एमएलडीबी अनि मायलल्याङ ईल्टाले रुदेन लेप्चालाई जनायो सम्बर्द्धना

खबरम्यागजिन डेस्क


मायलल्याङ इन्डिजिनियस लेप्चा ट्राइबल एसोसिएनले आज एउटा कार्यक्रमको आयोजना गरेर कालेबुङ विधानसभा क्षेत्रका विधायक रूदेन सादा लेप्चालाई जीतको निम्ति  बधाई दिन लेप्चा पारम्परिक ढङ्गमा सम्मान जनाउँदै  सम्बर्द्धना पत्र प्रदान गरेको छ।

सन्त अगस्टिन विद्यालयको भवनमा सम्पन्न  कार्यक्रममा मुख्य अतिथि विधायक रूदेन सादा लेप्चा उपस्थित थिए। एमएलडीबी चेयरमेन ल्याङसोङ तामसाङ, एसोसिएसनका सचिव अजुक लेप्चा, पावल सिमिक लगायत विभिन्न सेजुमका प्रतिनिधि कार्यक्रममा उपस्थित थिए।

कोभिडको प्रोटोकललाई पालन गरेर सम्पन्न भएको कार्यक्रममा बोल्दै एमएलडीबी चेयरमेन ल्याङसोङ तामसाङले रूदेनको सराहना गरे, ‘मैले  यतिको बर्षमा जनताको पक्षमा काम गर्ने विधायक यसपटक देखिरहेको छु। विधायक रूदेन सादा लेप्चामा मैले कार्य गर्ने क्षमता देखेको छु। आशा छ, भविष्यमा उनले जनताको पक्षमा धेरै कार्य गर्नेछन्।’

कार्यक्रमलाई सम्बोधन गर्दै विधायक रूदेन सादा लेप्चाले सङ्गठनलाई आभार व्यक्त गरे,  ‘मलाई सम्मान जनाउनुहुने एमएलडीबीका चेयरमेन, प्रतिनिधिहरू, सबैलाई धन्यवाद दिन चहान्छु।’

‘अब पहाडले भावनात्मक कुरा होइन त व्यवहारिक कुरा अँगाल्न थालेको छ भन्ने सन्देश हो मेरो जित। यसपालि चुनावमा खडा भएको समय धेरैले लेप्चा भोट बाँडिन्छ अनि रूदेन हार्छ भनेका थिए। लेप्चा भोट बाँडिएन। मेरो जीत तपाईंहरूको समर्थनबाट भयो। यसको निम्ति म आथिङ ल्याङसोङ तामसाङ लगायत सङ्गठनका सम्पूर्णलाई धन्यवाद दिन चहान्छु’, रूदेनले भने।

कोभिडको कारण कतिपय कामकाजमा तालमेल मिलाउन नसकिरहेको अनि स्थिति सामान्य बनेपछि विकासलाई थप जोड दिने प्रतिवद्धता जाहेर गर्दै रूदेनले भने, ‘भोट जितेर म तपाईंहरूको प्रतिनिधि हुनु कुनै चर्च वा मन्दिरको घण्टी जस्तो हो। अब तपाईंहरूले तान्नुपर्छ, बजाउनुपर्छ अर्थात मलाई गर्नुपर्ने कार्यहरूमा तपाईंहरूले खै गरिरहनुपर्छ। केवल भोट जिताएर मात्र तपाईंहरूको जिम्मेवारी पूर्ण हुँदैन। मैले चुकेको ठाउँमा तपाईंहरूले मलाई साथ दिएको हुनुपर्छ किनभने म तपाईंहरूको निम्ति चुनिएको प्रतिनिधि हुँ।’

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन