हइटीका राष्ट्रपति जोभेनेल मोइसेको हत्या

खबरम्यागजिन डेस्क


आफ्नो निजी आवासमा भएको हमलामा हइटीका राष्ट्रपति जोभेनेल मोइसेको हत्या भएको छ।

घटनालाई घृणास्पद, अमानवीय अनि बर्बर बताउँदै हइटीका अन्तरिम प्रधानमन्त्री क्लाउडी जोसेफले यसको पुष्टी गरेका छन्।

मोइसेको पत्नी मार्टिन मोइसेलाई घटनापछि अस्पतालमा भर्ना गरेको कुरा केही अन्तर्राष्ट्रिय समाचार च्यानलहरूले उल्लेख गरेको छ।

मोइसेको कार्यकालमा हइटीका जनता अत्याधिक अस्थिर अनि असन्तुष्ट बनिरहेको कारण उनको हत्या भएको हुनसक्ने अनुमान लगाइएको छ।

‘सेना अनि पुलिसको निगरानीमा अहिले देशको सुरक्षा निरन्त्रणमा छ’,  प्रधानमन्त्री जोसेफले भने, ‘लोकतन्त्र अनि गणतन्त्रको जीत हुनेछ।’

हत्याको खबर सार्वजनिक भएपछि देशको राजधानी पोर्ट-ओ-प्रिन्स निर्जन देखिएपनि केही स्थानहरूमा मानिसहरूले व्यवसायिक केन्द्रहरूमा लुटपाट गरेको खबर पनि आएको छ।

केही समय अगाडिदेखि देशको आर्थिक, राजनैतिक अनि सामाजिक सङ्कट गहिरो बन्दै गइरहेको थियो। देशको राजधानी पोर्ट-ओ-प्रिन्सबाट ग्याङ हिंसाका अनेक खबर आइरहेको थियो। हइटीमा आर्थिक मन्दी अहिले चरम अवस्थामा छ अनि खाना र इन्धनको व्यापक कमी देखापरेको छ। हइटीको समस्याको जड सन् 2010 मा आएको भुइँचालो अनि सन् 2016 को म्याथ्यू तुफानलाई मानिन्छ।

देश चुनावमा जान असक्षम बनेर संसद विघटन भएपछि 53 वर्ष पुगेका मोइसे आज्ञप्तिमा सरकार चलाइरहेका थिए।

फरवरी महिनामैं मोइसेको कार्यकाल समाप्त भएको भन्दै विपक्ष लगातार मोइसेबाट राजीनामा मागिरहेको थियो।

यसबीच देश आउँदो साल चुनावमा जाने तयारी गरिरहेको थियो।

मोइसेको हत्यापछाडि चारजनामाथि सन्देह गरिएको जसमा दुईजनालाई गिरफ्तार गर्न पुलिस सक्षम बनेको खबर आएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन