अनित थापा आफैले भने, ‘चुनाउभरि मलाई जिटिएबाट निकालिदिउन्, ताकी म चुनाउ प्रचारप्रसार गर्न सकूँ’

‘सप्ताहदेखि सोसियल मिडियामा मलाई जिटिएको अध्यक्ष पददेखि हटायो भन्ने हल्ला धेरै सुनें। तर आजसम्म मेरोमा मलाई पददेखि हटाइएको कुनै अर्डर आएको छैन। न त मेरो अफिसले त्यस्तो कुनै पत्र नै पाएको छ,’ अनित थापाले आज बताएका छन्, ‘तर मलाई लाग्छ, म चुनाव अवधि अध्यक्ष पदमा रहनु हुँदैन। हाम्रो पार्टीले तीनवटा सिट नै जित्ने निश्चित छ। जिते पछि मेरो जिटिए अध्यक्षतामाथि कसैले औंला अठडाउन्। यसैले मलाई चुनाउअवधि पदमुक्त गरोस् भन्ने चाहन्छु। ‘म चुनाव आयोगलाई अपिल गर्छु कि चुनाउ अवधी अर्थात् मई दोस्रो सप्ताहसम्म जिटिएलाई कुनै सरकारी नियुक्त व्यक्तिले  सञ्चालन गरुन् ताकि म हाम्रो पार्टीले उठाएका उम्मेदवारहरूको निम्ति प्रचार प्रसार गर्न सकूँ। म स्वतन्त्र चुनाउको पक्षधर हुँ। म चाहन्छु जिटिए अहिले सरकारी नियुक्त व्यक्तिले चलाउन्। मलाई कुर्सीको लोभ छैन। जनताले नयाँ सोच अनि नयाँ विचारको पार्टीलाई भोट दिएर जिताउने निश्चय गरिसकेका छन। यो समय म मानिसहरू माझ रहनु चाहन्छु।’


खबरम्यागजिन डेस्क


विमल गुरुङ अनित थापाहरूको जिटिए पदको निम्ति पछि नै परेका छन्। गोर्खा राष्ट्रीय मुक्ति मोर्चा पनि यही दिशामा छ। केही दिन अघि सोसल मिडियामा चुनाउ आयोगले अनित थापालाई जिटिएको पदबाट हटाएको समाचार भाइरल बन्यो।

त्यो समाचारलाई विभिन्न किसिमले प्रचारप्रसार गरिएको थियो।

यदि कुनै राजनैतिक नियुक्तले चुनाउलाई दुरुपयोग गर्ने सम्भावना रह्यो भने चुनाउ आयोगले चुनाउलाई स्वच्छ बनाउन यस्ता व्यक्तिलाई चुनाउभरिको लागि पदभारमुक्त गर्नेगर्छ। यो स्वाभाविक प्रक्रिया पनि हो।

भाजपाका सांसद राजु विष्टलगायत धेरै दलहरूलाई लागेको थियो अनित थापाले राज्य सरकारले मनोनित गरेर दिएको पदलाई चुनाउमा दुरुपयोग गर्नैसक्छ। विष्टले चुनाउ आयोगलाई यसै सन्दर्भमा पत्रसमेत लेखेका थिए।

चुनाउ आयोगले दुरुपयोगबारेका संवेदनशीलतालाई ध्यानमा राखेर विभिन्न निकायमा राजनैतिकरुपले नियुक्त भएका सबैलाई चुनाउअवधि पदबाहिर राख्ने गर्छ।

केहीदिन अघि चुनाउ आयोगले जिटिएको सन्दर्भमा पनि सोही वयान दिएको थियो। जसलाई विमल खेमा मोर्चा, गोरामुमो र भाजपाखेमाले व्यापक पर्चारप्रसार गरेको थियो।

तर आज सबै दलको चाहना एकातिर र अनित थापाको चाहना अर्कोतिर देखा परेको छ। पहिले त अनित थापाले अहिलेसम्म चुनाउ आयोगले आफूलाई पदबाट हटाएकोबारे कुनै निर्देश नपठाएको जनाएका छन्। अर्कोतिर अनित थापाले आफैले चुनाउ आयोगप्रति आफूलाई जिटिएको पदभारबाट चुनाउअवधि मुक्त गरिदिने आग्रह गरेका छन्।

‘सप्ताहदेखि सोसियल मिडियामा मलाई जिटिएको अध्यक्ष पददेखि हटायो भन्ने हल्ला धेरै सुनें। तर आजसम्म मेरोमा मलाई पददेखि हटाइएको कुनै अर्डर आएको छैन। न त मेरो अफिसले त्यस्तो कुनै पत्र नै पाएको छ,’ अनित थापाले आज बताएका छन्, ‘तर मलाई लाग्छ, म चुनाव अवधि अध्यक्ष पदमा रहनु हुँदैन। हाम्रो पार्टीले तीनवटा सिट नै जित्ने निश्चित छ। जिते पछि मेरो जिटिए अध्यक्षतामाथि कसैले औंला अठडाउन्। यसैले मलाई चुनाउअवधि पदमुक्त गरोस् भन्ने चाहन्छु।’

थापाअनुसार चुनाव आयोग राजनैतिक नियुक्ति भएका कर्पोरेशनका प्रसाशकहरू चुनाउ अवधि अहोदामा नरहेको नै चाहन्छ। यसैले उनी जिटिएमाथि पनि यही अनुरूप नै नियम लागू भएको चाहन्छन्।

‘म चुनाव आयोगलाई अपिल गर्छु कि चुनाउ अवधी अर्थात् मई दोस्रो सप्ताहसम्म जिटिएलाई कुनै सरकारी नियुक्त व्यक्तिले  सञ्चालन गरुन् ताकि म हाम्रो पार्टीले उठाएका उम्मेदवारहरूको निम्ति प्रचार प्रसार गर्न सकूँ,’ थापाले भनेका छन्, ‘म स्वतन्त्र चुनाउको पक्षधर हुँ। म चाहन्छु जिटिए अहिले सरकारी नियुक्त व्यक्तिले चलाउन्। मलाई कुर्सीको लोभ छैन। जनताले नयाँ सोच अनि नयाँ विचारको पार्टीलाई भोट दिएर जिताउने निश्चय गरिसकेका छन। यो समय म मानिसहरू माझ रहनु चाहन्छु।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन