हाम्रो आफ्नो मागभन्दा उत्तर बङ्गाल धेरै सजिलो छ: बि. पी. बजगाइँ

खबरम्यागजिन डेस्क


हिजमात्र बङ्गाल प्रदेश अध्यक्ष दिलिप घोषको उत्तर बङ्गाल राज्यमाथि बयान आएको थियो। उनले भाजपा बङ्गाल विभाजनको पक्षमा नरहेको तर कुनै पनि राज्यको विभाजनको सम्भावना सधैं रहने कुरा राखेका थिए।

‘एउटा राज्यलाई बाँडेर पाँचवटा राज्य बनाइन सकिँदैन’, बङ्गालमा अहिले चलिरहेको गोर्खाल्याण्ड, कामतापूर, जङ्गलमहल अनि उत्तर बङ्गाल राज्यको मागलाई केन्द्र गरेर उनले भनेका थिए।

उनले अहिले उठिरहेको अलग राज्यको माग तृणमूल सरकारको अत्याचारको कारण भएको अनि यी क्षेत्रहरूलाई न्याय अनि विकास दिइए यहाँका जनताले आफ्नो माग छोडिदिने दावी गरेका थिए।

हिजकै दिन मिरिक पुगेका भाजपा विधायक बि  पी. बजगाइँले उत्तर बङ्गाल राज्य सम्बन्धमा आफ्नो विचार साझा गरेका छन्।

‘जोन बारलाले उत्तर बङ्गाल राज्यको माग अगाडि ल्याउनुको अर्थ उत्तर बङ्गालका जनताले बङ्गालबाट उत्पीडित महसुस गरिरहेको प्रस्फुटन हो। किनकि उत्तर बङ्गालमा बस्ने हरेक समुदायको भाषा, संस्कृति अनि संस्कार खतरामा छ। अनि यो ठाउँ बङ्गाल सरकारद्वारा अवहेलित छ’, बजगाइँले भनेका छन्। 

भारतीय जनता पार्टीले दुइवटा सङ्कल्प पत्रमा सामेल गरेको स्थायी राजनैतिक समाधीनमा पहाडको गोर्खा मात्र नभएर तराई अनि डुवर्सलाई पनि उल्लेख गरेको उनले जिकिर गरेका छन्।

‘जोन बारलाले कसको परामर्शमा यो माग अगाडि ल्याएका हुन्, मलाई थाहा छैन। तर उनको माग भाजपाको स्थायी राजनैतिक समाधान हो भने म त्यसलाई स्वागत गर्छु’, उनले भने।

‘उत्तर बङ्गालको परिस्थितिमा हेर्नु हो भने यहाँ हाम्रो आफ्नै माग छ। तर हामी 294 जनामा पिसिएका छौं। त्यो भन्दा उत्तर बङ्गाल धेरै सजिलो हो’, थपे।

बजगाइँले गोर्खाल्याण्डको तुलनामा उत्तर बङ्गालको माग सजिलो हुनुलाई यसरी खुलाएका छन्, ‘उत्तर बङ्गालमा केवल एउटै जाति अथवा समुदायको वर्चस्व हुँदैन। यहाँ त थुप्रै जातिका मानिस मिलेर बसेका छन्।’

बङ्गाल विभाजन स्वीकार्य छैन भन्ने मुख्यमन्त्री ममता व्यानर्जीको बयानमाथि पनि उनले प्रतिक्रिया दिएका छन्।

‘कुनै पनि राज्यको विभाजन मुख्यमन्त्रीले होइन, केन्द्र सरकारले संविधानको परिधिभित्र रहेर तय गर्ने हो’, उनले भनेका छन्।

‘म भाजपाको विधायक भएको कारण मेरो दलले भोलिको दिन कस्तो अडान लिन्छ, त्यो भन्न सक्दिनँ। तर उत्तर बङ्गालको एउटा पीडित समूहभित्रको म स्वयं पनि विधीयक हो। अलग राज्य हाम्रो विषय हो, म यसलाई बोकेर हिँड्छु’, बजगाइँले थपे।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन