खरसाङ बजारलाई व्यवस्थित गर्न नगरपालिका व्यवसायीहरुसँग बैठक बस्ने

खबरम्यागजिन डेस्क


खरसाङमा बजारमा बाटो, फुटपाथ, रेलको लिकहरुतिर चलिरहेको दोकानलाई व्यवस्थित गर्न अनि खरसाङ बाहिरबाट सब्जी बेच्न आउने व्यापारीहरूलाई नियोजित स्थान दिएर खरसाङलाई सफा अनि मानिसको निम्ति बाटो फराकिलो बनाउने मनसायले खरसाङ नगरपालिका अनि पुलिस प्रशासनले एक  बैठक गरेको छ।

 

वैठकपछि खरसाङ नगरपालिकाका अध्यक्ष ब्रिगेन गुरुङले  भने, ‘कोविड महामारीलाई ध्यानमा राखेर नगरपालिका अनि पुलिस प्रशासनले फुटपाथमा हकर्सहरुले चलाइरहेको दोकानलाई व्यवस्थित गर्न कदम चाल्ने निर्णय लिइएको छ। महामारीको समय जहाँ एक गजको दूरी अप्नाइनुपर्ने सूचना प्रसारण भइरहेको छ, अर्कोतिर खरसाङ बजारमा मानिसलाई राम्ररी हिड्नसम्म नसक्ने स्थिति बनेको छ।’

 

‘आई सी खरसाङ नबेन्दु सरकारले पनि यस विषयमा चासो राखेका छन् । खरसाङको जनता अनि बाहिरबाट बजार आउने जनतालाई कसरी सुविधा  दिन सकिन्छ? यही  आजको बैठकको मुख्य मुद्दा रह्यो’, उनले थपे।

 

धोवीखोलादेखि पुरानो सिनेमा हलसम्मको रेलवेलिक सफा गरिए हकर्सहरुलाई त्यहाँ स्थान दिन सकिने कुरा विग्रेनले उल्लेख गरेका छन्। बजारका सम्पूर्ण व्यवसायीहरूलाई राखेर चाँडै एउटा वैठक बस्ने जानकारी दिइएको छ।

 

उनले व्यवसायीहरूलाई अपिल गरेका छन्, ‘आफ्नो दोकानको निम्ति दिइएको क्षेत्रभित्र मात्र आफ्नो दोकान चलाउनुहोस। अव्यवस्थित अनि अनाधिकार ढङ्गमा दोकान चलाइन अनि बाटोछेउ, रेलको लिकमा मैला गरेर दोकान चलाउने तरिका  बन्द हुनपर्छ। मधेश क्षेत्रबाट भ्याक्सिन नलगाई दोकानपाट चलाउने व्यवसायीहरुले कोविडबाट बाँच्न अनि मानिसलाई बचाउँन नगरपालिकालाई सहयोग गरुन्। नियम कानुन उल्लङ्घन गरे  नगरपालिका अधिनियम अनुसार पुलिस प्रशासनले कानुनी कारवाही पनि गर्न सक्ने छ।’

 

आजको सभामा खरसाङ पुलिसका आईसी नबेन्दु  सरकार अनि खरसाङ नगरपालिकाका नगर अध्यक्ष ब्रिगेन गुरुङ, उपाध्यक्ष सुबास प्रधान, सफाई इन्स्पेक्टर रमेश सुब्बासमेत पार्षदगण उपस्थित रहेको जानकारी नगरपालिका उपाध्यक्ष सुवास प्रधानले दिएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन