मस्तिष्कघातपछि वरिष्ठ कवि वैरागी काइँला अस्पतालमा

खबरम्यागजिन डेस्क


साहित्यमा ‘वैरागी काइँला’ नामले चिनिने वरिष्ठ आयामेली कवि तिलविक्रम नेम्बाङ मस्तिष्कघातपछि अस्पतालमा भर्ना भएका छन्।

82 वर्ष पुगेका काइँला बिहिबार राति एक्कासी बेहोस भएपछि ओम अस्पतालमा उपचारको लागि भर्ना गरिएको नेपाली दैनिक समाचारपत्र कान्तिपूरले लेखेको समाचारबाट थाहा लागेको छ।

‘बुबाको देब्रे हात चल्न सकेको छैन, बोलीमा समस्या रहेको छ’, स्थति जटिल रहेको बताउँदै काइँलाकी छोरी नामोती नेम्बाङले कान्तिपूरसँग भनेकी छिन्।

चिकित्सकहरूले काइँलाको शारीरिक अवस्थालाई मस्तिष्कसम्बन्धी ‘इसिमिक स्ट्रोक’ भनेको थाहा लागेका छन्।

अस्पताल भर्ना भएको खबर आएपछि भारत अनि नेपालका अनेक साहित्यकार अनि पाठकहरूले उनको स्वास्थ्यलाभको कामना गरिरहेका छन्।

समाचार स्रोत अनि तश्विर: कान्तिपूर।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन