यो घर सबैको निम्ति खुल्ला छ: विमल गुरूङ

खबरम्यागजिन डेस्क


विनय खेमाबाट चारजना कालेबुङका नेताहरूले राजीनामा दिएपछिको धमिलो पानीमा बल्छी खेल्न आएका विमल गुरूङलाई सफलता हात लागेको छ।

भुवन खनाल, नोर्देन लामा, प्रविण रहपाल अनि शरण प्रधान- विनय खेमाबाट राजीनामा दिएका चारैजना आजबाट आधिकारिक रूपमा विमल खेमामा सामेल बनेका छन्।

‘सन् 2007 मा पार्टीको स्थापनाकालदेखि कालेबुङमा काम गरेका व्यक्तिहरू आज फेरि सामेल बनेका छन्। सन् 2017 को आन्दोलनपछि हामी अलग बाटो रोज्न वाध्य बनेका थियौं’, भुवन अनि टिमलाई औपचारिक रूपमा पार्टीमा सामेल गराउन कालेबुङ पार्टी कार्यलयमा राखिएको कार्यक्रममा पत्रकारहरूसँग बोल्दै विमलले भने।

‘यो घर सबैको लागि खुल्ला छ। जो कोही यसमा बस्न चहान्छन्, उनीहरूले यस घरलाई आफ्नो सम्झिदिने अपिल गर्छु’, विमलले थपे।

सन् 2017 पछि आफू विस्थापित बनेपछि जमिनी स्तरमा काम गरिरहेका कार्यकर्ताहरूमाथि पार्टीबाट अलग रहने वाध्यता रहेको बताउँदै पार्टीमा वापसी गर्न चहाने हरेकलाई स्वागत गर्ने विमलले बताएका छन्।

‘अहिल्यै कोही पार्टीमा वापसी गर्न चहान्छ भने उसले सोझै चुल्हा ढुङ्गा छुन पाउँछ। पछिबाट आउनेहरूले केवल परबाट रमिता हेर्ने स्थिति बन्छ’, कालेबुङका नेता विजय सुन्दासले विमल गुरूङको वापसीमा सिलिगुडीको जनसभामा भनेका थिए।

विधानसभा चुनाव सकेपछि आज सामेल बनेका चार नेताहरूको पार्टीभित्र स्थिति के हुने हो, हेर्न लायक बन्ने छ।

विधानसभा चुनावमा पहाडको तीनैवटा विधानसभा क्षेत्रमा हार झेलेपछि विमलले कालेबुङबाट पार्टी पुन:विस्तारको काम थालनी गरेका छन्। चार दिनको निम्ति कालेबुङ आइपुगेका विमल गुरूङले आज बिहानै 35 नम्बर समष्टि भ्रमण गरेका छन्।

विमल गुरूङले जिटिएको हाल अवस्थाबारे पनि विचार राखे।

‘अहिलेको स्थितिमा सुरेन्द्र गुप्तालाई जिटिएको चौकीमा राख्नुसँग कुनै आपत्ति छैन। भोलिको दिन स्थायी राजनैतिक समाधानको निम्ति कुरा अगाडि बढेपछि सबै ठिक भएर जानेछ’, गुरूङले भने।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन