
खबरम्यागजिन डेस्क
चुनावको पारदर्शितालाई ध्यानमा राखेर आफूलाई जिटिएको चौकीबाट हटाइन अनित थापाले निर्वाचन आयोगलाई गरेको अपिलको दुइ घण्टा नबिती, निर्वाचन आयोगको आदेश बमोजिम बङ्गाल सरकारको अतिरिक्त मुख्य सचिवले एउटा सुचना जारी गरेर अहिलेको निम्ति चुनाव आचार संहिता लागू रहुन्जेल अथवा अर्को आदेश जारी नहुन्जेलको निम्ति जिटिए अध्यक्ष पदमा राजनैतिक नियुक्ति हटाउँदै अनित थापाको सट्टा जिटिए मुख्य सचिव सुरेन्द्र गुप्ता (आइएएस)-लाई जिटिए प्रशासकको रूपमा नियुक्त गरेको छ।
चुनाव आचार सहिंता लागू हुन्जेल अथवा अर्को आदेश जारी नभएसम्म, दुइमध्ये तत्काल लागू गर्नको लागि सहज हुन्छ त्यहीँ आधारमा आजदेखि मुख्य सचिव जिटिए, सुरेन्द्र गुप्त-(आइएएस)-लाई जिटिए प्रशासकको रूपमा नियुक्ति गर्दा राज्य सरकार हर्ष महसुस गरिरहेछ, गृह अनि पहाड मामिला विभाग, पश्चिम बङ्गाल सरकारको सहायक मुख्य सचिवले हस्ताक्षर गरेको पत्रमा जनाइएको छ।
यसको साथै २० ०९ २०१७ अनि २५ ०२ २०२१ को दिन जारी गरिएको जिटिए सम्बन्धी सूचना सहित सम्बन्धित सबै सदस्यहरूलाई बर्खास्त गरिएको पनि सूचनाले जनाएको छ।
चुनाव आचारसंहिता लागू हुन्जेल चुनावी फायदाको लागि जिटिए संसाधन दुरूपयोग नहोस् भन्ने कुरा जनाएर दार्जिलिङका भाजपा सांसद राजु विष्टले जिटिए बोर्ड अफ एडमिनिस्ट्रेटरलाई बर्खास्त गरिनुपर्ने मागसहित निर्वाचन आयोगलाई अगाडिबाटै चिट्टी लेखिसकेका थिए।
जिटिए बोर्ड अफ एडमिनिस्ट्रेटरबाट अनित थापालाई हटाएर सुरेन्द्र गुप्तलाई प्रशासकको रूपमा नियुक्त गरेको राज्य सरकारको सुचना जारी हुनेबित्तिकै विष्टले चुनाव आयोगलाई धन्यवाद दिएका छन्।
‘गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनको पक्षबाट निर्वाचन आयोगले गैरकानुनी जिटिए बोर्ड अफ एडमिनिस्ट्रेटरलाई चुनाव आचारसंहिता लागू हुन्जेल बर्खास्त गर्ने पहलको लागि म गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनको सम्पूर्ण जनताको तर्फबाट धन्यवाद दिन चहान्छु,’ एक विज्ञप्ति मार्फ विष्टले भनेका छन्, ‘म विश्वाससाथ भन्छु कि यो आदेशले पहाडको जनतामाथि तृणमूल सरकारले गैरकानूनीरुपले थोपेको व्यवस्था सँधैलाई अन्त्य भएको छ।’ तृणमूल काङ्ग्रेसले बङ्गालमा सरकार नबनाउने किटान गर्दै विष्टले भाजपाको जिटिए चलाउने कुनै पनि ध्येयनरहेको जनाएका छन्।
‘बङ्गालमा भाजपाले सरकार बबनाउने वित्तिकै हामी जिटिए खारेज गर्नेछौं,’ विष्टले भनेका छन्, ‘2019 को लोकसभा चुनाउ अनि 2021 को विधानसभा चुनाउको घोषणापत्रमा हामीले सामेल गरेको स्थायी राजनैतिक समाधानको लागि सबै स्टेकहोल्टरहरूलाई सामेल गरेर काम गर्नेछौं।’
यता अनित थापाले आफूलाई पदबाट हटाउन सरकारलाई पत्र लेखेको खुलाएका छन्। थापाले पत्र लेखेपछि नै सरकारले उनलाई पदबाट हटाएका छन्।
‘पहाड शान्ति भइसकेको छ, मलाई सरकारको कुर्सी चाँहिँदैन। चुनाउमा मैलाई जिटिएको दुरुपयोग गरेको भन्ने आरोप लाग्न सक्छ, म चुनाउ स्वतन्त्र र स्वच्छ भएको हेर्न चाहन्छु,’ थापाले भनेका छन्, ‘यसैले सरकारलाई मेरो अर्डर छिटो निकाल्नुस् भनिसकेको छु। जिटिएको काम, पैसा, वा संसाधनको दुरुपयोग गर्ने आरोप लाग्छ भनेरै मैले सरकारलाई आग्रह गरेको हुँ। म कुर्सी लिएर भोटको प्रचार गर्न चाहन्न। म कुर्सी बिनै लड्न चहान्छु। जनताले अनित थापाको कर्मलाई भोट दिनेछ। जनताले जसलाई चुन्छ, म स्वीकार्छु।’