जाँदाजाँदै राज्यपालले भने, जिटिएमा व्यापक भ्रष्टाचार भएको छ; क्यागद्वारा विशेष अडिट गराइने

खबरम्यागजिन डेस्क


आफ्नो सात दिने भ्रमण समाप्त गरेर आज दार्जिलिङबाट कलकत्ता प्रस्थान गर्न अगाडि बङ्गालका राज्यपाल जयदिप धनकडले जिटिएमा करोडौं रूपियाँको भ्रष्टाचार भएको आरोप लगाएका छन्।

उनले जिटिएमा क्यागद्वारा विशेष अडिट गराइने अनि भ्रष्टाचारमा लिप्त आरोपीहरूमाथि कारबाही गरिने कुरा राखेका छन्।

‘दार्जिलिङको मेरो बसाई अवधि मसँग भेट गर्न आएका धेरैजना जनप्रतिनिधिहरूले जिटिएमाथि गम्भीर आरोप लगाएका छन्’, धनकडले भने, ‘जिटिएको निम्ति करोडौं रकम दिइए पनि यहाँ त्यस स्तरको विकास भएको छैन।’

धनकडले चार सालदेखि यता जिटिए चुनाव नभएको कुरा पनि अगाडि ल्याएका छन्।

‘सन् 2017 देखि यता जिटिएको चुनाव भएको छैन। यसमा कुनै निर्वाचित सदस्य छैनन्। यो लोकतन्त्रको हत्या हो’, धनकडले बताएका छन्।

‘करोडौं रूपियाँ दिइएर पनि जिटिए एकाउन्टको अहिलेसम्म अडिट भएको छैन’, धनकडले भने, ‘एक राज्यपाल हुनको कारण मसँग अधिकार छ। म जिटिए एकाउन्टमा चाँडै क्यागको एक विशेष अडिट सुनिश्चित गर्नेछु ताकि जिटिए बोर्ड अफ एडमिनिस्ट्रेटर यसको उत्तरदायी बनुन्,’ जाँदाजाँदै जयदिप धनकडले भनेका छन्।

धनकडको सात दिनको भ्रमणमा असङ्ख्य राजनैतिक अनि अराजनैतिक टोली उनीसँग भेट गर्न गएका थिए। धनकडलाई भेट्ने हरेकको जोड स्थायी राजनैतिक समाधान अनि गोर्खाल्याण्ड राज्य गठनको लागि पहल गर्नतिर थियो।

तर राज्यपालले जान अगाडि पिपिएस अथवा गोर्खाल्याण्डको निम्ति उनी समक्ष आएका असङ्ख्य ज्ञापनपत्रमाथि केही टिप्पणी गरेनन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन