आफ्नै बाटो खोज्ने गीत

शैलीका छेत्री


पुष्पनको ‘ए बुढाबा’-ले पनि कत्तै न कत्तै मानव भावनाको विविध स्टेटलार्इ प्रभावित पारेको नै छ, अनि त, यसरी नेपाली परम्परागत म्यूजिकबाट छुट्टै बगेको छ। यो नौंलो लयले श्रोतालार्इ झट्टै आकर्षित एवम्‌ चकित पार्दै गीतमा नयाँ परिवर्तनको घोषणा गर्छ, यसरी नयाँ सरस, मधुर एवम्‌ प्रवाहपूर्ण फिल तर्फ श्रोतालार्इ अटोम्याटिकल्ली लैजाने कार्य पनि गर्छ।

•••


सुरुङबाट दाबी

प्रेम जसुवा खोतलिरहेको थिएँ। युट्युबमा। सडकमा एकहूल केटाहरू चिच्याए-ए बुढा बा, यो त मेरो समय हो। आन्दोलनपछि थाकेको पुस्तामा जुन डिप्रेसन छ, त्यसको मनोवैज्ञानिक ट्रिटमेन्ट केले हुन्छ? त्यसरी चिच्याउँदै गइरहेका केटाहरू केही त भनिरहेकै छन् आन्दोलनहरूको प्रभाव बोकेर उभिएको समाज प्रगतिशील किन छैन? किन यी युवाहरू दाबी गरिरहेका छन्। साँच्ची नै यो कसको समय हो? मलाई यो गीतले तान्यो। छिरें युट्युबे संसारमा। कुन्नी कसो आँखा क्रिपा अन्फ्ल्गडमा पुग्यो। क्लिक गरेर सुनेँ-नयाँ पुस्ताले दाबी गरिरहेको समय। रन्थनिएँ र आफैलाई सोधेँ, के हो त गीत? के हो त सङ्गीत? किन पुष्पण प्रधान दाबी गरिरहेका छन्?

म त्यसपछि साङ्गीत सुरुङमा छिरेँ। किन भने मलाई पुष्पणहरूले सुरुङबाटै छिरेर अघि बढ्नुपर्छ भन्ने लाग्यो।

सङ्गीत पुर्खा

शारङदेवको पुस्तक ‘सङ्गीत रत्नाकार’-मा गीतलार्इ ‘रञ्जक-स्वर-सन्दर्भो गीतमित्थीमिधीयते’ भनेको छ। अर्थात्‌, स्वरहरूको त्यो समुदाय जहाँ मनको रञ्जन/मनोरञ्जन हुन्छ।

-तर समसामायिक साहित्यमा गीतलार्इ सङ्गीत प्रवर्गमा राखिन्छ।  उता फेरि, सङ्गीत प्रवर्गलार्इ प्रारम्भिक तथा पारम्परिक प्रयोगको दृष्टिबाट सङ्गीतलाई गीत मात्र नबुझिएर, यसले सम्पूर्ण व्यापक निष्पादन कला अथवा सुमधुर गीत गुञ्जना, वाद्ययन्त्रको संयोजित ध्वनि प्रसार अनि नृत्यलार्इ पनि बुझाउँछ।

पौराणिक संस्कृतिमा गीत विधालार्इ नाट्य-कलासित पनि सम्बन्धित मानिन्थ्यो। त्यसैले आद्य नाट्य शास्त्रकार ‘भरत’-ले गीतलार्इ नाट्यकलाको शोध प्रबन्ध भन्दिएका हुन्। सङ्गीतको पुर्खा यस्तै यस्तै मान्यताहरूले बाँचेको छ।

ध्वनिखेलको वैयाकरण

भारतीय गीत शास्त्रको सारभूत स्वरमाधुर्यमा केन्द्रित मानिन्छ चाहे त्यस गीत गुञ्जन आदिम जनजातिको किलकारीबाट उत्पादित होस् वा कुनै कृत्रिम कलाको रूपकलार्इ गीतको सृजनस्थल ठानियोस्‌, यसप्रकार कण्ठसङ्गीत वा वाद्यसङ्गीत सधैं अनुरेख रहन्छ।

यसर्थ, कण्ठसङ्गीत अनि वाद्यसङ्गीतबाट झङ्कृत ध्वनिले आ-आफ्नो भावात्मकस्थिति एवम्‌ सौन्दर्य-मीमांसात्मक एकत्व मिश्रण दर्शाउँछ। कारण यी ध्वनिहरू समक्षणिक नरहे तापनि समन्वय स्थितिमा रहेको हुन्छ। सङ्गीतको रागात्मक प्रकारमा एकस्वर भएको गीत, जस्तै नागा जातिको The songs of corn grinding -बाट उत्पन्न घुरघुर अनुरूपक मिलेको ध्वनि, तथा वैदिक स्तोत्रको लयात्मक उच्चारणलार्इ पनि सङ्गीतमा जटिल राग मानिन्छ।

यसैले सड़कमार्गमा प्रदर्शन गरिने सपेराको वीणबाट गुञ्जिएको त्यो परिचित धुनलार्इ पनि सङ्गीतशास्त्रमा राग Punnagavarali (पुन्नागाभराली)-भित्र गाभिन्छ।

वास्तवमा, यी सबै धुन, सामञ्जस्य लय अनि भावात्मक पुनरावेदनको ध्वनिगत आरोह- अवरोह मात्र हुन्‌। त्यसैले मुख्यरूपमा, सङ्गीत शास्त्रको गहन अध्ययन गर्दा, सङ्गीतलाई स्वरमाधुर्यको बनावट र लयको बनावट, प्रवर्गभित्र हेरिने गरिन्छ।

स्वरमाधुर्यको बनावट निर्भर गर्दछ रागको तकनीकि विषयात्मक वैयाकरणमा। लयको बनावट तालको वैयाकरणमा आधारित रहन्छ।

 

परिवर्तनतिर गीत

नेपाली गीतको शुरूवात अनि उत्थानबारे चर्चा गर्दा मनमा झट्टै नेपाली गीतका मास्टर मित्रसेन थापा, गोपाल योञ्जन, अम्बर गुरूङ, अरूणा लामा, दिलमाया खाती, दिव्य खालिङ, प्रकाश गुरूङ आदिका नाम आउँछ।

नेपाली गीत सञ्चारमा सन्‌ 1940-मा रेकर्डिङ भएको मास्टर मित्रसेन थापाको एउटा प्रशिद्ध गीत छ, ‘‘मलार्इ खुत्रुक्कै पार्‌यो जेठान तिम्री बैनीले’’-, देखि रेकर्ड हुँदै आएको नेपाली गीतको इतिहासलार्इ कोट्याएर हेर्दा, आज लगभग, यसले सय वर्ष भन्दा बढ़ी लामो बाटो हिँडिसकेको रहेछ।

यस अवधिभित्र नेपाली सङ्गीतमा विविध प्रयोग, मिश्रण, फ्युजन, रिमिक्सको रमाइलो घुम्तीहरू गाभिँदै गयो। कत्ति गीत सुपरहिट रहे त कत्ति गीतले नेपाली जातीय चेतना, भारतमा थिचोमिचो भोगिरहेको नेपाली जातिको अस्तित्वबारेमा झस्काउँदै बलियो मोड़-उपमोड़हरूतिर नेपाली गीतलार्इ उभायो। हुन पनि गीत भावमा जतिनै रूपान्तरण भए तापनि गीतको मूल अन्त:प्रकृतिले मनुष्यको आत्मचेतनालार्इ अप्रत्यक्षरूपमा शान्तिले भरिएको संवेदनाको अर्न्ततत्व प्रदान गर्छ त्यसैले भन्न सकिन्छ गीतकला आभ्यन्तर ब्राह्मीकरणको एक रूप हो।

यसर्थ, भारतीय नेपाली गीतविधा कविताविधा झैं प्राचीनतावादबाट रूपान्तरित बन्दै रहस्यवाद, अस्तित्ववादले यसको स्वरूपलार्इ तोड़मोड़ गरेपश्चात फेरि पाश्चात्य संस्कृतिको अमेरिकन हिपहप  R.A.P. सङ्गीतमा परेर नेपाली गीत विधानमा धेरै विकेन्द्रीकरण आयो। अहिले नेपाली गीतमा आधुनिक शैली झल्किए तापनि गीतमा माधुर्य रागात्मकताको समन्वय अभिव्यक्ति ज्वलन्त बनेको छ। यसको मुख्य कारण चाहिँ ताल विधानमा आउँदै गरेको परिवर्तन होला।

 ‘ए बुढाबा’-को चेतना

नेपाली गीतलार्इ ताल विधानबाट अध्ययन गर्दा, तालको तात्विक स्वलक्षण सर्कुलर वा आवृत्तिमूलक बनावटसित आधारित पाउँछौं। अर्थात्‌ प्रत्येक लयिक यूनिट सँगसँगै त्यस सर्कुलर आवृत्तिमा रहेर फेरि त्यहीँ, त्यो लय रिपिट भइरहन्छ।

°

नेपाली गीतमा प्राय: तालको चक्रमा कूल दशवटा ताल (Beats) समाविष्ट भएको हुन्छ, मुख्य रूपमा अमोघ 2 + 3 + 2 + 3 लय (रिदम)। वास्तवमा सबै दशवटा ताल विविध विशेषताका हुन्छन्‌।

जस्तै No.1 जोरदार ताल No.3,8. कम ताल, No.. 6 शून्य भए अरू ताल प्राय: सामान्य रहन्छ अर्थात्‌ जोरदार ताल No.1 -मा आउँदा, धीमा ताल No. 3. 8. -मा साथै तालको तर मात्र No. 6 मा अनि No. 2. 4. 5. 7. 9. 10 ताल प्राकृतिक तौरमा एकरूप रहेर रिपिट भइरहन्छ।

 

मनोज बोगटीको शब्द रहेको पुष्पण प्रधानको गीत ए बुढाबा सुनेर म यही गीत वृत्तमा फसेँ।

पुष्पण गाउँछन्-

 

यो गीत सुनेपछि मनमा एउटै कुरा रिपिट भइरहन्छ, The right function of arts is to put before the soul the image of what is intrinsically great and beautiful.

-भनेपछि, नूतन परिवर्तनले छोएको जीवनको कल्पनात्मक निर्माण अनि विचार, भाषा, लय एवं छन्दलार्इ नौलो कसौटीतिर बँधाएर प्रस्तुत गर्न चाहन्छन्‌ शब्दकार।

हुन त सुन्दर शब्दले नै विचारमा विशेष प्रकारको आलोक प्रदान गर्छ। त्यसैले लोन्जाइनसको दृष्टिमा भव्य गीतशब्द त्यही हुन्छ जसले आनन्दातेरक (Transport)-का कारण व्यक्तिलार्इ यति निमग्न अनि तन्मय गराउँछ जसको प्रभावमा व्यक्तिले स्वयम्‌को भावलार्इ भुलाएर यस्तो उच्च भाव-भूमिमा लैजाने काम गर्छ, जहाँनेर निरिह बौद्धिकता पङ्गु समान हुन्छ अनि ‘वर्ण्य-विषय’, विद्युत प्रकाशको भाँती चम्किन्छ। यस्तै शब्द प्रकाशमा ठिक अटाउँछ ‘ए बुढाबा’।

पोष्टमर्टम

यसरी गीतको लयबद्ध शब्दको सुन्दर रचनापछि गीतमा कैयौं प्रकारका सार्थक भावनाहरू जोड़िन पुग्छ। यो एउटा सार्वजनिक फ्याक्ट हो। मनोज बोगटी जनजीवनको अत्यन्त निकटबाट परिचित प्रतिभाशाली कवि हुन्‌। उनले मध्यमवर्गीय समाजको खोखलापनलार्इ टक्कर दिँदै नयाँ विचारको क्रान्तिमूलक चर्चा गर्छन्‌। विभाव-अनुभाव घेरोभित्र घुम्ने गीतलार्इ नयाँ गीतको भिन्नताभित्र दर्शाउने प्रयास गर्छन्‌। उनको यो नयाँ सोचमा आलोचना, समाजवाद, यथार्थवाद, प्रगतिवादी विचारधाराको खुला घोषणा छ। समाज-व्यवस्थाको विद्रोह पनि बोकेको देखिन्छ, जसले मानवको दासतालार्इ स्वाधीनताको विजय स्फूर्तिको बलियो ध्वनि लिएर बोलेको पाइन्छ। यसर्थ ‘ए बुढाबा-मा’ गीतकारले संसारको मानचित्रमा सङ्घर्षरत-सम्झौटे चोट भोग्दै आएको जातिको सन्तापित, पराजित तथा पिड़ित अवस्थालार्इ उज्यालो भविष्य देखाउँदै भूभाग माथिको यस्तो विखण्डित अराजकतावादी अवस्थालार्इ बलियो स्वरमा विद्रोह गर्छन्‌। यो गीतको उत्कर्षमा पुरानो परपम्पराप्रतिको प्रतिरोध, रूढ़ीवादी आस्था, विविध-निषेध आचरणमूलक चरित्रप्रति जम्मेर विरोधको प्रबल आवाज छ।

भनेपछि, ‘ए बुढाबा-लार्इ’ नव-जागरणको दिशातर्फ प्रवाहित गर्दै सेल्फरियालइजेशन गराउने क्रान्तिकारी गीतको रूपमा लिन सकिने रहेछ। यस गीतमा धर्मिक, राजनीतिक, सांस्कृतिक, सामाजिक स्तरका अन्तरविरोधहरूमाथि प्रश्न गरिएको छ।  अम्बर-गिरीले झैं माटोको माया बिर्सेर व्यथा गाएर सङ्गीत संसार धानिरहेका पुस्तालाई कोसौं पर छोडेर आफ्नै समयको दाबी गर्ने पुस्तालाई प्रतिनिधित्व गर्ने यो गीत चिरकालीन जीवन बोकेर आएको गीत हो।

°

अठाह्रौ-उन्नाइसौं शताब्दीमा हेगलले मनुष्यको ठोस ऐतिहासिक परिस्थितिको अध्ययन गर्ने क्रममा समाजको अर्न्तविरोधको विश्लेषण गरेका थिए। सामन्तहरूको सत्ताखेल, रूढ़ीवाद अनि धार्मिक अन्धविश्वासमाथि पनि हेगेलको स्वर तीब्र बन्यो।  त्यसकै प्रभावस्रोतमा जर्मनीमा सामन्ती व्यवस्थाको अन्त अनि नूतन पूँजीवादी व्यवस्थाको मिक्स कल्चर विस्तार भएको थियो। हेगलको विचार सत्तालार्इ केन्द्रमा राखेर भ्लादिमिर इलियच, लेनिन, मार्क्स, एंगेल्सले बढाएको संस्कृतिले उठ्यो।

‘ए बुढाबाले’ पनि पारम्परिक भौतिक संसारको यस्तै रूढ़ीतन, घिसापिट्टा मान्यता, र समाजको थिचोमिचोलार्इ खारिज गर्दै यथार्थ प्रगति, उत्पादकता जस्ता सामाजिक तन्त्रको विस्थापनपट्टि उभिएको देखिन्छ।

जसलार्इ पौगम्बर खलिल जीब्रानको सुफी शब्दले- It is link between this and coming world

                                    It is a pure spring from which all thirsty souls may drink

                                    It is a brilliant lamp, unconquered by darkness

                                    And inextinguishable by the wind.भन्छ।

पुष्पन अवतार

गीत जस्तै अस्तित्व चकमकमा रहे तापनि सुमधुर गीतको तिलस्ममा मानव हृदयमा आत्मनिर्वासित भाव उत्पन हुन्छ। त्यसरी नै सुफी म्यूजिक वास्तवमा त्यो रागमूलक गीत हो जहाँ स्वयम्‌लार्इ भूलेर र्इश्वरको भावनालार्इ विशेष मान्यता दिइन्छ। सुफी म्यूजिक मूख्यरूपमा इण्डोनेशिया, अफगानिस्तान, मोरोक्को हुँदै भारत पसेको हो, सूफि प्रेम सङ्गीत प्राय: गजल अनि काफिको रूपमा गाइन्छ। जसमा सुफी कवि रूमी हाफिज बुल्ले साह, अमीर खुस्रो, खलिल जिब्रानका सुफी शब्दको अनौंठो झलक भेटाइन्छ। भन्न सकिन्छ, नेपाली गीत गाउने परम्परामा सुफी फ्लेवरको शुरूवात नै पुष्पणमार्फत भएको मैले लगाएको अनुमान हो, युट्यूबमा भेटिएका उनका गीतहरू सुनेपछि। लाग्यो, पुष्पणको जेनर सुफीबाट निस्किएको एउटा हाँगा हो।  केही गीतबाहेक हल्काफुल्का गीतबाट उकालिएको पुष्पणले यो रिस्क किन उठाएका हुन्?

पुष्पण अवतार यस्तै रिस्कको बीजबाट भएको छ। किन भने यस्सै त ए बुढाबा-झै गीतहरूको मार्केट छैन। यसको मार्केट सचेततामा छ। बौद्धिकतामा छ। मनोविज्ञानमा छ। चिह्नारी सङ्कट भोगिरहेका तमाम भारतीय नेपालीहरूको सपनामा छ।  तरै पनि स्वतस्फूर्त मुखमा झुण्डिने यो गीतको उचाईँ नै पुष्पणको उचाईँ हो।

यस गीतमा पुष्पन प्रधानको सुफी फिलको मिश्रण छ। उनले गीतमा सीप अनि नौंलोपन हुलेका छन्। सुफी प्लेवरको आलापबाट अघि बढेको गीत ‘ए बुढाबा’ अब्बल दर्जाको गीत बनेको छ। मानिन्छ, सुफी म्यूजिकले भारतीय गीतशास्त्रमा मानवको विविध मेन्टल स्टेटलार्इ (Rasa) गीतको तह राग (Raga)-सित तुलना गरेको छ:-

भारतीय नाम                                मानवको विविध मेन्टल स्टेट

Shadja (sa)-

Virkrita rishabha (ri)-                                                            साहस (veer)

Rishabha (Ri)-           

 

Virkrita ganghara (ga)-                                                   करूणा (karuna)

Gandhara (Ga)-                                                                     

 

Madhyama (Ma)-                                                          हास्य (humoros)

Virkrita madhyama (ma)-                                                     

 

Panchama (Pa)-                                                          रत्यात्मक (eratic)

 

 

Virkrita dhaivata (dha)-                         घृणास्पद (eratic)

Dhaivata (Dha)-                                                                     

 

Virkrita nishada (ni)-

Nishada (Ni)-                                                         करूणा (karuna)

 

यसप्रकार सुफी गीत संरचनालार्इ सङ्गीत चिकित्सा-विज्ञानसित जोड़िएको देखिन्छ, कारण सङ्गीतले प्रत्यक्षरूपमा मानवको विविध मेन्टल स्टेटलार्इ प्रभावित पार्दछ। वास्तवमा, सुफी गीत रहस्यमय संयोजन हो मानव आत्माको, जसले मानव अन्तरात्मालार्इ गहिरोसम्म भिजाउने पवित्र अवतरणको काम गर्छ।

त्यसैले होला, सुफी आलापमा गाइएको पुष्पनको ‘ए बुढाबा’-ले पनि कत्तै न कत्तै मानव भावनाको विविध स्टेटलार्इ प्रभावित पारेको नै छ, अनि त, यसरी नेपाली परम्परागत म्यूजिकबाट छुट्टै बगेको छ। यो नौंलो लयले श्रोतालार्इ झट्टै आकर्षित एवम्‌ चकित पार्दै गीतमा नयाँ परिवर्तनको घोषणा गर्छ, यसरी नयाँ सरस, मधुर एवम्‌ प्रवाहपूर्ण फिल तर्फ श्रोतालार्इ अटोम्याटिकल्ली लैजाने कार्य पनि गर्छ।

युनानी दार्शनिक प्लेटो अनुसार कवि, कविता-कथनमा समस्त सांसारिक नियमबाट निरङ्कुश हुन्छन्‌। कविताको रचना गर्ने समय कविको हृदयले कहिले पनि सोच्दैन उसको कविता शब्दले पाठक अथवा श्रोतालार्इ कस्तो प्रकारको प्रभावमा ल्याउँछ। प्लेटोको समयमा यसैले काव्यको प्रयोजन लोकरञ्जन मानिन्थ्यो, जसमा भाव प्रवृत्तिलार्इ प्रमुखता ठानिन्थ्यो। यसैले र्इश्वर प्रार्थनामा केन्द्रित काव्यको त्यससमय बर्चस्व थियो। यसैले प्लेटोको मान्यतामा र्इश्वर प्रार्थनाले युक्त काव्य नै वास्तविक काव्य थियो। यस्तै र्इश्वरलार्इ विश्वको एकतत्व मानेर र्इश्वर भक्ति, प्रभु-चिन्तनमा एकरूप हुने गायन विधा हो सुफी म्यूजिक। जसद्वारा र्इश्वर युक्त भएर जीवात्माले आत्मामा पनि ज्वलन्त ब्रह्मतत्त्वको दर्शन गर्छ।

त्यसैले गीतको त्यो प्रकार, जसमा आलाप, तान, खटका, कण आदि विभिन्न अलङ्लकारद्वारा कुनै विशिष्ट रागमा गायनको नियमलार्इ पालन गर्दै भाव अभिव्यक्त गरेको हुन्छ, त्यसलार्इ सुफी सङ्गीत मानिन्छ। र अहिले सार्थक शब्दमा भन्ने हो भने गीतकार पुष्पन प्रधानले गीत ‘ए बुढाबा’-मा यी सबै नियमलार्इ वास्तविक अर्थमा पूर्ण गरेका छन्‌।

अन्त्यबाट शुरु

प्रशिद्ध मनोवैज्ञानिक फ्रायड अनुसार मानवमा सङ्गीतको धारणा मनोवैज्ञानिक आधारमा पनि बनिन्छ। जस अनुरूप एउटा शिशुको हँसार्इ, रूवार्इ, उसको आमाको स्तनबाट दूध पिउने, यौन सम्बन्धको लय आदि क्रियाले पनि स्वयंमा सङ्गीत उब्जाउँछ।

त्यसरी नै सायद वरीपरीको वातावरणबाट मानवले सङ्गीत रचना गर्ने प्रेरणा पाएका होलान्‌। पशु-पक्षीको विभिन्न ध्वनि सुनेर नै उसले त्यहीँ सङ्गीतलार्इ नकल गर्ने इच्छा गरेको थियो होला।

शिवस्तोत्रमा लेखिएको छ, जगत जननी माता पार्वतीलार्इ स्वर्गको सिंहासनमा राखेर नटराज शिवले नृत्य गरेका थिए। उनको साथमा सरस्वती देवीले वीणा, इन्द्र देवले वेणु (बाँसुरी), ब्रह्माले करताल अनि विष्णु देवले मृदङ्गबाट उनलार्इ साथ दिएका थिए। उनको नृत्यलार्इ भगवती लक्ष्मीले गीत गाएर पूर्ण गरेका थिए अनि श्रोतामा गान्धर्व, किन्नर आदि उपस्थित थिए। यहीँबाट उनीहरूले गायन, वादन अनि नृत्य सिकेर पछि पृथ्वीमा प्रचार गरेका थिए।

यसरी पूरातनकालदेखि जीवन्त क्षेत्रलार्इ संरचनात्मक नियममा आधारित गरेको प्रवर्ग गीतले मानव भावनालार्इ लय, भाव, गायनको आधारमा हुँदै आएको हो। त्यस्तरी नै मनोज बोगटीको सन्‌ 2010 मा लेखिएको यस गेय रचनाले पनि श्रोताको मनका विविध तरहरूलार्इ अवश्य नै तरङ्गीत पारेका होलान्‌। यो गीतलाई  ग्राम राग-1, राग 3, उपराग 4, भाषा 5, विभाषा 6 अन्तर्भाषा 7 क्रियाङ्ग 8. उपाङ्गबाट हेर्दा, सङ्गीत विज्ञानसित चिटिक्क मिलेर, मानव मस्तिष्कमा सिमप्याथिटिक भाइब्रेशन, जस्तो ध्वनि तरङ रिफ्लेक्ट गर्दै, श्रोताको मनलार्इ भाव-विभोर पारेको छ।

अब पुष्पण-मनोजको यो नयाँ बाटोको खोजले आग्रह गरेको कुरा चिन्ने पुस्ता मात्र जन्मिनुपऱ्यो।

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन