कविता समाजी सर्कसको बहुरूपी जोकर हो- राजा पुनियानी

संवाद- राजा पुनियानी

‘हस्तक्षेप’-को अस्तित्व हराइहालेको जस्तो त लागेन । उल्टा बढ़ेर पो गएको छ होला । एज ए आन्दोलन चैं कता कता फेडेड भयो कि । टिमको इन्टर्नल इस्युजले गर्दा । हुँदा हुँदै हस्तक्षेपी भनेर ‘हस्तक्षेप’ थाल्नेहरूको मात्र पेवा कहाँ हो र यो लेखन ? एज ए थट त छ नि जिउँदै यो । आज साथीहरूले लेखिरहेको रिबेल कविताहरू, प्रोटेस्ट कविताहरू, एन्टि एस्ट्याब्लिश्मेन्ट कविताहरू र रेजिस्टेन्स कविताहरू सप्पै ‘हस्तक्षेपी कविता’ हुन् । आख्यान र फिक्सनमा चैं भनेजस्तो हस्तक्षेपी काम हुनु सकेन । ‘हस्तक्षेप’ सोच हो । न्यारो ग्रुपमै खुम्चिएर हामी हस्तक्षेपी हो भनेर लेखेको मात्र हस्तक्षेपी लेखन होइन । जस जसले जसरी जसरी रेजिस्टेन्स ल्याउँछ लेखनमा उ नै खासमा हस्तक्षेपी हो ।


पल्लव सिङ्घक


कविता लेखेको दुइ दशक बित्दा ‘कविता’-को परिभाषा कसरी बुझ्नुहुन्छ/दिनुहुन्छ ?

कविताको फ्रेम भए पो – सिलेबस भए पो । डिफाइन पनि गर्नु ।

नेचर र सोसाइटीसँग मान्छेले क्या स्ट्रगल गर्छ हैन त? हिस्ट्रीको टेक्स्टबुकमा हुँदैन त त्यो स्ट्रगलको कथा । खाली एलिट क्लासको कथा छ त्यहाँ । साइड लगाइएको मान्छेको आर्टिस्टिक इतिहास हो नि कविता त ।

खासमा चैं नि – कविता समाजी सर्कसको बहुरूपी जोकर हो ।

भारतीय नेपालीहरूमा एक सा एक कविहरू छन् । नयाँ पुराना…  समालोचकहरू पनि त्यतिकै छन् त ?

– समालोचकहरू खै ? छन् नि हुनुलाई त । तर भिजिबलिटी पो हराएर गयो त । अहिले त खाली एकाडमिक जर्नलहरूभित्रै सीमित छ जस्तो । आम मान्छेको पहुँचदेखि टाढ़ा । समालोचनामा हुनु पर्ने काम उति भइरहको छैन कि!  वर्कहरू बिटिटि । समालोचना चैं? 

तपाईँको ‘अप्रकाशित इन्टरभिउ’ कवितालाई ‘Theatry’ कविता भन्नुभएको छ । ‘Theatry’ के हो ?

– ‘Theatry’ चैं पोएट्रीको कन्टेन्ट र थिएट्रिकल एफेक्टको ककटेल । यो नयाँ फर्म ट्राइ गरिदिएको नि पोएट्रीमा । कसो होला ! यसलाई ऐले नामकरण चैं गरेको । कामकरण चैं बाँकी छ । यस्तै ढाँचाको अरू केही कविता लेखिसकेपछि चैं यसलाई प्रोपरली यस्तो हो भनेर भन्नु सकुँला ।

तपाईँहरूको अग्रज, समकालीन र नयाँ पुस्तामा के समानता र अन्तर पाउनुहुन्छ – शैली, भाषा र कन्टेन्ट  हेर्दा ?

 – समकालीन चैं सप्पै हो । ठूलो टाइम फ्रेममा । हिजोको विरेन्द्र सुब्बादेखि आजको पल्लविब राईसम्म ।

यसो हेर्दै लाँदा सिमिल्यारिटी चैं कन्टेन्टमा पाउँछु । प्राय: गोर्खा लुटिएको सेन्टिमेन्टहरू । हामी हेपियौँ । शोषित छौँ भन्ने टाइपको । गिरी दोहोरिएको दोहोरिएकै हो कि जस्तो ।

फर्ममा चैं के के कामहरू भइराखेको छ नयाँहरू । कन्टेन्टमा नयाँ कामहरू भइरहेको छैन भनेको जस्तो । हुनुपर्छ । म आफ्नै लागि पनि यो च्यालेन्ज रहेकै छ । के के हुनु सक्छ सक्छ कन्टेन्ट । ग्लोबलाइज्ड यो क्याओटिक दुनियाँमा । कन्टेन्टमा नयाँपन नआउनु अहिलेको दार्जीलिङको कविताको लागि गतिलो च्यालेञ्ज हो । आउँछ कि भनेको !

तपाईँलाई कविता कतिबेला आउँछ ?

 कविता मलाई त जतिसुकै बेला आउँछ हौ । खै, केही ठेगान छैन । रात चैं मेरो लागि फेबरेट टाइम हो । कविता मजाले आउँछ राति । राति नै एकान्तले स्पेस पाउँछ । शायद एकान्त कविताको कोख हो कि । फेरि हर रात ता होइन । आधीउधि साल जति कविता नलेखेको समय पनि छ मेरो ।  

एउटै किताब निकाल्नु भयो – अर्को लश्कर – सन् २०१३ -मा । त्यसपछि Social Media र Audio-Visual तिर लाग्नुभयो ! किताब निकालेर मात्र कवि-कवि हुन्छ भन्छन् नि ! तपाईँ जानी जानी ‘अ-कवि’ हुनुभएको हो कि अरू केही हो ?

-अ-कवि । वाह क्या मिठो । अलि अलि जानी जानी । अलि अलि अन्जानमा भएछु ‘अकवि’ । तर यसमै छ नि मजा त । अब किताब ननिकालुँ भनेको नि । इन्स्टाग्राम-तिर पो मन सर्दैछ । त्यतै कविताको पालुवा सार्दैछु । 

कवि त शालीन र संस्कारी हुनुपर्छ अरे त परमपरामा ? तपाईँ त छुच्चो र रफ हुनुहुन्छ । आफैलाई कवि मान्नुहुन्छ कि हुँदैन ?

– आम्मै ! म त मायालाग्दो छु नि । टिठलाग्दो । सपले हेप्ने । छुच्चो र रफ चैं मेरो कोही कोही बेलाको काँचोपन होला । अरूले गरेको हेपाइ र छलकपट सहन नसक्दा । आफू पनि कपटी हुन सकिएको भए चैं सो-कल्ड सक्सेसफुल भइन्थ्यो होला । त्यो सोसाइटीले भन्छ नि क्या – आँ त्यो मान्छे क्या सक्सेफुल है । गाड़ी बंग्ला मकान सब कुछ है उस के पास ! तुम्हारे पास क्या है ? भन्यो भने – मेरे पास कविता है – भन्नुपर्छ हामी चैं । खै, जत्ति ट्राइ दिँदा पनि छली हुनै सकिएन । हुन सकिएको भए फेरि मभित्रको कवि मर्थ्यो होला । म त आफूलाई कवि मान्ने हो नि हौ ब्रो । आखिर कवि तौलिने तराजु नै पो कहाँ छ र ? होस् नहुने छली ।

फरक शैली र कन्टेन्टले नै राजा पुनियानी हिट छ भन्छन् नि ।  त्यस्तो हुनलाई लेखाइमा परिश्रम गर्नुहुन्छ कि त्यो क्यान्डिड हो ?

– हिट त हैन होलाउ । हाहाहा । माया चैं पाएको छु जस्तो लाग्छ मान्छेको । परिश्रम त गर्छु नि । परिश्रम बिना त नाथु धागो पनि पस्दैन स्यानु सियोमा । कविता लेख्न कवितामै चैं उति परिश्रम गर्दिनँ । कवितादेखि बाहिरको के के जातीहरू जति जानियो उति हेल्प हुने रैछ । त्यसो गर्ने कोशिश गर्छु । म कवितामै भइरहँदिनँ । क्यान्डिड पनि आइदिन्छ हौ । फोटोहरू पनि त क्यान्डिड शट क्या मजाको आइदिन्छ । स्याटिस । मेरा प्राय कविता क्यान्डिड नै हुन् । एक सिटिङको कविताहरू । तर फेरि प्लान्ड र डेलिबरेट कविताहरू पनि थुप्रै लेखेँ नि ।

नयाँ पुस्तामा तपाईँको favourite को हो ?

-नयाँ पुस्तामा – अहो ! आम्मामा जुलुम कविता लेख्ने कविहरू बिटिटि छ नि । लुबिना कृतिका, राजु पोखरेलहरू टपमा छन् मेरो प्रिय कवि लिस्टमा । त्यसपछि एनबी घिमिरे, पल्लविब राई, विशाल नाल्बो, नीलम गुरूङ, छेवाङ योञ्जन, प्रभात राई चिसो, कृतिका दाहाल, हरू । मोहित जोशी, रसिक राज, नविन प्यासी, राजु झल्लु प्रसाद, मनोज विश्वकर्माहरू पनि छन् । अझ्झ छन् अरू अरू पनि कविहरू ।

तपाईँहरूको साहित्यिक आन्दोलन ‘हस्तक्षेप’-को अस्तित्व हरायो नि ? कि अहिले silent भएको मात्र हो ? कि त्यति धेरै साहित्य प्रेमीहरूले मन पराएको हस्तक्षेप एक दुइ सालको चर्को हल्ला मात्र थियो ?

– ‘हस्तक्षेप’-को अस्तित्व हराइहालेको जस्तो त लागेन । उल्टा बढ़ेर पो गएको छ होला । एज ए आन्दोलन चैं कता कता फेडेड भयो कि । टिमको इन्टर्नल इस्युजले गर्दा । हुँदा हुँदै हस्तक्षेपी भनेर ‘हस्तक्षेप’ थाल्नेहरूको मात्र पेवा कहाँ हो र यो लेखन ? एज ए थट त छ नि जिउँदै यो । आज साथीहरूले लेखिरहेको रिबेल कविताहरू, प्रोटेस्ट कविताहरू, एन्टि एस्ट्याब्लिश्मेन्ट कविताहरू र रेजिस्टेन्स कविताहरू सप्पै ‘हस्तक्षेपी कविता’ हुन् । आख्यान र फिक्सनमा चैं भनेजस्तो हस्तक्षेपी काम हुनु सकेन । ‘हस्तक्षेप’ सोच हो । न्यारो ग्रुपमै खुम्चिएर हामी हस्तक्षेपी हो भनेर लेखेको मात्र हस्तक्षेपी लेखन होइन । जस जसले जसरी जसरी रेजिस्टेन्स ल्याउँछ लेखनमा उ नै खासमा हस्तक्षेपी हो ।

समाजले कविता बनाउँछ होला कि कविताले समाज ?

-समाजले कविता बनाउँछ । कविताले पनि समाज बनाउँछ । यो दुइतिरै लागू छ ।

कविताको कुनै पनि  सामाजिक/राजनैतिक/ आर्थिक क्रान्तिमा कत्तिको भूमिका हुन्छ ?

– सामाजिक/राजनितिक क्रान्तिमा कविताको भूमिका खतरै हुने गर्छ । कविताको भूमिका हामी हेरौँ न नेपालमा । गोपालप्रसाद रिमालको पालादेखि । जुरूक जुरूक उठाउने कविता ‘आमाको सपना’-ले नेपाली क्रान्तिको सपनाको बीउ रोपेन त ? पारिजात, मञ्जुलहरूले राल्फा आन्दोलनकालमा लेखेका कविता र इच्छुक, आहुतिहरूले लेखेको माओवादी आन्दोलनअघि लेखेका कविताले नेपालको माओवादी आन्दोलनलाई वैचारिक पृष्ठभूमि दिएका हुन् । पछिबाट श्रवण मुकारूङको एउटै मास्टरपिस कविता ‘बिसे नगर्चीको बयान’-ले डल्लै नयाँ आन्दोलनलाई बोक्यो ।

यता भारतीय नेपाली कवितामा अगमसिंह गिरीको ‘नचिनिने भएछौँ’, ‘छोरा’ कविताहरू र सुवास घिसिङका कविताहरू साथै विकास गोतामेका ‘लड़, वीरबहादुर लड़’ र पछिबाट केवलचन्द्र लामाका जातीय विचारका कविताहरू पहिलो गोर्खाल्याण्ड आन्दोलनमा आगोजस्ता नारामा रूपान्तरित भए ।

अरबेली स्प्रिङ आन्दोलनमा लछेप्रै कविताले नाराको भूमिका लिएका थिए । प्यालेस्टाइनी शरणार्थी असरफ फयादलाई कविता लेखेकै कारण ८ सय कोर्रासहित ८ सालको सजाय सुनाइएको छ । पञ्जाबी कवि आवतार सिंह पाश र स्पेनिश कवि फेदेरेको गार्सिया लोर्काहरू सत्ताका लागि कविता लेखेरै शत्रु भए र मारिए । कवि कृष्ण सेन इच्छुक पनि नेपालमा मारिएका हुन् ।

सोच्ने नि – प्लेटोले कविहरू राज्यबाट खेद भनेर किन सत्तालाई सुझाउ दिन्थे होला यसै ?

कविताको बजार छ ? बनिएला ?? बनिनुहुन्छ ?? बनिनु हुँदैन ??

 कविताको बजार छ । छ्यापछ्याप छ । लकडाउनमै हेर्नु नि । कविहरू भ्याइ नभ्याइ छन् त सिङ्गरहरू जतिकै । बाजारू मान्छेहरू पनि कवितातिरै लाग्दैछन् । यसको कारण छ विशेष । त्यो चर्चा गर्न यो स्पेसमा पुग्दैन । र अर्को कुरा है – अब यो बजार भन्दा चैं शपिङ मलको बजार, अनलाइन शपिङको बजार र पिज्जा-कोकको बजारसँग कन्फ्युज नबनौँ । बजारमा सधैँ करेन्सीको ट्रान्ज्याक्सन हुनै पर्छ भन्ने होइन नै । कतै बनिएको छैन भने बजार त बनिनु पनि पर्छ कविताको ।

बजार शब्द अलि डेन्जरस, रिस्की र भोलाटाइल जार्गन पनि हो । आखिर कस्तो खाले बजार चाहिएको हो कवितालाई – त्यो चाहिँ म एक्लो कविले ठीक यही हो भनेर भन्नु मिल्दैन । सबै कविहरू मिलेर तय गर्नु पर्ने हुन्छ ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन