राजु विष्टलाई केन्द्रीय मन्त्रीमण्डलमा सामेल नगराएपछि जिम्बाले लेखे प्रधानमन्त्री मोदीलाई पत्र

खबरम्यागजिन डेस्क


केन्द्रीय मन्त्रीमण्डलमा फेरबदल गरिएको दुई दिनपछि दार्जिलिङका भाजपा विधायक निरज जिम्बाले देशका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखेका छन्।

मन्त्रीमण्डलको फेरबदलपछि युवा अनि आजसम्मका सबभन्दा ‘जीवन्त’ अनि ‘समावेशी’ सरकार बनाइएको भन्दै जिम्बाले मोदीलाई बधाई दिएका छन्। पश्चिम बङ्गालबाट कूल चार अनि उत्तर बङ्गालबाट दुईजना सांसद जोन बारला अनि निसिथ प्रमाणिललाई मन्त्रीमण्डलमा सामेल गराएको निम्ति उनले मोदीलाई धन्यवाद भनेका छन्।

‘यद्यपि आज म दार्जिलिङ पहाड, तराई अनि डूवर्सका ती जनताको असन्तुष्टि जाहेर गर्न  तपाईंलाई पत्र लेखिरहेको छु जो हाम्रो उर्जावान अनि समर्पित सांसद राजु विष्टलाई केन्द्रीय मन्त्रीमण्डलमा सामेल भएको हेर्न चहान्छन्।’ जिम्बाले लेखेका छन्।

जिम्बाले पत्रमा सांसद राजु विष्टको जमेर तारिफ गरेका छन्, ‘उत्तर बङ्गालमा पार्टीको विस्तारमा राजु विष्टको अहम भूमिका छ अनि उनले बङ्गाल विधानसभा चुनावको समय क्षेत्रमा पार्टीप्रति समर्थन जुटाउन लगातार निस्वार्थ काम गरेका छन्।’

भाजपाले आजको दिनसम्म आफ्नो सङ्कल्पपत्रमा उल्लेख गरेका मुद्दा छिनोफानो गर्न कुनै पहल नगरे पनि सन् २००९ देखि आजसम्म दार्जिलिङको जनताले पार्टीमाथि विस्वास गरेको कुरा पत्रमा जिम्बाले बताएका छन्।

‘लामो समयदेखि बहस गरिएको स्थायी राजनैतिक समाधानको मुद्दामा धुलो जमेको प्रतित भइरहेको छ अनि गोर्खाको एघार जातिलाई जनजातिको मान्यता दिलाइने माग राजनैतिक इच्छाशक्तिको कमीमा प्रशासनिक दलदलमा हराएको छ। मन्त्रालयले राजु विष्टलाई दिएको अनेक आश्वासनको बावजुद दार्जिलिङमा केन्द्रीय विश्वविद्यालय दिइने कुरालाई पनि आजसम्म मन्जुरी दिइएको छैन’, जिम्बाले लेखेका छन्।

राजु विष्टलाई मन्त्रीमण्डलमा सामेल नगरिएपछि पार्टीका समर्पित कार्यकर्ता मात्र होइन तर गोर्खाको मुद्दामाथि भाजपा कहिल्यै गम्भिर छैन भन्ने  गोर्खा समाज नै हतोत्साहित बनेको कुरा मामिलालाई ध्यानमा राखेर पहलको निम्ति अपिल गर्दै जिम्बाले पत्रमा उल्लेख गरेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन