‘११ जातलाई जनजाति’-को मुद्दा केवल धोका हो

मुद्दा

११ जनजातिको दर्जा माग र अधिकार भारतीय गोर्खाहरूको लागि ठुलो राजनीतिक समस्याको समाधान होइन। यो त एउटा गोर्खा जातिको लागि धोका मात्र हो। भारतीय गोर्खाहरूको जातीय एकतालाई बिथोल्न र तोड्ने प्रयास मात्र हो भारतीय राजनीतिक नेतृत्वहरूको। गोर्खा जातिको सामुदायिक  समाज परिवर्तनका लागि महत्वपूर्ण कदम अब भारतीय गोर्खाहरूले उठाउन अग्रसर हुनुपर्छ। ११ जनजातिको मान्यताले  नेपाली/ गोर्खाली जातिको १२५ जातिको अस्तित्व र अस्मिता खतरामा बनाएको छ।


गौतम कालिकोटे


हाम्रो ११ जनजातिको मुद्दा गोर्खा जातिको राजनैतिक माग हो। यस मुद्दा महत्वपूर्ण छ तर धेरै गलत प्रकारले प्रस्तुत गरिएको छ। जातीय उपजातिहरूको सही प्रकारले विश्लेषण गरिएको छैन।

गोर्खा जाति

हिमालयन बेल्टका दुई ठूला जातिहरू छन्- आर्यन- इन्डो खस र तिब्बतो-बर्मीली गोर्खा । खसमा बाहुन, छेत्री, ठकुरी, कामी, गायने, दमाई र सार्की समावेश छन्। तिब्बतो-बर्मीलीमा राई, लिम्बू, नेवार, लेप्चा, मगर, तामाङ शेर्पा, गुरूङ, योल्मो, याखा, इत्यादि समावेश छन्। राई र लिम्बूलाई  किरात भनेर चिनिन्छन्।

भारतीय गोर्खाहरू भित्रका समुदायहरूको फरक जातीय पृष्ठभूमि छ। उदाहरणका लागि लिम्बु, नेवार, लेप्चा, तामाङ(मुर्मी), मगर, शेर्पा आदि भारत जस्तो ठूलो देशमा सजिलोसँग आफ्नो चिन्हारीको परिचय प्रदान गर्न सक्छन् उनीहरूको स्वभाव र शारिरिक बनावटले। यसैले भारतीय सन्दर्भमा गोर्खा जातीय चिनारीलाई नेपाली भाषा, औपनिवेशिक भूतकाल, गोर्खा रेजिमेन्ट, ऐतिहासिक अनुभव, चलन, परम्परा, क्षेत्र, खाना बानी (सेलरोटी, किनेमा, गुन्ड्रुक, थुक्पा, मोमो, तामा) जस्ता धेरै गुणहरूद्वारा विशेषता दिएको छ भने सङ्गीत (नेपाली गीत, तामाङ सेलो), आदि। परम्परागत गोर्खा टोपी र खुकुरीले हाम्रो दृश्य चिनारी दिन्छ।

 ऐतिहासिक तथ्यहरू

  १. खस जाति

प्राचिन धार्मिक ग्रन्थहरू रामायण, महाभारत तथा पुराणहरूलाई विश्वका सम्पूर्ण हिन्दुहरूले सत्य तथ्य घटनामा आधारित भएको मान्दछन। पौराणिक कालदेखि उत्पीडनमा परेको एकमात्र जाति खस हो । खसहरूलाई बाल्हिक देशमा बसेको हुनाले महाभारत ग्रन्थमा ‘अपवित्र’ भनी निन्दा गरिएको छ । प्राचिन धार्मिक ग्रन्थहरू रामायण, महाभारत तथा पुराणहरूले खसहरूलाई बेग्लै जातिको रूपमा उल्लेख गरेका छन् । प्राचिन धार्मिक ग्रन्थहरू रामायण, महाभारत तथा पुराणहरूलाई विश्वका सम्पूर्ण हिन्दुहरूले सत्य तथ्य घटनामा आधारित भएको मान्दछन् ।

इतिहासकार रामनिवास पाण्डे आफ्नो पुस्तकमा लेख्छन् “सिन्धु घाटी सभ्यताबाट विस्थापित भएका आर्यहरू, किराँतहरू, खसहरू, तिब्बत-मङ्गोलियन मूलका जातिहरू तथा राजपूतहरू हिमालय भेगतिर पाइन्छन्।

अर्का नामी इतिहासकार हेमिल्टनको वर्णन हेरौं

“पश्चिम हिमालय भेगका वास्तविक बासिन्दाहरू हिमाली क्षेत्रमा नै बस्ने जातिहरू थिए र खस भन्ने शब्द हिमालय भूभाग तिर बस्ने जनजातिबाट आएको हो जसलाई मैदानी इलाकाबाट आएका आक्रमणकारीहरूले संहार गरे।”

अर्का प्रसिद्ध इतिहासकार इमानसिंह चेम्जोङ लेख्छन् “कश्मीरदेखि त्रिशुली नदीसम्मको भूभाग ‘खस भूमि’ थियो र त्यहाँका बासिन्दाहरू खस थिए।”

प्रसिद्ध इतिहासकार एटकिन्सनले आफ्नो पुस्तकमा लेखेका छन् “उत्तरी हिमालयमा दरद, कस्मिरा, काम्बोजा, गान्धरा, चीना, शक, यवन, हुण तथा खसहरू बसोबास गर्दथे । नागा, किराँत तथा खसहरू उत्तरी हिमालयमा त्यही बाटोबाट प्रवेश गरे जहाँबाट आर्यहरू आएका थिए भन्ने प्रशस्त आधारहरू छन् । किराँतहरू पहिला आए त्यसपछि नागाहरू अनि त्यसपछि खसहरू आए । एटकिन्सनले स्पष्ट रूपमा खस र आर्य दुइवटा बेग्लै नश्लका हुन् भनि लेख्नु भएको छ।

प्रख्यात इतिहासकार प्रा.डा. सुरेन्द्र के.सी. ले आफ्नो लेख “नेपालको जातीय प्रश्न र अहिलेका चुनौती” मा स्पष्ट रूपले “खस-आर्य समानान्तर हुन् कि पृथक ? भन्ने शीर्षक अन्तर्गत निम्न सत्य तथ्य कुराहरूको वर्णन गर्नु भएको छ :

आर्यहरू हिन्दु पूजाविधि र संस्कार-संस्कृतिका उपासक थिए भने खसहरू प्रकृति र मष्टोपूजक धामी परम्पराका उपासक थिए । जसको आफ्नै भाषा, भेग, मस्टो धर्म, धामी संस्कार र इतिहास छ र महत्वपूर्ण कुरा तिनीहरू मद पनि ग्रहण गर्ने भई मतवाली खस क्षत्री पनि कहलिइन्थे I

भारतमा हिमाचल प्रदेश, कश्मीर, गढवाल, पञ्जाब ,गानधार,मध्य प्रदेशतिर यो जाति पाइन्छ। प्राचीनकालदेखि नै उनीहरू जनजातिहरू हुन्।

भारत सरकारबाट यो कुरालाई सही विश्लेषण नभएको कारण आज यो एउटा राजनैतिक मुद्दा बनाएको छ।

   २. कामी जाति

अर्को कामी जातिलाई हेरौं।

धारावाहिक सिरियल रामायण र महाभारतका निर्माता निर्देशक रामानन्द र दयानन्द सागर, भारतका सातौँ राष्ट्रपति ज्ञानीजैल सिंह, चर्चित अभिनेता अजय देवगण, अभिनेतृहरू रति अग्निहोत्री, जुही चावला, आशा पारेख, क्रिकेट खेलाडी हरभजन सिंह, हक्कीका कप्तान वीरेन्द्र सिंह, मलायम फिल्म गायक हरि दास, भारतीय चलचित्र निर्देशक भि.सन्तराम, कवि लेखक तथा निर्देशक गुल्जार आदि विश्वकर्मा समुदायलाई प्रतिनिधित्व गर्दछन् ।

साधारण अर्थमा कामी जातिको पर्यायवाची शब्द नै विश्वकर्मा हो । अर्थात् विश्वकर्मा भनेका ‘पानी नचल्ने तल्लो जात र दलित समुदायको एउटा जाति’ हुन् भन्ने बुझाइ छ । तर, विश्वकर्मालाई यति सीमित घेराभित्र मात्र बुझ्दा न्याय हुँदैन । भारतको इतिहास र हाम्रो तराई क्षेत्रको सामाजिक संस्कृतिलाई हेर्दा त्यहाँ विश्वकर्माहरू हुनेखाने वर्गमा पर्दछन् र उनीहरूमाथि खासै छुवाछूत छैन । नेपालको पहाड क्षेत्रमा आइपुग्दा यिनलाई दलित समुदायभित्रका बाहुन वर्ग भनेर कसैले आरोप लगाउने गरिन्छ । तर सिन्धु सभ्यतालाई नियालेर हेऱ्यौं भने, विश्वकर्मा भनेका कला, सीप, साहित्य र शालिन संस्कृति भएको तथा उत्पादनसँग जोडिएर समाजको निर्माण गर्ने कामी (सुनार)सहित दलितभित्रका अन्य जाति पनि हुन् ।

अझ, दलित आन्दोलनका दिग्दर्शक भगतसर्वजीतले समाज निर्माणको दायित्व वहन गरेर पनि विभिन्न विभेद भोगिरहेका जातिहरू सवै विश्वकर्मा हुन् भन्ने हिसाबले व्याख्या गर्दै २००३ सालमा विश्वसर्वजन स्थापना गरेर मुक्ति आन्दोलन आरम्भ गरेका थिए । यो जातिलाई दलित खस जाति भनिन्छ। जस्तो दमाई, सार्की ,गाइने आदि पनि खस जातिको दलित समुदायमा आउँछ। छेत्री, ठकुरी खस जातिको एक जाति हो जो राजाहरूले आफ्नो भरमा जातिको विभाजन गरिएको थियो जसको फलस्वरूप आज हाम्रो समाज विभाजन भएको छ।

३. के ११ जनजातिको मुद्दा सही मुद्दा हो?

यसैको आधारमा भावनात्मक रूपमा प्रयोग गरेर गोर्खा जातिलाई भारतीय राजनीतिकज्ञहरूले शोषण गर्दै आएको छ। खस जातिको अस्तित्व बाहुन, छेत्री, ठकुरी कामी, सार्की, दमाई र गाइने आदि हो। हामीलाई ST/SC/OBC को दर्जामा राखेर राजनीति गर्ने मौका पनि हाम्रो जातीय नेताहरूको राजनैतिक अदुरदर्शीता र अपरिपक्वताको परिणाम हो। जब हामी विभिन्न राष्ट्रिय राजनैतिक दलको खेताला भएर हाम्रो जातिको उत्पत्ति र उन्मुक्तिको काम गर्न खोज्छौं तब आफ्नो जातिको विभाजन गर्न खोज्छौं आफ्नो राजनैतिक स्वार्थको लागि। यसले गर्दा जातिले एउटा धातक परिणाम भोग्न पर्छ।

४. गोर्खा जाति अनि उपजाति

नेपाली/गोर्खाली मानिसहरू मुख्यत तिब्बती-मङ्गोलियाई हुन् तर तिनीहरू उत्तरी भारतीय भाषाको उपभाषा खस बोल्दछन्। धेरै नेपाली/ गोर्खालीहरूले आफ्नो जाति वा जाति नामलाई उपजातिको रूपमा प्रयोग गर्छन्।  इन्डो-आर्यन भाषाहरू, तिब्बतो-बर्मन भाषाहरू र आदिवासी मूलहरू यी तीन भाषाको मान्यता नै हाम्रो चिनारीको एक आधारभूत संरचना हो। खस समुदायको  आकृति विभिन्न जातीय भाषिक समुदायलाई लिएर बनिएको छ। जस्तो बाहुन, छेत्री, ठकुरी, कामी, दमाई, सार्की, गाइने आदि समावेश गर्दछ।

उनीहरूले उपजातिको रूपमा घिमिरे, दाहाल, पोखरेल, सापकोटा सम्बन्धित गाउँहरूबाट,व्यवसायिक नामहरू  (अधिकारी, भण्डारी, कार्की, थापा)।

धेरै खास उपजातिहरूमा –वल कतवाल, सिलवाल, दुलाल, खनाल, खुलल, रिजाल जस्ता उपजातिहरू समावेश छन्।

विष्ट, कुँवर, राणा, रावत, रावल, धामी, शाह, ठकुरी, चन्द जस्ता क्षत्रिय पदवीहरूलाई विभिन्न क्षेत्रका ठाकुरहरूले उपजातिका रूपमा लिएका थिए। खत्री क्षेत्रीले मुख्य धारा पहाड़ी बाहुनसँग थर साझा गर्छन्। अन्य लोकप्रिय छेत्री उपजातिहरूमा बस्नेत, बोगटी, बुढाथोकी, खड्का, खण्डयाट, महत, राउत शामिल छन्।

त्यस्तै आचार्य, भट्ट, जोशी, पण्डित, शर्मा, उपाध्याय जस्ता ब्राह्मण थर पहाड़ी बाहुनहरूले लिएका थिए।

जैसी बाहुनले कट्टेल, बनस्टोला, जैसी, पड्याको नामले छुट्टै थर राख्छ र मुख्य धारा बाहुनहरूसँग थर नाम साझा गर्दछ।

अरू बाहुन उपजातिहरूमा अर्याल, भट्टराई, बाँसकोटा, चौलागाईं, देवकोटा, ढकाल, ज्ञवाली, कोइराला, मैनाली, पाण्डे, पन्त, लौदरी पाण्डे, पौडेल, रेग्मी, सुवेदी, तिवारी, उप्रेती, लम्साल, र ढुङ्गेल रहेका छन्।नपहाडी अञ्चलमा धेरै भारतीय आप्रवासीहरू खास मानिसहरूकै अधीनमा छन् र उनीहरूको पूर्खा कुलको नाम मारहट्ट, रथौर, चौहान थियो। खास-दलित सरनेममा कामी, विश्वकर्मा वा बीके, दमाई, मिजर, देवल, परियार, राणापेहेली, सार्की समावेश छन्।

बहुपक्षीय पृष्ठभूमिका नेवार समूहहरू दुवै इन्डो-आर्य उपनामहरू (श्रेष्ठ, जोशी, प्रधान जस्ता) र महर्जन, डंगोल जस्ता आदिवासी थर राख्छन्।

मगरहरूले बरस, बुढाथोकी, लामिछाने, थापा जस्ता खस मानिसहरूबाट निकालेको उपजातिहरू र दुरा, घरती, पुन, पुलमी जस्ता आदिवासी मूलको उपभोग गर्दछन्। अन्य हिमालयन मङ्गोलियन जातिले तिब्बतो-बर्मी उपनामहरू राख्छन् जस्तै गुरूड, तामाङ थाकाली, शेर्पा।

विभिन्न किराँती जातीय समूहले खास मूलका इन्डो-आर्य उपनामहरू समावेश गर्दछ जुन यी थरहरू राई, सुब्बा, जिम्मी, दीवान काम र स्थितिद्वारा निर्मित जातिहरू हुनू। तराई समुदायमा दुबै इन्डो-आर्यन र आदिवासी मूल जातिहरू छन।

५. भाषिक अल्पसंख्यक बनाम ११ जनजाति

 यसैले भाषिक  समुदायको रूपमा विभिन्न क्षेत्रबाट पिछडिएका भारतीय गोर्खाहरूको आर्थिक, समाजिक, शैक्षिक,स्वास्थ्य, पर्यटकीय क्षेत्र लगायत विभिन्न समस्यालाई आमसञ्चार माध्यमबाट राष्ट्रिय बहसको बिषय बनाउने र सम्बन्धित निकायलाई समस्या समाधानका लागि घचघच्याउने उद्देश्यका साथ यस क्षेत्रमा सक्रियरूपमा कार्य गर्ने समय आएको छ।

११ जनजातिको दर्जा माग र अधिकार भारतीय गोर्खाहरूको लागि ठुलो राजनीतिक समस्याको समाधान होइन। यो त एउटा गोर्खा जातिको लागि धोका मात्र हो। भारतीय गोर्खाहरूको जातीय एकतालाई बिथोल्न र तोड्ने प्रयास मात्र हो भारतीय राजनीतिक नेतृत्वहरूको। गोर्खा जातिको सामुदायिक  समाज परिवर्तनका लागि महत्वपूर्ण कदम अब भारतीय गोर्खाहरूले उठाउन अग्रसर हुनुपर्छ। ११ जनजातिको मान्यताले  नेपाली/ गोर्खाली जातिको १२५ जातिको अस्तित्व र अस्मिता खतरामा बनाएको छ।

भारतीय गोर्खाहरूको राजनीतिक सुरक्षा भोटे, लाप्चे र गोर्खाहरूको एकीकरणमा निमित्त छ। यसको कार्यहरू जस्तै संस्थागत बिकास, सांस्कृतिक पुनर्जागरण, हाम्रो जातीय शैक्षिक पुनर्निर्माण वातावरण तथा यसको संरक्षण अधिकृत आर्थिक आय स्तर वृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन, अल्पसंख्यक गोर्खा जातिको भाषिक पर्यटन विकास लगायत समाजका विभिन्न सरोकार राख्ने पक्षबारे राष्ट्रिय रूपमा नै बहस गराउन  आफ्ना गतिविधिहरू अगाडी बढाइरहेको हुनुपर्छ।

हाम्रो जातीय पहिचानको पार्क जस्तै लालीगुराँस पार्क, लालीगुराँस अन्तर्गत पर्ने आयुर्वैदिक  संस्थान, धार्मिक पर्यटकीय स्थल, सिञ्चेल नाम, महाकाल बाबा तीर्थस्थल  आदि  जस्ता धेरै भारतीय गोर्खाहरूको चिनारीको इतिहासलाई बोकेको क्षेत्रहरूको विकास गर्दै हाम्रो जातिको बाहुल्यता रहेको अस्तित्व र अस्मिताको चिनारीको संरक्षण गर्नु पर्छ।

भारतीय गोर्खाहरूको विशाल संस्कृति र वैभवतालाई स्थानियदेखि राष्ट्रियस्तरसम्म पर्वद्धन गर्न सकिएको छैन।  क्षेत्रमा रहेका अथाह सम्भावनाहरूलाई उजागर गर्नु पर्ने टडकारो आवश्यकता देखिएको छ । यी सबै सम्भावनाहरूको उजागर गर्दे सम्वन्धित निकायसम्म पुऱ्याउन र प्रवर्द्धन गर्न गोर्खा जातिको सामुदायिक आम परिवर्तनको दृष्टिकोणको महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास लिएको छ ।

 ६. भारतीय गोर्खाहरूलाई किन भाषिक अल्पसंख्यक समुदायको लागि समावेश गर्दैन?

भाषिक अल्पसंख्यक त्यो समूह हो जसको मातृभाषा त्यो देशकोको मुख्य वा प्रमुख भाषा भन्दा फरक हुन्छ। राज्यलाई कुनै पनि समूहलाई भाषिक अल्पसंख्यकको रूपमा घोषणा गर्ने अधिकार छ।  भाषिक अल्पसंख्यकलाई तिनीहरूको सामाजिक र  आर्थिक  विकास, शैक्षिक, सांस्कृतिक र राजनैतिक अवधारणाको विकासको दिइन्छ। विभिन्न देशहरूमा भाषिक अल्पसंख्यकहरूको अधिकार र संरक्षणका लागि संस्था / एकाई / अफिसरको एक प्रणाली छ।

भारतीय परिप्रेक्ष्य – भारतमा भाषिक अल्पसंख्यकहरूको विकासका लागि संविधानले विशेष अधिकारीहरू नियुक्त गर्ने व्यवस्था छ। १९५७मा भारतीय संविधानले विशेष अधिकारीका लागि कार्यालय स्थापना गरेको थियो जसलाई आयुक्त भनिन्थ्यो, आयुक्त राष्ट्रपतिद्वारा नियुक्त गरिन्छ। आयुक्तको काम र उद्देश्य भाषिक अल्पसंख्यकहरूको सुरक्षा र विकास सम्बन्धी कार्यको अनुसन्धान गर्नु र ती कार्यहरू राष्ट्रपतिलाई रिपोर्ट गर्नु हो।

यसको उद्देश्य भाषिक अल्पसंख्यक समुदायलाई समान अवसर प्रदान गर्नु र राष्ट्रको गतिशीलतामा उनीहरूको सहभागिता पुष्टि गर्न हो।

संवैधानिक प्रावधान – भाग १७ भारतीय संविधानको अनुच्छेद  350 को थप गरिएको छ। १९५२ सालमा भारतको संसदमा स्व अरिबहादुर गुरूङले गोर्खाहरू भारतमा अल्पसंख्यक छन्। उनीहरूलाई विशेष अधिकार दिनुपर्छ भनी आवाज उठाएका थिए तर बालकिशन रेन्केको नेतृत्वमा रहेको अल्पसंख्यक बाहेक अन्य जातिहरूको स्थिति अध्ययन गर्नका लागि काका कालेलकर आयोग फेब्रुअरी  2006 मा गठन गरिएको थियो।

त्यस समयमा केन्द्र सरकारसँग आदिवासी जनजातिलाई राहत दिन कुनै कार्ययोजना थिएन। तसर्थ, तिनीहरू पछि राज्यहरूमा वश गरिएको थियो। पहिलो र तेस्रो पञ्चवर्षीय योजनासम्म यसको लागि प्रावधान थियो, तर केही कारणहरूले विकास रकम खर्च हुन सकेनन, त्यसपछि ती सूचीबाट हटाइयो।

जबकि, प्रतिवेदनले स्पष्ट रूपमा भन्यो कि केही जातजाति अल्पसंख्यक र अनुसूचित जाति, जनजाति र पिछडिएको जातिभन्दा पछाडि छन्। जोड यो थियो कि उनीहरूको लागि पनि छुट्टै प्रावधान हुनुपर्दछ।  नरेन्द्र मोदी सरकारले उनीहरूको लागि पुन: सर्वेक्षण गरेको छ। त्यहाँ एउटा आशा थियो , त्यहाँ एक पूर्ण समाधान हुन सक्ने थियो। यद्यपि विगतको इतिहासलाई औंल्याउँदैन, भारतीय गोर्खाहरूको कुनैपनि नेताहरूले र राजनीतिक दलहरूले यो बिषय कुनै पनि कुरा उठाएनन् ।

भारतभरि छरेर बसेको गोर्खा जातिलाई अल्पसंख्यक जस्तो विशेष प्याकेज पनि पिछडिएका जातिको आर्थिक सुधारका लागि दिइनु पर्छ भन्ने सम्म आवाज उठाउन सकिएन। ११ जनजातिको दर्जा भन्दा त दरिलो खम्बा थियो यो अल्पसंख्यक समुदायको समावेशी मान्यता। तर कसैले पनि राष्ट्रिय स्तरमा गोर्खाहरूलाई संविधानिक अधिकारको रूपमा अल्पसंख्यक समुदाय कुरा उठाइएको छैन। भन्नुको अर्थ भारतीय गोर्खाहरूको चिनारी , अस्तित्व र अस्मिताको  धरातल निर्माण गर्ने आजसम्म कुनै राजनीतिक दल अथवा समाजिक संस्था नै भारतमा छैन।


अनुवाद- ज्योति कुमार मुखिया

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

विज्ञापन