाटै उम्मेदवारिता दिने

विश्वस्त सूत्रले जनाएअनुसार आज अबेररातीसम्म उत्तरायण एमआईजीमा मन घिसिङ अनि अजय एडवर्डबीच बैठक भएको थियो। घिसिङले यसपल्ट आफूलाई बुझिदिने भनेर गरेको आग्रहलाई एडवर्डले सम्मान गरे पनि एडवर्डका समर्थकहरू भने सन्तुष्ट बनेनन्। सूत्रअनुसार एडवर्डले मन घिसिङलाई गोरामुमोले उम्मेदवारिता नदिनुको कारणबारे स्पष्टिकरण मागेका थिए, तर घिसिङले सन्तोषजनक उत्तर दिन सकेनन्।


खबरम्यागजिन डेस्क


अजय एडवर्डले गोरामुमोबाटै उम्मेदारिता दिने भएका छन्। भारतीय जनता पार्टीले निरज जिम्बालाई टिकट दिइसकेको छ। यता मन घिसिङ मिडियामा नितान्तै मौन देखिएका छन्। दिल्लीबाट फर्किएका मन घिसिङ अहिले आफ्नै नेताहरूलाई मनाउन व्यस्त देखिएका छन्।

विश्वस्त सूत्रले जनाएअनुसार आज अबेररातीसम्म उत्तरायण एमआईजीमा मन घिसिङ अनि अजय एडवर्डबीच बैठक भएको थियो। घिसिङले यसपल्ट आफूलाई बुझिदिने भनेर गरेको आग्रहलाई एडवर्डले सम्मान गरे पनि एडवर्डका समर्थकहरू भने सन्तुष्ट बनेनन्।

सूत्रअनुसार एडवर्डले मन घिसिङलाई गोरामुमोले उम्मेदवारिता नदिनुको कारणबारे स्पष्टिकरण मागेका थिए, तर घिसिङले सन्तोषजनक उत्तर दिन सकेनन्।

अजय एडवर्ड आफै ढनाढ्य परिवारका हुन्। उनलाई पैसाले नपुग्दो केही छैन। यसैले उनी आफ्नो सम्पतिसमेतलाई जनसेवामा खर्च गर्ने समाजसेवी हुन्। गोरामुमोको सिद्धान्तलाई सँधै शिरोपर गरेर हिँडेका एडवर्ड नै गोरामुमोको उम्मेदवार हुनेछ भन्ने अनुमान सारा पहाडले नै गरेको थियो। तर अचानक भाजपाले निरज जिम्बालाई भाजपाबाट टिकट दिएपछि एडवर्डप्रति आस्था राख्ने र भरोसा राख्ने गोरामुमो क्याडरलगायत सचेत व्यक्तिहरूसमेत निराश बनेका थिए।

यसैबीच हिजो दिनभरि नै अजय एडवर्डले गोरामुमोकै व्यानरमा नामाङ्कन भर्ने हल्ला चल्यो। तर उनले नामाङ्कन भरेनन्। दिउँसो मन घिसिङले एडवर्डलाई उत्तरायणमा बोलाएका थिए। सूत्रअनुसार आज बिहान तीनबजीसम्म मन घिसिङ र एडवर्डको बैठक भएको थियो। बैठकपछि एडवर्डले आफ्ना शुभचिन्तक, समर्थकहरूको आग्रह मान्दै उम्मेदवारिता दिने भएको सूत्रले जनाएका छन्।

बताइएअनुसार दिल्लीमा भाजपा नेताहरूबाट मन घिसिङलाई पहाडको तिनवटै सिटको निम्ति भाजपालाई समर्थन गरिदिने आग्रह भएको छ। घिसिङले भाजपा नेताहरूलाई समर्थन गर्ने प्रतश्रुतिसमेत दिइसकेका छन्। भाजपाले आफ्नै उम्मेदवार दिइसकेको छ। जसमध्ये एक निरज जिम्बा पनि हुन्।  गोरामुमोबाट होइन भाजपाबाट नै जिम्बाको नामाङ्कन हुनेछ।

दिल्लीमा कोसित बैठक भयो, बैठकमा केकस्ता निर्णयहरू भए, यसबारे मन घिसिङले मुख खोलेका छैनन्। मन घिसिङले दिल्लीबाट नै ‘एक इञ्च पनि पछि नहट्ने’ भनेर साङ्केतिकरुपमा आफ्ना समर्थकहरूलाई गोरामुमोकै उम्मेदवारलाई टिकट दिलाउनमा प्रतिबद्ध रहेको सन्देश दिएका थिए। तर सबै उल्टो देखापऱ्यो।

उत्तरायणमा अजय एडवर्डलाई सम्झाउन जुन बैठक मन घिसिङले गरेको बताइएको छ, यसलाई हेर्दा मन घिसिङ हजार ईञ्च पछि हटिसकेको हो कि भन्ने अनुमान लगाउन सकिन्छ।

एडवर्ड दार्जिलिङका चर्चित समाजसेवी हुन्। उनी गोरामुमोका नेता हुँदाहुँदै पनि व्यक्तिगतरूपमा उनको सामाजिक कार्यको कारण सबै दल, सचेत र नागरिकहरूले सम्मान गर्ने गरेका छन्। एडवर्ड व्यक्तिगतरुपमा आफ्ना शुभचिन्तकहरूलाई निराश पार्ने व्यक्ति पनि होइनन्। यसैले गोरामुमोकै झण्डामा एडवर्डले उम्मेदारिता दिने सूत्रले जनाएका छन्।

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन