राप

कविता

 प्रणय शंकर


आरनको भुप्रोमा दन्किएको ताप

अनि

मन्दिरको दियोमा सल्किएको राप

कुन पवित्र

कुन अपवित्र!

 

दुवैले शुद्ध पार्ने काम गर्दछन्,

 

आगोले कलुषित काई निकाल्छ

एउटाले फलाम गालेर

अर्कोले फलामे मन पगालेर

 

तर

आरणको भुप्रो सल्केर जीवन डढेको कथा कहीं छ ?

छ भने भन्नोस्,

महाशय!

मन्दिरको दियोबाट राप सरेर देशनै डढेको इतिहास

भाग्रेल्तै छ!

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन