भ्रष्टाचारको प्रमाण छ भने कानुनी प्रक्रियामा जान सक्छन्: विनय तामाङ

खबरम्यागजिन डेस्क


विनय खेमा उपाध्यक्ष नोर्देन लामा, केन्द्रिय समिती सदस्य प्रवीण रहपाल अनि कालेबुङ जिल्ला समिती प्रवक्ता भुवन खनालसँग कार्यालय सचिव शरण प्रधानले आज कालेबुङ दलबाट राजीनामा दिएपछि पार्टी अध्यक्ष विनय तामाङको यसमाथि प्रतिक्रिया आएको छ।

‘दलबाट चार नेतृत्वहरूको राजीनामाबारे समाचार मार्फत थाहा पाएँ। उनीहरूको राजीनामा पत्र अहिले हामीसम्म आइपुगेको छैन। यसैले यसमाथि कुनै ठोस निर्णय लिनेबारे सोंचेका छैनौं’, विनयले भने।

‘दलबाट चारजना नेतृत्वले राजीनामा दिए भन्ने सुनियो। यो गणतन्त्रमा उनीहरूले प्रयोग गर्ने अधिकार हो। जहाँ उनीहरू सन्तुष्ट छैनन्, यस अधिकारको प्रयोग गर्नसक्छन्’, विनयले भनेका छन्।

आफ्नो राजीनामाको घोषणा गर्दै केन्द्रीय समिति सदस्य प्रविण रहपालले दलमाथि भ्रष्टाचारको आरोप लगाउँदै विनय खेमा राजनैतिक दल नभएर कम्पनी भइसकेको कुरा गरेका थिए।

‘यदि पार्टीभित्र कोही भ्रष्टाचारमा सामेल रहेको प्रमाण उनीहरूसँग छ भने यसमाथि कानुनी प्रक्रिया अगाडि बढाउन सक्छन’, विनयले यसमाथि टिप्पणी गरे।

‘मिडियामा आएर बोल्नु एउटा कुरा हो, त्यसको प्रमाण जुटाउनु अर्को कुरा। आकासतिर फर्केर थुकेको थुक आफ्नै अनुहारमा पनि पर्न सक्छ’, विनयले थपे।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन