जिटिए चौकी: राज्यको छनोट अनित, विमलको आपत्ति?

खबरम्यागजिन डेस्क


बङ्गाल विधानसभा चुनावपछि पहाडको राजनैतिक माहोल फेरि गर्माउन थालेको छ। राज्यमा तृणमूल सरकारले वापसी गरेपछि अब सवाल जिटिए चौकीको छ।

विधानसभा चुनावपछि राज्य सरकारले सुरेन्द्र गुप्तालाई जिटिएको चौकीमा मनोनित गरेर राख्नुलाई राज्य सरकारले जिटिए चुनाव गराउन सक्ने सङ्केतको रूपमा हेरिएको थियो।

तर उत्तर-बङ्ग संवाद खबर कागजले मङ्गलबार जिटिए बारे छापेको खबरले अर्कैतिर इसारा गरिरहेको छ।

 ‘अनितको जिटिए फिर्तीमा विमलको आपत्ति’, शिर्षकमा छापिएको समाचारले राज्य सरकारले अनित थापालाई जिटिए चौकीमा वापसी गराएर पहाडमा विकासको काम अगाडि बढाउने मन बनाएको कुरा उल्लेख गरेको छ।

‘गोर्खा जनमुक्ति मोर्चा विनय तामाङ शिविरमा अनित थापाले 1 जुलाईदेखि जिटिएको पदभार सम्हाल्ने हल्ला फैलिरहेको छ, तर विमल गुरूङले यसमाथि आपत्ति जनाएका छन्’, समाचारमा लेखिएको छ।

‘विमल गुरूङले अनित थापा होइन, शान्ता छेत्री अथवा एल. बी. राईलाई जिटिए प्रभारी बनाउन चहान्छन्’, उत्तर-बङ्गको उक्त समाचारमा लेखिएको छ।

अनिथ थापालाई जिटिए प्रभारी बनाइए पहाड अशान्त हुने विमल गुरूङले दावी गरेको बताइएको छ।

मोर्चा दोस्रो खेमा पार्टी सुत्र अनुसार अनित थापाले जिटिएमा वापसी गर्ने सम्भावना छ। तर अन्तिम समयमा पहाडमा तृणमूल काङ्ग्रेसको विस्तारको लागि चौकी शान्ता छेत्री अथवा एल. बी. राईलाई दिइनसक्ने सम्भावना पनि छ।

‘अब म मनोनित भएर होइन, निर्वाचित बनेर काम गर्न चहान्छु’, विधानसभा चुनाव प्रचारको क्रममा अनित थापाले भनेका थिए।

अनित थापाले अहिलेसम्म पनि मनोनित बनेर जिटिए चौकीमा जाने कुरालाई अस्वीकार गरिरहेको,  अनि दलभित्रबाट सबैको चहाना अनित थापाको जिटिए चौकीमा वापसी रहेको कुरा पार्टी स्रोतबाट थाहा लागेको छ।

जिटिएमा व्यापक भ्रष्टाचारको आरोपसँगै राज्यपाल जयदिप धनकडले दार्जिलिङ भ्रमण समाप्त गरेर कलकत्ता फर्कन अगाडि पछिल्लो चार सालसम्म जिटिए चुनाव नहुनुलाई लोकतन्त्रको हत्या बताएका थिए।

उत्तर बङ्ग संवादले छापेको समाचार अनुसार राज्य सरकारले अहिल्यै जिटिए चुनाव गराउन मन नबनाएको कुरा स्पष्ट भएको छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन