अन्यायको अक्सिजन

लघुकथा

प्रदेशमा किन अक्सिजनको यत्रो अभाव छ? किन कुनै पूर्व तयारी गरिएन? जिम्मेवार पक्षले झट्टै न्यायोचित कदम उठाउन्। यस विषयमा न्यायालयले झट्टै कानुनन् आदेश सुनवाइ जारी गरून्।


विमल राई


मरेकोमाथि कात्रो

न्यायमूर्ति चरण दासको भोगाइमा यो लोकोक्ति सोह्रैआना सत्य साबित भयो।

कोरोनाको सेकेन्ड वेभले सिंगै देशलाई निल्ने गम्भीर अवस्था छ।

यो महामारीले उनकै रोगी ससुरालाई बाँकी राखेन। संक्रमित सासुआमा भेन्टिलेटरमा मरितरी सास फेरिरहेकी छन् । एकै छिनमा कुन आकाश खस्ने हो? केही पत्तो छैन ।

मनको बाघले तनलाई हेर्दाहेर्दै सखाप पारिरहेछ।

आफ्नै बाको अकाल मृत्युको आघात ! उता भेन्टिलेटरमा आमाको छिन्दो दुरूवस्था!! लक-डाउनको मार। घरदेखि अड़ाइ किलोमिटर पर माइता पुग्न नपाउनुको विडम्बना।

यसरी घोर शोकसुर्ताले ब्लडसुगर बड़ेर घरैमा श्रीमती दासको हाल पनि हिर्दोक बनेको छ।

न्यायमूर्ति चरण दासले जिन्दगीमा यति भयानक परिस्थितिको सामना कहिल्यै गरेको थिएन।

आधिकारिक कामकै चपेटामाथि न्यायमूर्ति चरण दास स्वयंले पनि मानसिक, शारीरिक कमजोरी महसूस गरिरहेछन्।

यस्तै भयावह परिबन्ध आइपरेकै बेला, पीएमओ अफिसबाट यो आदेशात्मक पत्र आएछ –

 

प्रदेशमा किन अक्सिजनको यत्रो अभाव छ? किन कुनै पूर्व तयारी गरिएन? जिम्मेवार पक्षले झट्टै न्यायोचित कदम उठाउन्। यस विषयमा न्यायालयले झट्टै कानुनन् आदेश सुनवाइ जारी गरून्।

 

तथापि उच्च मन्त्रालयबाट अचानक आएको पत्र पढ्दापढ्दै चरण दासको मन दोमन भयो-

के न्यायालयले यस्तो आदेश दिनु न्यायोचित हो र? राज्य र केन्द्र सरकारको नैतिक दायित्व छैन? रहँदैन?? कि न्यायालय समेतले पनि कानुनी कार्वाही गरेकै हो नी, भनी सत्तापक्षको घोर असफलता र निष्क्रियतालाई ढाकछोप गर्न शक्ति केन्द्रले फेरि नोटबन्दीमा जस्तै नौटंकी त गरिरहेको छैन?

 

यस्तै काँड़ालु प्रश्नहरूले न्यायमूर्ति चरण दासको मनलाई चिथोरिरहेको थियो।

तथापि समुचित उत्तर खोज्दै दोधारे मनको डरैडरमा न्यायमूर्ति चरण दास आदेशनामा सुनवाइमा हस्ताक्षर गर्न बाध्य बन्यो।

मिडियाले तत्क्षणै आदेशनामा सुनवाइलाई मुख्य खबर बनाइहाल्यो।

 

न्यायमूर्ति चरण दासको अन्तर मन भने ठ्याम्मै मानेको थिएन।

अन्तर मनले पुकार्दै थियो-

-अन्याय नगर, यो अन्याय हो

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन