जिटिए पिपिएसको लागि बाधा, उत्तर बङ्गालको कारण दबिएर जान्छ मुद्दा: एनजिसी

खबरम्यागजिन डेस्क


‘सन् २०१७ मा स्थापना भएको एनजिसी एक गैर-राजनैतिक संस्था हो। यसको आचारसंहिता अनुसार यसमा राजनैतिक दलका नेताहरूको सहभागीता स्वीकार्य छैन’, वर्तमान क्रियाकलाप अनि भावी कार्यक्रम बारे जनाउन राष्ट्रिय गोर्खाल्याण्ड कमिटी(एनजिसी)ले आज कालेबुङमा एउटा पत्रकार सम्मेलन डाकेको थियो। उक्त पत्रकार सम्मेनलमा एनजिसीको पक्षबाट प्रभाकार देवानले भने।

पत्रकार सम्मेलनमा एनजिसीको पक्षबाट प्रभाकर देवान, उदय कुमाइ अनि डा. जी. एस योञ्जनले आफ्नो कुरा राखे।

पिपल्स फोरमले जिरो इनेमी सिद्धान्तमा काम गर्छ

‘एनजिसीले डा. महेन्द्र पी. लामाको सल्लाहमा पिपल्स फोरम बनाउने जिम्मा लिएको थियो। यसलाई सन् २०२४ को चुनावको तयारी भनेर आरोप लगाइयो। यो गलत धारणा हो’, प्रभाकार देवानले भने, ‘एनजिसीमा राजनैतिक दलका नेताहरूको भागिदारी हुँदैन। त्यसकारण राजनैतिक दलका नेता, सामाजिक संस्था अनि सम्पूर्ण स्टेकहोल्डरहरूलाई पिपिएसको लागि समेल गराउने यो एक एकल मञ्च हो।’

हाम्रो विभाजन सरकारको जीत हो

हामीले आफ्नो ढिटपनालाई पर राखेर काम गरौं। व्यवहारिक कुरामा बातचित गरौं। अहिलेसम्म तानातान गरिरह्यौं, अब एक भएर काम गरौं भन्ने हाम्रो विचार हो। हामीले सम्पूर्ण राजनैतिक दल अनि सामाजिक संस्थालाई पत्राचार गरिसकेका छौं। जवाब आउन बाँकी छ’, देवानले भने।

हाम्रो पिपिएस हामीलाई थाहा

देवानले भने, ‘भाजपाले आफ्नो सङ्कल्प पत्रमा पिपिएस उल्लेख गरेको छ। राज्यको ममता व्यानर्जीले पनि पिपिएस दिने कुरा गरेकी छिन्। वास्तवमा पिपिएस के हो, कसैलाई थाहा छैन। तर हाम्रो पिपिएस बङ्गालबाट छुटिएर अलग राज्य अथवा केन्द्र शासित प्रदेश हो।’

‘राजु विष्टले यहाँको म्यान्डेट पाएपछि उनको दाहित्व बन्छ। उनले सम्पूर्ण सांसद अनि विशेष व्यक्तिहरूको सर्वदलिय टोली लगेर यसको लागि गृहमन्त्रीसँग भेट गर्नुपर्छ’, देवानले भने। उनले राज्यसभा सांसद शान्ता छेत्रीलाई पनि बङ्गाल सरकारसँग पिपिएसको लागि कुरा थाल्ने आग्रह गरे।

  जिटिए पिपिएसको लागि वाधा हो

‘सरकारले पिपिएसलाई वाधा दिन जिटिएलाई माध्यम बनाइरहेको छ। हाम्रो आर्थिक अवस्था राम्रो छैन। फन्ड आएपछि जनता त्यसैको पछि लाग्छन्’, प्रभाकर देवानले भने।

उनले थपे, ‘जिटिए असफल भइसकेको छ। सरकारले जिटिए स्वायत्त शासनको निम्ति बनाएको थियो। तर यसमा स्वायत्तता छैन।’

उत्तर बङ्गाल राज्यले हाम्रो माग दबिएर जान्छ

‘अहिले उत्तर बङ्गाल राज्यको हावा चलिरहेको छ। यस हावामा हाम्रो आफ्नो मुद्दा दबिएर जान सक्छ। उत्तर बङ्गाल पनि बङ्गालकै एउटा भाग हो। हाम्रो उत्तर बङ्गालसँग भाषा, संस्कृति केही मिल्दैन। उत्तर बङ्गालले हाम्रो परिचय स्थापित गर्दैन’, डा. जि. एस. योञ्जनले भने।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन