भ्रष्टाचारको आरोप प्रमाणित गर्न प्रविण रहपाल विरूद्ध रूदेनको नोटिस; पन्ध्र दिनको दिइयो समय

खबरम्यागजिन डेस्क


 एक हप्ता अगाडि मोर्चा विनय खेमाबाट राजीनामा दिएका तीनजना केन्द्रीय समिति सदस्य नोर्देन लामा, भुवन पी खनाल, प्रवीण रहपाल अनि जिल्ला समिति सदस्य शरण प्रधान विमल खेमामा सामेल भइसकेका छन्।

राजीनामाको घोषणा गर्दै प्रविण रहपालले कालेुबङका विधायक रूदेन  लेप्चामाथि व्यापक भ्रष्टाचारको आरोप लगाएका थिए। उनले विधायक लेप्चाले तीस करोड रूपैयाँ हिनामिना गरेको समेत बताएका थिए।

‘अहिले विनय खेमा पार्टी होइन, कम्पनी भइसकेको छ। यस कम्पनीको नाम रूदेन एण्ड कम्पनी हो’, रहपालले भनेका थिए।

रूदेनले तीस करोड रूपैयाँ हिनामिना गरेको रहपालको आरोपमाथि रूदेन लेप्चाले पलटवार गरेका छन्।

रूदेन लेप्चाले आज आफ्नो वकिलमार्फत रहपाल विरूद्ध नोटिस जारी गरेका छन्। नोटिसमा रहपालले आफूले लगाएको आरोप सिद्ध नगरे रूदेनले उनी विरूद्ध उच्च न्यायलयमा मानहानीको मुद्दा दर्ता गर्ने बताइएको छ।

आफूले लगाएको आरोपको प्रमाण पेस गर्नको निम्ति प्रविणलाई पन्ध्र दिनको समय दिइएको छ।  

आज जारी भएको पहिलो नोटिसपछि अबको पन्ध्र दिन भित्रमा प्रविण रहपालले विधायक रूदेनमाथि लगाएको आरोपबारे स्पष्टीकरण नदिए अथवा सत्यापित गर्न नसके उनीविरुद्ध  उच्च न्यायलयमा मानहानीको मुद्दा दर्ता हुने सङ्केत देखिएको छ।  

  लेप्चाले आफूमाथि पैसा हिनामिना गरेको आरोपले आफ्नो आत्मसम्मानमा ठेस पुगेको अनि आरोप लगाउने व्यक्तिले आरोप सिद्ध नगरे उच्च न्यायलयमा पाँच करोडको मानहानीको मुद्दा दर्ता गर्ने बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन