दोहोरो तनखा काण्ड: रूदेनले लेखे जिटिएलाई पत्र; भुवनले बताए, मानसिक प्रताडना दिने काम भइरहेको छ

खबरम्यागजिन डेस्क


विनय खेमाबाट आफ्नो राजीनामाको घोषणा गर्दै केही दिन अगाडि मात्र केन्द्रीय समिति सदस्य अनि कालेबुङ जिल्ला समिति प्रवक्ता भुवन खनालले रूदेन लेप्चामाथि भ्रष्टाचार अनि मनमानीको आरोप लगाएपछि दुईबीच आरोपको खेला शुरू भएको हो। 

आफूमाथि भुवनले लगाएको भ्रष्टाचारको आरोपको जवाबमा रूदेन लेप्चाले भनेका थिए, ‘जसले ममाथि आरोप लगाए, उनीहरूको चरित्र कालेबुङको जनताले हेर्नुपर्छ। आरोप लगाउनेहरूमा एकजना यस्ता व्यक्ति छन्, जसले सरकारी अनि प्राइभेट एकैचोटि दुवैतिरको स्कूलबाट तनखा खाइरहेका छन्।’

हिज विधायक रूदेन लेप्चाले यस मामिलामा जिटिएलाई एउटा पत्र समेत लेखेका छन्।

भुवन खनाल गैरी गाउँ प्राथमिक पाठशालाको शिक्षक हुँदाहुँदै उनले कालेबुङको एक निजी विद्यालय सप्तश्री ज्ञानपीठमा पनि काम गरिरहेको, सरकारी स्कूलबाट उनले मासिक २१००० अनि निजी स्कूलबाट २६२७३ रूपियाँ तनखा खाइरहेको रूदेनले जिटिएलाई लेखेको पत्रमा उल्लेख गरिएको छ।

‘शिक्षा जिटिए अधिनस्थ विभाग भएको कारण सरकारी स्कूलमा शिक्षण पेशामा रहेको उनको रेकर्ड विभागसँग छ’, रूदेनले पत्रमा लेखेका छन्।

‘यो गम्भिर मामिला हो- कानुनी अथवा सामाजिक दृष्टिकोणबाट पनि गलत हो। यो सरकारी रकमको शोषण पनि हो’, पत्रमा लेखिएको छ।

रूदेनले मामिलाको गम्भिरतालाई हेरेर जिटिएले यसमाथि जाँच गर्नुपर्ने कुरा पत्रमा राखेका छन्। भुवनले कहिलेदेखि दोहोरो तनखा थापिरहेका छन्, यसको जानकारी लिएर सरकारले उसलाई रकम फिर्ता गराउनुपर्ने अपिल पनि पत्रमा गरिएको छ।

यता भुवन खनालले यस मामिलामा आफूमाथि राजनैतिक षडयन्त्र भइरहेको बताएका छन्।

‘यो षडयन्त्र मात्र हो। सन् २०१७ देखि हामी एउटै पार्टीमा काम गरिरहेका थियौं। त्यतिबेला उनले केही देखेनन्। अहिले पार्टीबाट राजीनामा दिएपछि मलाई मानसिक प्रताडना दिने अनि ममाथि षडयन्त्र गर्ने खेला भइरहेको छ’, एक स्थानिय समाचार च्यानलसँगको कुराकानीमा भुवनले बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन