भुवन अनि टिम विमल खेमामा सामेल

खबरम्यागजिन डेस्क


केही दिन अगाडि विनय खेमाबाट राजीनामा दिएका तीन केन्द्रीय समिति सदस्य नोर्देन लामा, भुवन खनाल अनि प्रविण रहपाल लगायत जिल्ला समिति सदस्य शरण प्रधान औपचारिक रूपमा विमल खेमामा सामेल हुन मात्र बाँकी थियो।

विनय खेमाबाट राजीनामा दिन अगाडि नै यी चार नेता विमल गुरूङको सम्पर्कमा आइसकेको कुरा स्रोतलाई आधार गरेर कालेबुङको स्थानिय समाचार च्यानल केटिभीले खबर समेत छापेको थियो।

आज विमल गुरूङको उपस्थितिबीच पार्टी कार्यलय कालेबुङमा चारैजना आधिकारिक रूपमा विमल खेमामा सामेल बनेका छन्।

‘आज हामी मूल घरमा प्रवेस गरिरहेका छौं। हामीले झण्डा फेरेको होइन। हामीसँग लोकल अभिभावक थिए, आज स्थायी अभिभावकको साथ आएका छौं’, कार्यक्रपछि पत्रकारहरूसँग बोल्दै भुवनले भने।

दलका सिनियर सदस्य अनि जिल्ला समितिका सदस्यहरूको उपस्थितिबीच केही दिन अगाडि विमल खेमामा सामेल बनेका नगरपार्षद सोनाम याक्खालाई पनि स्वागत जनाइयो।

भुवनले विमल गुरूङको निम्ति जमेर तारिफका शब्द वर्षाए। ‘उनी जातिको निम्ति एक कदम पछि नहटी जसरी अगाडि आएका छन्, हामीले यस्तो समर्पित व्यक्तिलाई साथ दिनुपर्छ भनेर पार्टीमा सामेल बनेका हौं।’

विमल खेमाबाट राजीनीमा दिन अगाडि विमल गुरूङको नीतिको विरोध गर्नेहरूमा भुवन अग्रिम पङ्क्तिमा थिए।

‘त्यो मतभिन्नताको कारण भएको थियो। उनी सधैं हाम्रो मनमा थिए। मलाई प्रवक्ता बनाइएको कारण मैले पार्टीको अडानलाई पालन गरेर बोल्नुपर्ने स्थिति थियो’, भुवनले यसबारे खुलाए।

विनय-अनितबाट जिटिएको चौकी हटेपछि विमल खेमामा सामेल भएको सन्देह गरेर सोधिएको प्रश्नमा भुवनले भने, ‘ म जित्ने पार्टीबाट हारेको पार्टीमा आएको छु। रूदेन लेप्चालाई जिताउनको निम्ति प्रचारमा खटेपछि आफ्नो स्वार्थको निम्ति म विनय खेमामा बस्न सक्थेँ। यसको अर्थ मसँग स्वार्थ छैन भन्ने हो।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन