उत्तर बङ्गाल राज्य मागिरहेका बारला अनि प्रामाणिक केन्द्रीय मन्त्रीमण्डलमा सामेल

खबरम्यागजिन डेस्क


मोदी सरकारको दोस्रो कार्यकालमा आज पहिलोचोटि मन्त्रीमण्डलमा फेरबदल गरिएको छ।

कोरोना महामारीको रोकथाममा लापरवाहीको कारण सरकारले झेलिरहेको आलोचनाबीच आउँदो विधानसभा चुनाव अनि 2024 को लोकसभा चुनावलाई केन्द्र गरेर सरकारले मन्त्रीमण्डलमा फेरबदल गरेको हुनसक्ने धेरैले अनुमान लगाइरहेका छन्।

मन्त्रीमण्डलमा सामेल 43 सदस्यहरूको आज साँझ केन्द्रीय मन्त्रीको रूपमा शपथ ग्रहण समारोह पनि सम्पन्न भइसकेको छ।

मन्त्रीमण्डलमा सामेल कसलाई कुन मन्त्रालय दिइयो, त्यसको सूचि आउन बाँकी छ।

मोदी सरकारको नयाँ मन्त्रीमण्डलमा उत्तर बङ्गालका दुई भाजपा सांसद जोन बारला अनि निसिथ प्रामाणिकलाई पनि सामेल गराइएको छ।

बारला अनि प्रमाणिकलाई मन्त्रीमण्डलमा सामेल गराइएको समाचार आउने बित्तिकै पहाडमा यसमाथि मिश्रित प्रतिक्रिया आउन थालेको छ।

विशेष भाजपा अनि गठबन्धनका दलका सदस्यहरूले यसमाथि खुशी व्यक्त गर्दै दुई भाजपा सांसदलाई बधाई दिइरहेका छन्।

केही हप्ता अगाडि मात्र सांसद बारलाले उत्तर बङ्गाल राज्यको मुद्दा अगाडि ल्याएर पहाडको राजनीतिमा खलबली मचाएका थिए। निसिथले पनि बारलाले उठाएको मुद्दाको समर्थनमा खुलेर बोलेका थिए।

दुई सासंदलाई मन्त्रीमण्डलमा सामेल गरिने बित्तिकै उनीहरूले मन्त्री पदको निम्ति सरकारलाई दङ्ग्याउन उत्तर बङ्गाल राज्यको मुद्दा अगाडि ल्याएको सन्देह कतिले व्यक्त गरिरहेका छन्।

कतिले मुख थुन्नको निम्ति मात्र बारला अनि प्रमाणिकलाई मन्त्रीमण्डलमा सामेल गराइएको अनुमान लगाएका छन्।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन