अर्जेन्टिनाले जित्यो कोपा अमेरिका

खबरम्यागजिन डेस्क


कोपा अमेरिका 2021 को फाइनल खेलमा ब्राजिल अनि अर्जेन्टिना पुगेपछि सबै फुटबलप्रेमीको नजर कोपा अमेरिकातिर थियो। गज्जब हुन्छ भन्ने लागेको खेला तर खास सोंचेजस्तो भएन।

खेलमा व्यापक धक्कामुक्की चल्यो। ब्राजिलियन स्टार नेइमारको हाफप्यान्ट च्यातियो। खेलाडीहरू चोटिल बने। कुल नौ यल्लो कार्ड देखाइए। खेलाडीहरूले आफ्नो स्वाभाविक गेम खेल्न पाएनन् अनि जित्नै पर्ने दबाव देखिएको गुनासो फुटबल पारखीहरूले गरिरहेका छन्।

लगभग सबै म्याचको पहिलो हाफमा बेञ्चमा बसेका डी मारियालाई आज स्कालोनीले शुरूदेखि झिकाए। उनको लयमाथि व्यापक प्रश्न खडा भएको थियो। तर उनको एकमात्र गोलले अर्जेन्टिना कोपा अमेरिका विजयी बन्यो।

सन् 1993 देखि यता अर्जेन्टिनाको यो पहिलो कोपा अमेरिका ट्रफी हो।
सन् 2003 मा डेब्यू गरेका विश्वकै सर्वश्रेष्ट खेलाडी मानिने फुटबलका जादुगर लियोनेल मेस्सीको लागि यो पहिलो अन्तर्राष्ट्रिय ट्रफी हो।

सन् 2014 को विश्व कपमा उनको सपना साकार हुन लागेको थियो। तर जर्मनीसँगको फाइलन खेलामा जर्मन सब्सटिट्यूट खेलाडी मारियो गोट्सेको त्यो एकमात्र गोल कुन फुलबलप्रेमी अनि अर्जेन्टिना समर्थकले सम्झँदैन होला र?

कोपा अमेरिका 2021फाइनल जित्नसम्मको यात्रामा मेस्सीको अहम भूमिका छ। केही गोलहरू गर्नमा सहायक बनेका मेस्सी नै प्रतियोगीतामा सबभन्दा धेर गोल गर्ने खेलाडी पनि हुन्।

सेमिफाइलनमा चारमध्ये तीनवटा पेनल्टी रोक्ने गोलकिपर एमिलियानो मार्टिनेजले फाइनलमा पनि उनको भूमिका अहम रह्यो।

एउटा अवसरलाई गोलमा परिणत गर्न नसकेका मेस्सी केही थकित देखिए।
तर उनको लयमा अनि फिटनेस हेर्दा उनी आउँदो साल विश्व कपमा देखापर्ने सम्भावना छ।
उनका अनेक फ्यान आउँदो साल विश्व कपमा उनलाई देख्न अनि उनले एकपल्ट विश्व कप चुमेको हेर्ने चाहना राख्छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन