6 दिन अघि क्रामाकपाले भन्यो- ‘भाजपा साम्प्रादायिक’ :  त्यही साम्प्रादायिक भाजपालाई समर्थन गर्दै आज क्रामाकपाले लियो उम्मेदवार फिर्ता

खबरम्यागजिन डेस्क


6 दिन अघि क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टीको महापरिषदको लामो चर्चा र छलफलपछि विधानसभामा आफ्नै उम्मेदवार दिने घोषणा गरेको थियो। अरुण घतानी, सुनिल राई र किशोर प्रधानलाई उम्मेदवारकोरुपमा खडा गरेको थियो।

उम्मेदवारहरूले चुनावी प्रचारप्रसार पनि थालिसकेका थिए। ठिक छ दिनपछि केन्द्रिय कमिटीको बैठकपछि क्रामाकपाले भारतीय जनतालाई समर्थन गर्ने घोषणा गरेको छ। होलीकै अवसरमा क्रामाकपाले आफ्नो अनुहारमा भगुवा रङ दलेको छ। 

23 तारिक क्रामाकपाले जारी गरेको विज्ञप्ती

23 मार्चको दिन भएको क्रामाकपाको महापरिषदको वैठकपछि जारी गरिएको विज्ञप्तिमा भनिएको थियो, ‘भाजपाजस्तो साम्प्रादायिक र दक्षिणपन्थी दललाई गोर्खाहरूको स्थायी राजनैतिक समाधानको लागि 2019 मा समर्थन गरेका थियौं। यसैले जातीय हितमा गठबन्धनको धर्म पालन गरिएको हो। तर गठबन्धन दलहरूको भावना, दार्जिलिङ पहाडका मानिसहरूका क्षेत्रीय आकांक्षाको वास्ता नगरी भाजपाद्वारा एकतर्फी निर्णय गर्दै आफ्नै उम्मेदवार दियो। जसले गठबन्धनको धर्ममा आघात पुग्यो। 2014 सम्म सांसद विष्टलाई दिएको साथलाई यतावत राख्दै भाजपाको उम्मेदवार दिने एकलकाँटे नीतिलाई घोर विरोध गर्दछ। क्रामाकपा आफ्नो सिद्धान्तबाट पछि नहटी विकल्प मार्ग खोज्दै आफ्नै उम्मेदवारहरू दिएका छौं।’

यस्तो विज्ञप्ति जारी गरेको ठिक 6 दिनपछि आज क्रामाकपाले पूर्वघोषित उम्मेदवार पिर्ता लिँदै भाजपालाई समर्थन गर्ने निर्णय गरेको छ।

भाजपासितको सम्बन्ध गोर्खाको समस्या समाधान गर्ने भाजपा केन्द्रीय नेतृत्वलाई मध्यनजरमा राख्दै तृणमूल समर्पित दलहरूलाई परास्त गर्न यस्तो निर्णय गरिएको क्रामाकपाले जनाएको छ।

तृणमूल समर्पित दलहरूलाई हराउने शर्तमा दार्जिलिङ , कालेबुङ  र खरसाङ विधानसभा समष्टिका भाजपा प्रार्थीहरूलाई भोट दिएर गोर्खा अस्तित्व रक्षा औ गोर्खाल्याण्डको आन्दोलनलाई अझ तRब्र तुल्याउनुको निम्ति विजय बनाउने क्रामाकपा आह्रन गर्दछ,’ क्रामाकपाले विज्ञप्तिमा लेखेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन