अतिरिक्त छुटसहित थप पन्ध्र दिनको निम्ति बढ्यो लकडाउन

खबरम्यागजिन डेस्क


पश्चिम बङ्गाल सरकारले हाल चलिरहेको लकडाउनलाई थप पन्ध्र दिनको निम्ति अर्थात 15 जुलाईसम्म बढाउने घोषणा गरेको छ।

मानिसहरूको सुविधालाई ध्यानमा राखेर चौंथो चरणको लकडाउनमा अतिरिक्त छुट प्रदान गरिएको छ।

चौंथो चरणको यस लकडाउनमा पचास प्रतिसत यात्रीहरू सहित निजी अनि सरकारी बसहरूलाई चल्न छुट दिइएको छ।

पार्लर अनि सलुन 11 बजेदेखि 6 बजेसम्म पचास प्रतिसत ग्राहक सहित खुल्ला रहनेछ। तर सम्पूर्ण कर्मचारी अनि ग्राहकहरूको टिकाकरण भइसकेको हुनुपर्ने सर्त राखिएको छ।

बजार/हाट 6 बजेदेखि 12 बजेसम्म खुल्ला रहनेछ। अन्य दोकानहरू 11 बजेदेखि बेलुकीको 8 बजेसम्म खुल्ला रहनेछ।

चौंथो चरणको लकडाउनमा जिमलाई पनि छुट दिइएको छ। तर पचास प्रतिसत मान्छे सहित बिहानको 6 बजेदेखि 10 बजेसम्म अनि बेलुकीको 4 बजेदेखि 8 बजेसम्म सञ्चालन हुने निर्देश जारी गरिएको छ।

निजी कार्यलय पचास प्रतिसत कर्मचारीहरूको उपस्थिति सहित खुल्ला रहनेछन्। कर्मचारीहरूको यातायात संस्था स्वयंले सुनिश्चित गर्नुपर्ने छ।

ब्याङ्क सेवा बिहानको 10 बजेदेखि दिउँसो 2 बजेसम्म खुल्ला रहने छ।

रेल सेवा चौंथो चरणको लकडाउनमा पनि स्थगित गरिएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन