सायोनी घोषसँग कालेबुङ जिल्ला तृणमूल युवा समितिको भेटघाट

खबरम्यागजिन डेस्क


राज्यको नयाँ तृणमूल काङ्ग्रेस युवा सभापति सायोनी घोषसँग कालेबुङ जिल्ला तृणमूल काङ्ग्रेस युवा समितिको एक टोलीले आज कलकत्ताको तृणमूल भवनमा भेटघाट गरेको छ। 

भेटघाटको क्रममा सायोनीलाई कालेबुङ जिल्ला युवा समितिको पक्षबाट टोलीले उनलाई खदा लगाएर राज्यको तृणमूल युवा सभापतिको रूपमा उनको नियुक्तिको निम्ति बधाई दिएको जानकारी जिल्ला युवा सचिव सञ्जय गुरुङले दिएका छन्।

लामो समयसम्म चलेको भनिएको  उक्त वैठकमा जिल्ला युवा अध्यक्ष प्रणय थुलुङ, महासचिव सञ्जय गुरुङ, उपाध्यक्षद्वय फिरोज प्रधान र करन सुन्दास (अधिवक्ता) अनि सहयोग गुरुङ उपस्थित भएको टोलीको प्रतिनिधित्व अध्यक्ष थुलुङ स्वयंले गरेको बताइएको छ। 

विधानसभा चुनावमा हिल तृणमूलभित्र फूट देखापरेको हो। हिल तृणमूल अध्यक्ष एल. बी. राई अनि राज्यसभा सांसद शान्ता क्षेत्रीको टोलीले दलको तर्फबाट चुनावमा विमल खेमालाई सहयोग गर्ने घोषणा गरेका थिए। तर उक्त घोषणासँग असन्तुष्टि जाहेर गरेर दलभित्रैबाट कतिजना अगाडि आएका थिए। सायोनी घोषसँगको आजको वैठकमा टोलीले यस खिचातानी बारे पनि चर्चा गरेको थाहा लागेको छ। 

‘विधानसभा चुनावमा कालेबुङको युवाहरूले चालेको कुटनैतिक चलखेलको युवा सभापतिले सराहना गरेकी छिन्’, सञ्जयले यस बारे भने। 

कालेबुङको विकास अनि बेरोजगारीको समस्यामाथि पनि चर्चा गरिएको जानकारी सञ्जयले दिएका छन्। 

‘कालेबुङ जिल्लाको उन्नतिमाथि राज्य युवा सभापति गम्भीर छिन्। उनले आफ्नो क्षमता र पार्टीको तर्फबाट सक्दो सहयोग पुऱ्याउने बाचा समेत गरेकी छिन्’, गुरुङले भनेका छन्। 

सायोनीले राज्यमा रहेको २३ वटै जिल्लाहरुमा लकडाउनपछि चाँडै भ्रमण गर्ने क्रममा कालेबुङ जिल्ला उहाँको महत्त्वपूर्ण राजनैतिक भ्रमण रहने जानकारी गुरुङले दएका छन्।

‘राज्य युवा सभापतिको निमन्त्रणामा गएको टोलीको आज सफल र फलदायी वैठक पश्चात पार्टीको अन्य सिनियर लिडर र राज्यको भारप्राप्त माननीय मन्त्रीहरुसँग वैठकको प्रोजेक्ट छ’, टोलीको भावि कार्यक्रम बारे गुरुङले जनाएका छन्।


 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन